Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

बारासँग जोडिएको भारतीय नाकाबाट गाडी चल्ने सहमति, रौेतहटसँगको कहिले ?

खबरडबली संवाददाता

रौतहट । लामो समयपछि बारासँग जोडिएको साना सीमानाकाहरूबाट चार पांग्रे सवारी साधन चल्ने सहमति भएको छ। कोरोनापछि नियमित सञ्चालन रहेको साना नाकाहरु पाकिस्तानी महिला सीमा हैदर  स्थलमार्ग हुँदै भारत गएदेखि भारतीय सुरक्षाकर्मीले चारपांग्रे सवारी साधन आवातजावतमा रोक लगाएको थियो। करिब एकबर्षदेखि एसएसबीले सदियौंदेखि चलिआएको व्यवहारको वास्ता नगरी  सीमाक्षेत्रमा आवतजावत गर्ने नेपालीलाई अनावश्यक दु:ख दिने गरेको कारण बेटीरोटीको सम्बन्ध प्रभावित बनेको थियो।

तर, तीन दिनअघि भारतीय सुरक्षाकर्मी एसाएसबीको प्रधान कार्यालयले निर्णय गरेपछि बारासँग जोडिएको तीनवटा साना नाकाबाट चारपांग्रे गाडी चल्ने अनुमति दिएको छ। तर, रौतहटसँग जोडिएको कुनै पनि नाका बाट गाडी आवत जावतको लागि हालसम्म अनुमति दिइएको छैन।

बाराको ककोर्वा हुँदै भारतको झरोखर (घोडासन, बाराको मटिअर्वा सन्तगन्ज,महुअवा कटगेनवा अदापुर नाकाबाट गाडी आउने जाने अनुमति दिएको भारत बिहार मोतीहारी जिल्लाका एस्पी कान्तेश मिश्राले बताएका छन्।

एसपी मिश्राले रौतहटको सानो नाकाबाट गाडी आवतजावतबारे छलफल भइरहेको जानकारी दिएका छन्।

रौतहटका सिडिओ हिरालाल रेग्मीले रौतहटको साना नाका खोल्ने निर्णयबारे आफूलाई जानकारी नभएको र यसबारे भारतीय समकक्षीसँगको बैठकमा प्रस्ताव राखेर पहल गर्ने प्रतिवद्धता जनाएका छन्।

नेपाल र भारतबीच सदियौंदेखि रोटीबेटीको सम्बन्ध रहिआएको छ।

रौतहटको सीमावर्ती बौधिमाई, ईशनाथ, राजपुर, परोहा, गौर, राजदेवी नगरपालिकाको हजारौँ परिवारको छोरा छोरीको वारिपारी बिहेवारी भएको छ।

रौतहट स्थित २८ किलोमिटर लामो भारतीय सिमानासँग जोडिएको नेपाली गाउँका प्राय: सबै मानिस भारतीय बजार माथि नै निर्भर रहेका छन्।

घरको लागि दैनिक उपभोग्य वस्तु, कपडा, देखि खेती किसानको लागि चाहिने बीउ, मलखाद लागायतका सामग्री भारतीय बजार बाट नै ल्याउने गर्दछन्। जिल्ला सदरमुकाम गौर २०र३० किलोमिटर टाढा र सीमापारी भारतीय बजार कुण्डवा चैनपुर, घोडासहन ५ किलोमिटर भित्रै परेकाले पनि यहाँका मानिसको घर परिवारमा कसैलाई कुनै बिरामी हुँदा समेत उपचारको लागि भारतीय डाक्टर माथि निर्भर रहेको समाजसेवी ठाकुरले बताएका छन्। वारिपारीबीच हजारौँ परिवारको सम्बन्ध भएकाले दैनिकजसो दर्जनौं छोरीबुहारी वारिपारी गर्नुपर्ने चलन रहर र बाध्यता रहेको छ।

सीमावर्ती नेपाली हजारौं परिवारको यो दैनिकी चलिनै आएको थियो।

यस्तो चलन र दैनिकी रौतहटको मात्र नभई नेपालको तराई मधेश र भारतको बिहार उत्तरप्रदेश बीच सदियौंदेखि रोटीबेटीको सम्बन्ध रहेको छ।

कोरोना महामारीपछि सधैंको जस्तो गाडी मोटरसाइकल तथा अन्य सवारीसाधन आवतावतमा कुनै समस्या थिएन, सीमाक्षेत्रका मानिस सहजरुपमा वारुपारी आउने गरेका थिए। तर, पछिल्लो समय भारतीय सिमानामा खटिएका एसएसबीले चारपांग्रे सवारीसाधन आउजाउमा रोक लगाएका थिए।

माथिको आदेश भन्दै उनीहरुले रौतहटको सदरमुकाम गौर हुँदै भारतीय बजार बरागिनिया अथवा वीरगंज हुँदै रक्सौल भएर मात्र आउनजान दिएका थिए।

कहिले काहीँ नेपाल(भारत सीमा क्षेत्रबाट आवतआवत गर्दा भारतीय सुरक्षाकर्मीहरुले परिचय खुल्ने कागजात माग्न थालेका थिए ।

यसरी भारतीय सुरक्षाकर्मीले गाडी आउजाउमा रोक लगाएपछि मात्र ५ किलोमिटर पारीको गाउँ पुग्न ४०/५९ किलोमिटर टाढाको घुमाउरो बाटो जानुपर्ने हजारौं परिवारको बाध्यता भएको थियो।

पाकिस्तानी महिला सीमा हैदर महोत्तरीको भिठामोड नाका हुँदै भारत उत्तरप्रदेशको नोयडा पुगेपछि सीमामा तैनाथ भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले नाकामा कडाइ गरेको थियो ।

मधेश प्रदेशसँग सीमा जोडिएका सबै नाकाहरुमा भारतीय एसएसबीले सीमा क्षेत्रमा आवतजावत गर्ने नेपालीसँग नागरिकता र भारतीयसँग आधारकार्ड खोज्न थालेका थिए ।

भारतका मिडिया रिपोर्ट अनुसार पाकिस्तानी नागरिक सीमा र भारतीय नागरिक सचिन १० मार्चदेखि १७ मार्चसम्म काठमाडौंमा थिए । त्यसपछि उनी स्थलमार्ग हुँदै नोयडा पुगेका थिए।

झण्डै १०  महिना देखि सीमाक्षेत्रका मानिसको समस्याबारे कुनै जनप्रतिनिधि, तथा कुनै पनि दलका नेताले राज्यस्तर सम्म आवाज उठाउन सकेका थिएनन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी। ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन् ।  गत भ...

सुनसरीमा ग्यास–पेट्रोलियम आपूर्ति व्यवस्थापन निर्देशन

इनरुवा। सुनसरीमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले सरोकारवालाहरू र उद्योग...

प्युठानमा ‘प्युठानी रातो मुला’ वीऊ उत्पादन सुरु

प्युठान। जिल्लाको पहिचान भएको ‘प्युठानी रातो मुला’ को वीऊ उत्पादन सुरु भएको छ। केही वर्षअघि सम्म प्युठानलाई चिनाउने यस विशेष रातो मुलालाई संरक्षण गर्द...

पर्वतबाट १६ सय ८४ विद्यार्थी सहभागी हुँदै यस वर्षको एसइईमा

पर्वत। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्वत जिल्लाबाट एक हजार ६८४ जना विद्यार्थी सहभागी हुने भएका छन्। परीक्षा चैत्र १९ गतेदेखि सुरु हुने...

बजारमा सुन बढ्यो, चाँदी घट्यो

काठमाडौं। सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुन प्रतितोला १०० रुपैयाँले बढेर ३ ...

संसदीय राजनीतिबाट सन्यास लिने सीके राउतको घोषणा, संघर्षको राजनीति जारी राख्ने

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी का अध्यक्ष राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। तर उनले राजनीतिक संघर्ष भने निरन्तर जारी र...

बागलुङबाट तीन महिला समानुपातिक सांसद

गलकोट। प्रतिनिधिसभाको समानुपातिक तर्फ बागलुङबाट तीन जना महिला सांसद बन्ने निश्चित भएको छ। बागलुङका दुई निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी ...

बाजुराका उच्च स्थानमा वर्षासँगै हिमपात

बाजुरा। बाजुराका उच्च स्थानमा वर्षासँगै हिमपात भएको छ। गत आईतबार बेलुकी पानीसँगै उच्च स्थानमा हिमपात परेको हो। जिल्लाका हिमाली, स्वामिकार्तिक खापर,...

बिहे भोजमा रसबरी घाँटीमा अड्किँदा युवकको मृत्यु

नयाँ दिल्ली । भारतको झारखण्ड राज्यस्थित जमशेदपुरमा आयोजित एक वैवाहिक समारोह अचानक शोकमा परिणत भएको छ। बिहेको भोजका क्रममा रसबरी खाने क्रममा एक युवकको ...

तीन महिनापछि पोखरा–जोमसोम उडान सुरु

मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ । मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चापसमेत न्यू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: