पौष २७ गते, २०८० शुक्रवार 12th January, 2024 Fri१७:२०:३३ मा प्रकाशित
खबरडबली संवाददाता
मोरङ । कफी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई विस्थापन गर्दै मोरङ उत्तरी भेगका तीन पालिकाका बासिन्दा यसप्रति आकर्षित भएका छन् । पछिल्लो समय यहाँका तीन पालिकामा एकसय ५० हेक्टर जमिनमा कफी लगाइएको छ ।
उत्तरी भेगको लेटाङ नगरपालिका, मिक्लाजुङ गाउँपालिका र केराबारी गाउँपालिकामा पाँच वर्षअघिदेखि व्यावसायिक कफी खेती सुरु गरिएको थियो । मिक्लाजुङमा एक सय दश हेक्टर, लेटाङमा ३५ हेक्टर र केराबारीमा पाँच हेक्टर जमिनमा कफी लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कफी खेती विस्तार कार्यक्रमअन्तर्गत रहेर किसानले कफी खेती लगाएका त्यहाँका प्रमुख रामदेव सिंहले बताए । उनले भने, “किसानले उत्साहित भएर कफी खेतीमा लागेका र उनीहरूलाई कफी पकेट कार्यक्रमअन्तर्गत कफी सुकाउने, ग्रेडिङ गर्ने र धुलो बनाउने उपकरण चाहिएको छ ।”
लेटाङ बजारभन्दा १७ किलोमिटर उत्तर भोगटेनीका चन्द्र राईले पाँच वर्षअघि नजिकै रहेको साग्मा माविको जागिर छाडेर आफ्नो ५० रोपनी जमिनमा कफी खेती सुरु गरेका थिए । छँदा खाँदैको जागिर छाडेर खेतीमा लाग्दा सबै छक्क परेको सम्झदै उनले भने, “हाल आफूसँगै गाउँका ९० परिवारले पनि कफी खेती रोजेका छन् । माग उच्च हुँदा पनि उत्पादन पुर्याउन सकिएको छैन । कफी खेती आम्दानीको राम्रो स्रोत बनेको छ ।”
प्रतिरोपनी वार्षिक रु एक लाख आम्दानी हुने उनको जिकिर थियो । “पाँच वर्षअघि लगाइएको कफीले यस वर्षदेखि उत्पादन दिन सुरु गरेको छ । “कफीको बिरुवाका लागि आफैँ नर्सरी गरेर वितरणसमेत गर्ने गरेको छु, उत्पादित दाना सङ्कलन गरेर बजारीकरणमा सहयोग गरेको छु”, कृषक राईले भने, “काठमाडाैं, पोखरालगायत ठूला सहरबाट माग आउने गरेको छ तर स्थानीय बजार इटहरी, विराटनगरलगायतमै पनि माग पुर्याउन सकिएको छैन ।”
नेपालमा अधिकांश अराविका जातको कफी लगाउने गरिएको छ । कफीको पाकेको दाना (चेरी) किसानबाट रु ९० प्रतिकिलो र प्रशोधन गरिएको (पार्चमेन) प्रतिकिलो रु पाँच सयदेखि रु पाँच सय ५० सम्ममा कारोबार हुने गरेको तर पूर्ण प्रशोधन वा धुलो बनाउन बाँकी रहेको कफी प्रतिकिलो रु एक हजार आठ सयका दरले होटलमा जाने गरेको छ । धुलो बनाउँदा प्रतिकिलो रु दुई हजार दुई सय ५० का दरले कफी बिक्री हुने गरेको छ ।
कृषक राईले जस्तै राजविक्रम राई र मिक्लाजुङका कविन्द्र चाम्लिङले पनि आफ्नो बारीमा व्यवसायीकरूपले कफी खेती गरेका छन् । यसप्रति आफूहरु पूर्ण सन्तुष्टि रहेको राजविक्रमले बताए ।
गत वर्षभन्दा यसपटक कफी अझ फस्टाएको उनको भनाइ थियो । “कफीबाट आर्थिक आम्दानी राम्रै हुन्छ भन्ने आशा छ”, उनले भने, “हामी मकै, कोदो र गहुँखेती छाडेर कफी खेतीमा लाग्यौँ । आर्थिक आम्दानीको तुलनामा परम्परागत कृषिभन्दा आधुनिक कृषि बढी लाभदायी हुन्छ ।” नेपालमा कफीको उत्पादन राम्रो मानिन्छ । मुख्यतः अरेविका जातको कफीले राम्रोे उत्पादन दिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडाैं । शिक्षक महासंघको टोली वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेको छ । शिक्षामन्त्री रघुजी पन्तले वार्तामा बोलाएपछि महासंघक...
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसको अवसर पारेर मे ८ देखि १० सम्म तीन दिनका लागि आकस्मिक युद्धविरामको घोषणा गरेका...
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै भन्सार महसुलबाट प्रभावित भएका अटो निर्माताहरूमाथिको महसुलको प्रभाव कम गर्न सहमत भएकाे अमेरिकी मिड...
विराटनगर । घरको गेटले किच्दा विराटनगरमा एक बालकको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ४ जामुनगाछी स्थित राधाकृष्ण मार्ग बस्ने नाराय...
याङ्गुन । म्यानमारका अधिकारीहरू मङ्गलबार आङ सान सुकीको तालको किनारको बङ्गला लिलामी गर्न असफल भएका छन् । जेलमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता सुकीक...
काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा ठगी गर्ने ५६ वर्षीय सुजन कुमार उप्रेतीलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उप...
काठमाडाैं । सर्वोच्च अदालतले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलनामा किन कारवाही नगर्ने भनी उनको लिखित जवाफ माग्न आदेश दिएको छ...
प्रतिकृया लेख्नुहोस्: