Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

टीकापुर समाजिक सद्भाव र एकताको थलो हाे: उपप्रधानमन्त्री खड्का

खबरडबली संवाददाता

कैलाली   । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले टीकापुर समाजिक सद्भाव र एकताको थलो भएको बताएका छन् । सुदूरपश्‍चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव उद्घाटन गर्दै उनले  २०७२ सालको घटनापछि केही समय अशान्त रहन पुगेको टीकापुर अहिले पूर्ववत् शान्त अवस्थामा फर्कन थालेको उल्लेख गरे ।

“यस क्षेत्रमा विभिन्न जातजाति र समुदायबीच सदियौँदेखि कायम रहिआएको समाजिक एकता, पारस्परिक सद्भाव र सहिष्णुतालाई हामीले कदापि खल्बलिन दिनुहुँदैन । यसतर्फ म यहाँका सबै राजनीतिकर्मी, बुद्धिजीवी र सर्वसाधारणको ध्यान आकृष्ट गर्न चाहन्छु”, उनले भने । सोही अवसरमा उपप्रधानमन्त्री खड्काले सुदूरपश्‍चिम प्रदेशलाई पर्यटन तथा कृषिको विकासमार्फत  समृद्धि बनाउन सकिने बताए ।

उनले दुईतिर छिमेकी मुलुकसँग सिमाना जोडिएको यो प्रदेशमा पर्यटन प्रवर्द्धन, औद्योगिक वस्तुको उत्पादन र निकासी, कृषि र पशुपालन क्षेत्रको विस्तार, जडीबुटी उत्पादन र प्रशोधन तथा शैक्षिक विकासलाई प्रवर्द्धन गरी यस क्षेत्रलाई मुलुककै एउटा आर्थिक हबको रूपमा विकास गर्ने प्रशस्त सम्भावना रहेको धारणा राखे ।

“यो नेपालको ठूलो सम्भाव्यता बोकेको क्षेत्र हो। खप्तड र रामारोशन जस्ता मनोरम पर्यटकीय स्थलदेखि तराईका सुन्दर हरिया फाँटहरू भएको यो प्रदेशमा पर्यटन तथा कृषिको विकास मार्फत आर्थिक समृद्धिलाई चाँडै मूर्त रूप दिन सकिने स्थिति छ। यसका लागि यस क्षेत्रको प्रदेश सरकार र स्थानीय तहले एक आपसमा समन्वयात्मक ढङ्गले काम गरी अगाडि बढ्न आवश्यक छ। कर्णाली प्रदेश सँगसँगै यस क्षेत्रको आर्थिक र पूर्वाधार विकासका लागि नेपाल सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने सहयोगका लागि म सदा प्रतिबद्ध छु”, उनले भने ।

टीकापुर सुदूर पश्‍चिमको  सुन्दर र ठूलो आर्थिक सम्भावना बोकेको सहक भएको र सदरमुकाम धनगढीपछिको प्रमुख आर्थिक व्यापारिक केन्द्रको रूपमा रहेको उनको भनाइ थियो । 

“यो क्षेत्र पर्यटन विकासको दृष्टिले पनि उत्तिकै महत्त्वपूर्ण क्षेत्रको रूपमा रहेको छ। टीकापुरमा आयोजना हुन गइरहेको यो महोत्सवले यस क्षेत्रका कृषक, उद्यमी, व्यवसायी, कलाकारहरू सबैलाई एकै ठाउँमा जुटाई आफ्नो उत्पादन र सिर्जनाहरू व्यवस्थित तवरले प्रस्तुत गर्न, एक आपसमा ज्ञान तथा अनुभवको आदान प्रदान गर्न र सहकार्यका क्षेत्रहरू पहिल्याउन ठुलो सहयोग पुग्ने कुरामा दुई मत छैन”, उपप्रधानमन्त्री खड्काले भने ।

सुदूरपश्‍चिम प्रदेशको समग्र विकास र समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले पश्‍चिम सेती जलविद्युत आयोजना, पञ्‍चेश्वर बहुउद्देश्यीय आयोजना, रानीजमरा-कुलरिया सिँचाई आयोजना, चमेलिया जलविद्युत आयोजना, दोधारा-चाँदनी क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण जस्ता ठुला परियोजनाका साथै अन्य मझौला तथा साना आयोजनाहरूको निर्माण र सञ्‍चालनका लागि सरकारले प्राथमिकताका साथ प्रक्रिया अगाडि बढाएको  उनले बताए ।

“भर्खरै मात्र गेटा मेडिकल कलेजलाई व्यवस्थित तवरमा सञ्‍चालनमा ल्याउन आवश्यक कार्यहरू प्रारम्भ गरिएको छ। उल्लिखित आयोजनाहरूको निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा आर्थिक विकासका नयाँ क्षितिजहरू उद्‌घाटित हुने र रोजगारीका लागि हाम्रा भाइबहिनीहरू विदेशिनु पर्ने स्थितिको अन्त्य हुने कुरामा म विश्‍वस्त छु”, उनले भने ।

यस क्षेत्रको विकासका लागि विभिन्न पहलहरू गर्नुपर्ने खाँचो रहेको  उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले खासगरी २०७५ सालमा छोटी भन्सारबाट मूल भन्सारमा स्तरोन्नति भएको सत्ती भन्सार कार्यालया आवश्यक जनशक्ति, ल्याब सहितको क्वारेन्टाइन, सडकको सहज पहुँच लगायतका व्यवस्था मिलाउन जरुरी रहेको बताए । टीकापुर कृषि उत्पादनका लागि पनि ठुलो सम्भावना भएको क्षेत्र हो। यहाँ केराको पकेट क्षेत्र स्थापनाका लागि पहल हुन आवश्यक रहेको उनको धारणा थियो । 

कर्णाली नदीको सनकट्टी घाटमा पुल निर्माणका लागि ठेक्का भएकोमा यसका लागि आवश्यक बजेटको व्यवस्था गरी निर्माण कार्यलाई शीघ्रातिशीघ्र पूरा गर्न सके यसबाट कैलाली र बर्दिया दुवै तिरका जिल्लावासीलाई आवत-जावतमा ठुलो सहयोग पुग्नेछ भन्दै उनले  चिसापानी-कुइने हुँदै सुदूरपश्‍चिम र कर्णाली प्रदेशका पहाडी जिल्ला जोड्ने भरपर्दो सडक सञ्जालको निर्माण गर्न आवश्यक रहेको बताए । 

सुदूरपश्‍चिम प्रदेशको कृषि, उद्योग-व्यापार, शिक्षा, कला, संस्कृति र पर्यटनको प्रचार-प्रसार र प्रवर्द्धन गरी यस क्षेत्रको आर्थिक सामाजिक विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ टीकापुर उद्योग-वाणिज्य संघको आयोजनामा २०६५ सालदेखि  महोत्सव आयोजना हुँदै आएको छ । 

महोत्सवमा  प्रदर्शनीमा राखिने यस क्षेत्रका कृषि तथा औद्योगिक उत्पादनहरूले आम उपभोक्तामाझ ती वस्तुहरूलाई चिनाउन र तिनको आन्तरिक तथा बाह्य बजार विस्तार गर्न समेत मद्दत पुग्नेमा  उपप्रधानमन्त्री खड्काले विश्वास व्यक्त गरे । “महोत्सवले यस क्षेत्रमा उत्पादन भई अरू प्रदेशमा तथा देशबाहिरसमेत निकासी गर्न सकिने बहुमूल्य वस्तुहरूको पहिचान र प्रवर्द्धन गर्न तथा तिनको बजार विस्तार गर्न समेत मद्दत पुग्ने देखेको छु। महोत्सवको आयोजनाले  टीकापुरलाई शैक्षिक नगरीका रूपमा स्थापित गर्न समेत ठुलो सहयोग पुग्ने कुरामा कुनै शङ्का छैन”, उनले भने ।

महोत्सवले सुदूरपश्‍चिमको कला, संस्कृति, पर्यटनको प्रवर्द्धनमा योगदान पुग्नुका साथै यस क्षेत्रका विभिन्न समुदायका संस्कृति, परम्परा र साहित्यको जगेर्ना एवं विकास गर्न समेत ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै भारतबाट आउने धार्मिक पर्यटकहरुलाई कैलाश मानसरोवर जोड्ने नाकाका रूपमा टीकापुरलाई विकास गर्न सके यसबाट यस क्षेत्रको पर्यटन उद्योगको विकासमा उल्लेख्य सहयोग पुग्ने उपप्रधानमन्त्री खड्काले उल्लेख गरे । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री राणा

काठमाडौं ।  परराष्ट्रमन्त्री डा आरजु राणाले महिलाहरुलाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेको बताएकी छन...

रवि लामिछाने भ्रष्टाचारी हुन्ः शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचारी भएको बताएका छन् । प्रेस चौतारी दाङले शनिबा...

नीतिलाई सफल बनाउन सके कर्मचारी पनि सफल : प्रदीप परियार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नेतृत्वको नीतिलाई सफल बनाउन सकेमा कर्मचारीहरू स्वयम् सफल हुने बताएका छन्। श...

जिबी, रवि र छवि कारबाहीका भागीदार

काठमाडाैं । विभिन्न सहकारी संस्थाबाट कानुनविपरीत गोर्खा मिडिया नेटवर्क प्रालिमा जम्मा भएको ६५ करोड ५४ लाख रकममध्ये २२ करोड ४६ लाख रुपियाँ सहकारीबाट सि...

राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुदै

काठमाडौँ । श्रीलंकामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदैछ । सन् २०२२ मा आर्थिक संकटपछिको यो पहिलो निर्वाचन हो । त्यसबेला श्रीलंकामा ठूलो मा...

अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ?

काठमाडौँ । यस वर्षको जुन महिनामा दुई अमेरिकी अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा आठ रात बिताउन पृथ्वी छोडेका थिए । तर ज...

इत्तिफाकमाथि अल नासरको शानदार जित

काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल इत्तिफाकलाई ३-० गोल अन्तरले पराजित गरेको ...

एमसीसी प्रसारण लाइन निर्माण : मुआब्जा वितरण प्रक्रिया सुरु

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)मार्फत निर्माण हुन लागेको सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका...

तनहुँ, गोरखा र नवलपुरमा आज दिनभर विद्युत् अवरुद्ध हुने

काठमाडौं । तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत अवरुद्ध हुने भएको छ । तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लाण्डकी न...

दसैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ। शुक्रबार नेपाल पञ्चांग निर्णायक विकास समितिले सूचना जारी ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy