सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा थिएन। विगत सात वर्षदेखि उनको संसार अन्धकारमा बितेको थियो।
छोराहरूले वास्ता गरेनन्। सहारा दिने छोरीकोसमेत मृत्यु भएपछि उनी झनै बेसहारा भएका थिए। तर, आफ्नै आँगनमा सञ्चालित आँखा शिविरले उनको देब्रे आँखाको मोतियाविन्दु हटाइदिएपछि उनले पुनर्जन्म पाएझैँ अनुभूति गरेका छन्।
‘आँखा नदेखि नै मर्छु जस्तो लागेको थियो, अहिले छयाङ्गै देख्न पाउँदा साह्रै खुसी लागेको छ’, सदायले हर्षका आँसु पुछ्दै भने।
सदाय मात्र होइन, मिर्चैया–१ का ८२ वर्षीय गोपाल कापर र ७३ वर्षीया एकल महिला जानकीदेवी साहको कथा पनि उस्तै छ। जानकी देवीको आँखामा लागेको ‘बादल’ जस्तो मोतियाविन्दु पनि शिविरमा उपचार गरी हटाइएको छ। उहाँले अब आफ्नो दैनिकी चलाउन सजिलो हुने बताए।
मिर्चैया नगरपालिका र तिलगङ्गा आँखा अस्पतालको सहकार्यमा यही चैत २ गतेदेखि ८ गतेसम्म चलेको बृहत् आँखा शिविरमा ३१२ जनाको मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको थियो। नगरका सबै वडा र मिर्चैया अस्पतालमा गरिएको ‘स्क्रिनिङ’का क्रममा चार हजार ५५० जनाले सेवा लिएका थिए।
तिलगङ्गा आँखा अस्पतालका नेत्र अधिकृत वासुदेव अधिकारीका अनुसार अस्पतालमा यही उपचार गराउँदा शल्यक्रिया शुल्क, औषधि र आवतजावत गर्दा करिब २८ देखि ३० हजार रुपैयाँ खर्च हुन्छ। विपन्न परिवारका लागि यो ठूलो रकम हो। तर आँखा शिविरमा निःशुल्क शल्यक्रिया गरिएको हो।
नगरभित्रका दलित, विपन्न र वृद्धवृद्धा आँखाको समस्याले पीडित भएको जानकारी पाएपछि विशेष पहल गरेर शिविर सञ्चालन गरिएको नगर प्रमुख श्रवणकुमार यादवले बताए। स्वास्थ्य शाखा प्रमुख राजनकुमार साहका अनुसार बिरामीको एक रुपैयाँ पनि खर्च नहुने गरी शल्यक्रिया, औषधि र चश्मासमेत निःशुल्क वितरण गरिएको छ।
आर्थिक अभावले दृष्टि गुमाउन बाध्य भएका मिर्चैयाका सयौँ नागरिकका लागि यो शिविरले जीवनमा उज्यालो दिएको छ। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: