काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएको छन् ।
बुधवार इन साइट लाइभ २०३० अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नयाँ राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएको हो । उनले नेपालले नयाँ राष्ट्रिय आँखा स्वास्थ्य रणनीति अनुमोदन गरेको उल्लेख गर्दै यस रणनीतिले आँखा स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवाहरूमा एकीकृत गर्न प्राथमिकता दिएको प्रमाणित हुने बताए।
उनले आँखा स्वास्थ्य अब एकल कार्यक्रमको रूपमा नहेरिने र यो सरकारको सार्वजनिक स्वास्थ्य संरचनाको हिस्सा बनेको दाबी गरे। सरकारले विद्यालयमा आधारित दृष्टि जाँच कार्यक्रम सुरु गरेको जानकारी दिँदै उनले विद्यालय नर्स कार्यक्रम पनि सुरु भइसकेको बताए । जसमा आँखा स्वास्थ्यलाई विद्यार्थी कल्याणको मुख्य हिस्साको रूपमा समावेश गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ । जसले दिगो विकास लक्ष्य ४-५ अनुरूप लैङ्गिक समानता र शिक्षामा पहुँचलाई अघि बढाउने बताए। आँखा स्वास्थ्य सूचकहरूलाई देशको राष्ट्रिय स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा समावेश गर्न लागेको जानकारी गराए ।
प्रधानमन्त्री ओलीले सरकारले स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२३–२०३० मा महत्त्वाकाङ्क्षी लक्ष्यहरू निर्धारण गरेको र जसमा प्रभावकारी मोतिया बिन्दु शल्यक्रिया कभरेजलाई ३५.४ प्रतिशत बाट ७० प्रतिशतमा दोब्बर गर्ने प्रतिबद्धता जनाएको बताए । आँखा स्वास्थ्यले गरिबी र भोक अन्त्य गर्नेदेखि असमानता घटाउने र जलवायु लचकता प्रवर्द्धन गर्ने धेरैजसो दिगो विकास लक्ष्यहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पार्ने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १४:४६
काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संसदीय प्रणालीमा संसद्ले चाहेको खण्डमा प्रधानमन्त्री हटाउन सक्ने अधिकार रहने बताएका छन्। प्रतिनिधिसभाम...
जेष्ठ २९ गते, २०८३ - १४:३०
रास्वपा पपुलिस्ट पार्टी हो, एआई र अल्गोरिदम प्रयोग गरेर जनतालाई भ्रमित बनायो
जेष्ठ २९ गते, २०८३ - १४:१४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आउँदो आइतबारदेखि चार दिनका लागि चीन भ्रमणमा जाने भएका छन्। औपचारिक तालिकाअनुसार उनी जेठ ३१ गतेदेखि असार ३ गतेसम...
जेष्ठ २९ गते, २०८३ - १४:०४
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी आन्दोलन गर्ने चेतावनी दिएका छन्। बागमती प्रदेश संगठन कमिटीको बैठकल...
जेष्ठ २९ गते, २०८३ - १३:५६
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा (विधायन ऐन, २०८१)’ मा सर्वसाधारणसमक्ष राय म...
जेष्ठ २९ गते, २०८३ - १३:३९
काठमाडौँ । सांसदहरूले गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा जोड दिएको छन् । अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनी...
जेष्ठ २९ गते, २०८३ - १३:१३
काठमाडौं । नेकपाका नेता वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयकमा मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्दै अर्थमन्त्रीमाथ...
जेष्ठ २९ गते, २०८३ - १२:५३
काठमाडौं । नेपाली कांग्रेसले सुधन गुरुङसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा...
जेष्ठ २९ गते, २०८३ - १२:३७
काठमाडौं । नेपाली कांग्रेसले संसद्मा प्रश्न उठाउने सांसदप्रति अर्थमन्त्रीले प्रयोग गरेको अभिव्यक्तिलाई संसदीय मर्यादामाथिको अपमान भएको जनाएको छ। प्...
जेष्ठ २९ गते, २०८३ - १२:२०
काठमाडौं । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन...



प्रतिकृया लेख्नुहोस्: