त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सुन्तला बगैँचा व्यवस्थापन अभियान सञ्चालन गरिएको छ । यस यामको सुन्तला टिपेर सकिए लगत्तै जिल्लाका सुन्तला किसान बगैँचा व्यवस्थापनमा जुटेका हुन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरका अनुसार हालै रु आठ करोड ७४ लाखको सुन्तला जिल्लाबाट बिक्री गरिएको छ । उत्पादन थप बढाउने लक्ष्यका साथ परियोजनाले बगैँचा व्यवस्थापन अभियान सञ्चालन गरेको हो ।
जिल्लाको पहाडी क्षेत्र बुलिङटार, बौदीकाली र हुप्सेकोटमा मुख्य सुन्तला र मध्यविन्दुमा कागती खेतीलाई लक्षित गरी परियोजनाअन्तर्गत सुन्तलाजात फलफूल जोन कार्यक्रम लागू भएको छ । परियोजना लागू भएका क्षेत्रमा अहिले अभियानकै रूपमा बगैँचा व्यवस्थापन सुरु गरिएको हो ।
प्राविधिकसहितको टोलीले अहिले किसानलाई सुन्तलाको बगैँचा व्यवस्थापन गर्ने तरिका सिकाइ रहेको परियोजना कार्यान्वयन एकाइका प्रमुख सुनिलकुमार सिंहले जानकारी दिए ।
प्राविधिकको टोलीले यही माघको १५ गतेसम्म यो अभियान जारी राख्ने छन् । गैँडाकोट, धौबादी, काफलडाँडा, छरछरे, रामकोट, देउराली, बबोक, राइकोटलगायत १६ स्थानमा सुन्तला जात फलफूलको बगैँचा व्यवस्थापन कार्य गरिने उनले जानकारी दिए । अहिलेसम्म ११ स्थानमा बगैँचा व्यवस्थापनको काम सम्पन्न भएको उहाँले बताए ।
प्राविधिकसहितको टोलीले समूह मार्फत सबै किसानलाई जानकारी हुने गरी बगैँचा व्यवस्थापन गर्न सिकाउने छन् । यसपछि किसानले आ–आफ्नो बगैँचाको व्यवस्थापन गर्नेछन् । ‘बगैँचा व्यवस्थापनको मुख्य समय यही हो, नयाँ पालुवा नपलाउँदै व्यवस्थापन गर्नुपर्छ । त्यसैले हामीले यो समयलाई अभियानकै रूपमा अगाडि बढाएका छौँ’, कार्यालय प्रमुख सिंहले भने ।
प्राविधिकको टोलीले बोट काँटछाँट गर्ने, चोर हाँगा, बाक्लो हाँगा, रोगी हाँगा र भित्रपट्टि फर्केको हाँगा हटाउने, काटेको ठाउँमा विषादी लगाउने, मल राख्ने र सिँचाइ गर्ने विधि किसानलाई सिकाउने एकाइ प्रमुख सिंहले जानकारी दिए । उनले भने, ‘यी चार काम व्यवस्थापनको मुख्य काम हो, यो काम गर्ने भनेकै बिरुवा नपलाएको र सुषुप्त भएको बेलामा गर्नुपर्छ ।’
फल दिइरहेको ठूला बोट जसले फल दिइरहेका छन्, त्यस्ता बोट फल सकिएपछि मात्रै व्यवस्थापन गरिन्छ । फल नदिएका साना बगैँचाको व्यवस्थापन गर्न खर्च र समय कम लाग्छ भने, ठूला बोटको व्यवस्थापनमा खर्च र समय पनि बढी लाग्ने सिंहको भनाइ छ । कार्यालयले यस वर्ष राम्रोसँग बगैँचाको व्यवस्थापन गर्ने किसानलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम समेत राखेको छ ।
सुन्तलाको उत्पादनसँगै किसानको आम्दानी बढाउने लक्ष्यअनुसार बगैँचा व्यवस्थापनको अभियान सञ्चालन गरिएको उनले बताए । नवलपुरमा राम्रो सुन्तला उत्पादन गर्न सकिने क्षेत्र भएकाले क्षेत्र विस्तार र भएका बोटबाट धेरै उत्पादन लिन सकियोस् भनेर कार्यालयले किसान लक्षित भएर काम गरिरहेको जनाइएको छ । जिल्लामा हाल आठ सय १८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गर्ने गरिएको छ । किसान गेसबहादुर रानाले सुन्तलाको थप उत्पादन लिन बगैँचा व्यवस्थापनले सहयोग पुग्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - ०८:१६
काठमाडौं । ‘सुदूरपश्चिममा शेरबहादुर देउवाको उत्तराधिकारी को ?,’ तीन महिनाअघि कांग्रेसको आन्तरिक राजनीति सामान्य रहेकै बेला सुदूरपश्चिममा कार्यकर्ताबीच...
माघ ६ गते, २०८२ - ०८:१०
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर पूर्वमन्त्री प्रदीप यादव नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महान...
माघ ६ गते, २०८२ - ०८:००
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज बिहानै जानकी मन्दिरमा पुगेर दर्शन गरेका छन्। हिजो साँझ जनकपुरधाम पुगेका श...
माघ ६ गते, २०८२ - ०७:४१
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन कार्यतालिका...
माघ ६ गते, २०८२ - ०७:३९
सोलुखुम्बु । हरेक वर्षको हिउँदयाममा खुम्बु क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरू चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान ...
माघ ६ गते, २०८२ - ०७:३८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि...
माघ ६ गते, २०८२ - ०७:३५
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका रैथाने उत्पादनहरूको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ। साउनदेखि पुस ...
माघ ६ गते, २०८२ - ०७:३०
काठमाडौँ । निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि (आज...
माघ ६ गते, २०८२ - ०७:२५
काठमाडौँ । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । म...
माघ ५ गते, २०८२ - ०९:३२
काठमाडौं । आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ। थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...




प्रतिकृया लेख्नुहोस्: