Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

टाइगर कप राष्ट्रिय भलिबल : एपिएफ र न्यू डायमण्ड फाइनलमा

खबरडबली संवाददाता

कास्की । सशस्त्र प्रहरीको एपिएफ र चन्द्रागिरि न्यू डायमण्ड पोखरामा जारी चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष खुला भलिबल’ प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेका छन् । 

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आज विहीबार सम्पन्न सेमिफाइनलको खेलमा साविक विजेता एपिएफले अर्को विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गरी उपाधि नजिक पुगेको हो । एपिएफले हालसम्म दुई पटक उपाधि हासिल गरिसकेको छ ।

एपिएफले पहिलो दुई सेट १९-२५ र २०-२५ ले नेपाल आर्मीलाई सुम्पिए पनि पछिल्ला तीन सेट लगातार आफ्नो पक्षमा पार्न सफल भयो । एपिएफले  २५-१३, २५-१६ र १५-१३ ले नतिजा आफ्नो पक्षमा पार्दै फाइनलको यात्रा तय गर्न सफल भयो ।

यसैगरी दोस्रो सेमिफाइलनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई सोझो ३–० को सेटमा पराजित गर्दै न्यू डायमण्डले फाइनलमा स्थान बनाउन सफल भयो । न्यू डायमण्डले २५-१९, २५-१८ र २५-१८ ले नतिजा आफ्नो पक्षमा पार्दै एपिएफसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

यसैगरी पुरुषतर्फ साविक विजेता घरेलु टोली गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । लिगको आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेश  विभागीय टोली  त्रिभुवन आर्मी क्लबसँग ३-२ सेटले पराजित भए पनि सेमिफाइलन पुग्न सफल भयो ।

गत माघ १ गते खराब प्रकाशका कारण रोकिएको उद्घाटन खेल आज सञ्चालन भएको हो । खेलमा पहिलो सेट २५–२० ले आर्मीले जितेको थियो । दोस्रो र तेस्रो सेट गण्डकीले २०-२५ र १७-२५ ले आफ्नो पक्षमा पार्न सफल भयो । चौथो र पाँचौ सेट २५-२१ र १५-६ ले आर्मीले जितेपनि प्रतियोगिताबाट बाहिरियो ।

गण्डकीले सेमिफाइनलमा समूह बीको विजेता सशस्त्र प्रहरीको एपिएफ क्लबको सामना गर्नेछ । लिगमा हेल्प नेपाल स्पोर्टस क्लबलाई गण्डकीले ३-२ को सेटमा हराएको थियो । हेल्प नेपालले आर्मीलाई सोझो सेटमा हराएको थियो । समूह बीबाट एपिएफ विजेता र श्रीलङ्का आर्मी टिम उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरिसकेको छ । शुक्रबार पुरुषतर्फ सेमिफाइलनका खेल हुनेछन् ।
 
पुरुषतर्फ हेल्प नेपाल र श्रीलङ्का आर्मी तथा दोस्रो खेल एपिएफ र गण्डकीकाबीच हुनेछ प्रतियोगिता संयोजक दीपक कार्कीले जानकारी दिए । महिलातर्फ तृतीय स्थानका लागि त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल पुलिसको सामना गर्नेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यही माघ १ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ ६ गते हुनेछ । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टोलीले नगद रु पाँच लाख ५५ हजार पाँच सय ५५ र उपविजेता टिमले समान नगद रु दुई लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिए । 

यसैगरी तृतीय हुने टोलीले रु एक लाख २५ हजार पाँच सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending