भारत । भारतको राजधानी नयाँदिल्लीमा लगातार चिसो र कुहिरोको कारण दृश्यतामा कमी आएकाले बुधवार बिहान हवाई तथा रेल सेवाहरू प्रभावित भएका छन् ।
दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय (आईजीआई) विमानस्थलका लागि हुने १२० वटा उडानहरू प्रभावित भएका छन् । कुहिरो र अन्य परिचालन समस्याहरूका कारण बुधबार ५३ वटा उडानहरू रद्द गरिएको घोषणा गरिएको थियो ।
‘दिल्ली एयरपोर्ट फ्लाइट इन्फर्मेसन डिस्प्ले सिस्टम (एफआइडिएस)’ को तथ्याङ्कअनुसार १२० वटा प्रभावित उडानहरूमा ४४ वटा अन्तर्राष्ट्रिय ७६ वटा आन्तरिक लगायतका उडानहरू रहेका छन् ।
बुधबार बिहान आठ बजेसम्मको एफआइडिएसको तथ्याङ्कअनुसार १२० उडानहरू प्रभावित भएका साथै कुहिरो र अन्य कारणहरूले गर्दा कूल ५३ उडान रद्द गरिएको छ । रद्ध गरिएका उडानमा ३७ वटा आन्तरिक र १५ वटा अन्तर्राष्ट्रिय उडानहरू रहेका छन् ।
यसैबीच, बुधबार दिल्ली जाने करिब २० वटा यात्रुबहाक रेलहरू निर्धारित समयभन्दा ढिलो मात्र सञ्चालन भएका छन् । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) को तथ्याङ्कअनुसार बुधबार बिहान ५ः३० बजे पन्जाब, हरियाणा, दिल्ली, पश्चिम राजस्थान, पश्चिम र पूर्वी उत्तर प्रदेशसहित देशका विभिन्न भागमा दृश्यता दुई सय मिटरभन्दा कम रेकर्ड गरिएको थियो ।
आईएमडीका अनुसार बुधबार बिहान दिल्ली, पूर्वी राजस्थान, पूर्वी उत्तर प्रदेश , बिहार, पश्चिम बङ्गाल , अरुणाचल प्रदेश र असमका छुट्टिएका क्षेत्रहरूमा घना कुहिरो देखिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८१ - २०:४९
ढाका । बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भागेकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचार...
पौष ८ गते, २०८१ - २०:२४
झापा । झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपियाँ प्राप्त गरेको छ । ...
पौष ८ गते, २०८१ - २०:१२
पाेखरा । कास्कीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले सङ्घर्षशील बचत तथा ऋण सहकारी सञ्चालक समिति अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ । पोखर...
पौष ८ गते, २०८१ - २०:०३
काठमाडाैं । तेस्राे वरीयतासहित नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) मा भित्रिन लागेका छन् । एकीकृत समाजवादीमा ...
पौष ८ गते, २०८१ - १९:४९
डडेलधुरा । डडेलधुरामा दुई जना पुरुषको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिकामा माछा मार्ने क्रममा एकजना युवकको डुबेर मृत्यु भएको हो । नवदुर्गा गाउँपा...
पौष ८ गते, २०८१ - १९:३३
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्ने बताएका छन् । ...
पौष ८ गते, २०८१ - १९:२५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्र सुतिरहेको फाेटाे सार्वजनिक गरेको आरोपमा पक्राउ परेका निकोलस भुसाल...
पौष ८ गते, २०८१ - १९:१९
काठमाडौं । हनिट्रयापकाे आराेप लागेर नेपाल प्रहरीकी निलम्बित प्रहरी निरीक्षक बिनु शाहीसँग पाँच लाख धरौटी माग गरिएको छ । ललितपुर जिल्ला अदालतले सोमबार प...
पौष ८ गते, २०८१ - १८:४६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै लामिछ...
पौष ८ गते, २०८१ - १८:३६
बुटवल । मदिरा सेवन गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बुटवल–११ बस्ने ३१ वर्षीय सागर विकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प...
प्रतिकृया लेख्नुहोस्: