बागलुङ । बागलुङमा यस वर्ष २० करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । कूल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट बागलुङमा २० करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको हो ।
कृषि ज्ञानकेन्द्रले हालै गरेको सर्वेक्षणअनुसार बागलुङमा यस वर्ष तीन हजार नौ सय २० मेट्रिकटन सुन्तला उत्पादन भएको जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष समग्र बागलुङभर ६५ मेट्रिकटन सुन्तला कम फलेको सर्वेक्षणले देखाएको छ । कृषि ज्ञानकेन्द्र र स्थानीय पालिकाका कृषि शाखाबाट सुन्तला उत्पादन हुने क्षेत्रमा गरिएको सर्वेक्षणले जिल्लामा अहिले २० करोड रुपैयाँ मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्रका बाली विकास अधिकृत कुमार पुनले जानकारी दिए ।
गत वर्षको तुलनामा बागलुङमा सुन्तला उत्पादनमा कमी आएको तथ्याङ्क आएको र नमुनाकारुपमा सङ्कलन गरिएको तथ्याङ्कमा औँसा किरा र सुन्तलाको जरा कुहिने समस्याले सुन्तला उत्पादन घटेको उनले बताए । यद्यपि सुन्तला गाउँका रुपमा रहेको सिगानामा सुन्तला उत्पादन वृद्धि भएको छ, बिहुँ, सर्कुवालगायतका गाउँमा सुन्तला उत्पादनमा कमी आएको हो”, पुनले भने, “उत्पादनको ७५ प्रतिशत सुन्तला किसानले बिक्री गर्ने गरेका छन्, सिगानामा क्षेत्रगत औँसा किसान नियन्त्रण कार्यक्रम सञ्चालित छ, यो कार्यक्रम जिल्लाभर पु¥याउने ज्ञानकेन्द्रको लक्ष्य रहेको छ ।”
बागलुङको बिहुँ, सिगाना, सकुर्वा, बिनामारे, हरिचौर, बिरकोट, भकुण्डे र तित्याङ लगायतका स्थानमा बढी मात्रामा सुन्तला फल्ने गरेको पाइएको छ । उत्पादितमध्ये ६० प्रतिशत सुन्तला बिक्री भइसकेको छ भने अन्य सुन्तला बिक्रि हुँन बाँकी रहेको ज्ञान केन्द्रको तथ्याङ्कले जनाइएको छ । सुन्तला उत्पालनमा कमी आउनुमा व्यवस्थापकीय कमजोरी, मल नपुगेको र औशा किरा व्यवस्थापन गर्न नसकिएको अध्ययनका क्रममा पाइएको पुनले बताए ।
“खेतमा लगाइएका सुन्तलाका बोटका जरा कुहिएका छन्, अन्य स्थानमा औशा किराको प्रकोप देखिएको छ, सुन्तला किसानलाई अभिमुखीकरणको खाँचो हामीले देखेका छौं”, पुनले भने, “सुन्तलाको जरामा पानी जम्न दिएमा जरा कुहिन्छ, किसानले सजकता अपनाउन आवश्यक छ ।” पछिल्लो समय कृषक सुन्तला खेतीप्रति आकर्षित हुँदै गएको उनले बताए । यहाँको वातावरण पनि अमिलो प्रजातिका फलफूलका लागि अनुकूल खालको रहेको जनाउँदै पुनले रोगसँग सजग भएमा क्रमशः सुन्तला उत्पादन बढ्ने बताए ।
बागलुङको सुन्तला चितवन, काठमाडौँ, पोखरा, धादिङलगायत ठाउँसम्म पुग्ने गरेको सुन्तला किसान शिवकुमार खड्काले बताए । बागलुङको सिगानाका अगुवा किसानले सुन्तलाको मूल्य दोब्बर बनाउन भण्डारण गर्दै आएका छन् ।
खड्काका अनुसार पछिल्लो पाँच वर्षयता सिगानामा ३० हजार सुन्तलाका नयाँ बोट थपिएका छन् । पाँच वर्षपछि सिगाना गाउँबाट मात्रै रु पाँच करोडको सुन्तला बिक्री हुने उनले बताए । “सिगानाको सुन्तलाको माग बढेको छ, जिल्लामा सुन्तलाको उत्पादनमा २५ प्रतिशत योगदान सिगानाको मात्रै छ”, खड्काले भने, “पहिला डोकोमा बोकेर सुन्तला बिक्रीका लागि बागलुङ बजार पुग्नुपर्ने थियो, अहिले सिधै पोखरा र काठमाडौँका व्यापारी सुन्तला बगानमै खरिद गर्न आउँछन्, किसानलाई निकै सहज भएको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - २०:५७
उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...
फाल्गुन २९ गते, २०८२ - २०:५४
काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...
फाल्गुन २९ गते, २०८२ - २०:५०
काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति च...
फाल्गुन २९ गते, २०८२ - २०:४४
काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो लोकतान्त्रिक संघर्ष र राजनीतिक विरास...
फाल्गुन २९ गते, २०८२ - २०:२९
विभाजन, सत्ता राजनीति, वैचारिक अस्पष्टता र बदलिँदो जनमतको कथा
फाल्गुन २९ गते, २०८२ - २०:१७
काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद...
फाल्गुन २९ गते, २०८२ - २०:१०
काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा ...
फाल्गुन २९ गते, २०८२ - २०:०२
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...


प्रतिकृया लेख्नुहोस्: