काठमाडौँ । चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा प्रस्तावित तीन वटा आकासे पुलको निर्माण कार्य अलपत्र छ । निर्माणका लागि ठेक्का सम्झौता भएको छ वर्ष बित्न लाग्दा पनि अहिलेसम्म काम सुरु भएको छैन तर शक्ति केन्द्रको दबाब र प्रभावमा सम्बन्धित निकायले त्यसको म्याद थप्दै आएको पाइएको छ ।
चक्रपथमा प्रस्तावित बल्खु, महालक्ष्मीस्थान र सानेपामा निर्माण गर्नुपर्ने आकासे पुलको काम अलपत्र परेको छ । बल्खुमा आकासे पुल निर्माणका लागि त्रिवि परीक्षा नियन्त्रण कार्यालयअगाडि जग खनिएको चार वर्ष भइसकेको छ तर थप काम अगाडि बढ्न सकेको छैन । आकासे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ वर्ष बिते पनि काम सुरु हुन नसकेको हो ।
बल्खुको आकासे पुल निर्माणका लागि २०७४ भदौ २९ गते महर्जनरपूर्णचण्डी निर्माण कम्पनी ९संयुक्त० सँग सम्झौता भएको थियो । यस पुलको निर्माण लागत चार करोड छ लाख ७८ हजार ८२५ रुपियाँ रहेको छ । यस पुलको निर्माण अवधि सुरुमा २०७५ मङ्सिर २९ गतेसम्म रहेकोमा तीन पटक म्याद थप गरी २०८१ असार मसान्तसम्म रहेको चक्रपथ सुधार आयोजनाका इन्जिनियर सुरेन्द्र सिंहले जानकारी दिए ।
त्यसै गरी महालक्ष्मीस्थानमा आकासे पुल निर्माणका लागि महर्जन–पूर्णचण्डी–ड्रामा निर्माण कम्पनी (संयुक्त) सँग चार करोड ३२ लाख ४३ हजार ६२९ रुपियाँको लागतमा २०७४ असार २८ गते सम्झौता भएको थियो । यस पुलको सुरुको म्याद २०७५ असोज २८ गतेसम्म रहेकोमा यसको पनि तीन पटक म्याद थप गरी २०८० चैत मसान्तसम्म रहेको छ ।
त्यसै गरी चक्रपथको सानेपामा आकासे पुल निर्माणका लागि महर्जन–पूर्णचण्डी–सप्तम् निर्माण कम्पनी (संयुक्त) सँग २०७४ असार २८ गते सम्झौता भएको थियो । सम्झौता अनुसार यो पुलको निर्माण सम्पन्न गर्ने सुरुको अवधि २०७५ असोज २८ गतेसम्म रहेकोमा तीन पटक म्याद थप गरी २०८१ असार मसान्तसम्म रहेको चक्रपथ सुधार आयोजनाका इन्जिनियर सिंहले जानकारी दिनुभयो । यस पुलको ठेक्का रकम चार करोड १९ लाख २२ हजार ४२५ रुपियाँ रहेको छ ।
यी तीनवटै आकासे पुलको ठेक्का सम्झौता भएसँगै निर्माण कम्पनीले ‘साइट मोबिलाइजेसन’ स्वरूप कुल निर्माण लागतको २० प्रतिशत रकम पुल महाशाखाबाट बुझिसकेको छ । यसअघि चीन सरकारले कोटेश्वर, ग्वार्को, सातदोबाटो र बागडोलमा सम्झौता अनुसारको आकासे पुल निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।
आमनागरिकले सुरक्षित र सहज रूपमा चक्रपथको वारपार गर्न पाओस् भन्ने उद्देश्यसहित प्रत्येक एकरएक किलोमिटरमा आकासे पुल निर्माण गर्ने योजनासहित सो आकासे पुल निर्माण सुरु गरिएको हो । आठ लेन चौडाइको सो सडकमा सवारीसाधनको गति उच्च हुने भएकाले पैदल यात्रुका लागि थप आकासे पुलको आवश्यकता भएको भन्दै विभागले थप स्थानमा आकासे पुल निर्माण अघि बढाएको हो ।
चीन सरकारले चक्रपथको सो खण्ड विस्तार गरी नेपाललाई हस्तान्तरण गरेको दुई वर्षपछि आकासे पुल निर्माण सुरु गरिएको हो । चीनले २०७५ माघ १४ गते चक्रपथको कोटेश्वर–कलङ्की खण्ड हस्तान्तरण गरेको थियो ।
यसैबिच काठमाडौँ महानगरपालिकाले कोटेश्वर, बबरमहल, पुतलीसडक, पद्मोदय मोड, बागबजार, कालीमाटी चोक, रविभवन, त्रिवि शिक्षण अस्पताल अगाडि (महारागन्ज), गङ्गालाल अस्पताल (बाँसबारी) अगाडि, अकासे पुल निर्माण गर्ने योजना गत आर्थिक वर्ष २०७८–७९ मा समावेश गरे पनि त्यसको काम अहिलेसम्म अगाडि बढ्न सकेको छैन । बजेटमा प्रतिपुल एक करोड रुपियाँ रकमसमेत विनियोजन गरिएको थियो । यो खबर गोरखापत्र दैनिकमा प्रकाशित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: