Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

सर्लाहीमा कारागार निर्माण सँगै कैदीबन्दीलाई अन्य जिल्लाका कारागारमा पठाउनुपर्ने बाध्यताको अन्त्य

खबरडबली संवाददाता

सर्लाही । सर्लाहीमा कारागार अभावमा कैदी बन्दीलाई अन्य जिल्लाका कारागारमा पठाउनुपर्ने बाध्यता अब अन्त्य भएको छ । जिल्ला सदरमुकाम मलङ्गवामा कारागार निर्माण भए पश्चात जिल्लाबाट अन्य जिल्लामा कैदीबन्दी पठाउनु पर्ने बाध्यता हटेको हो । 

आठ कठ्ठा १९.५ धुरमा निर्माण भएको कारागार चार करोड ४५ लाख २७ हजार ६८७ रुपैयाँ ६५ पैसा लागतमा निर्माण भएको कारागार भवनको आइतबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले औपचारिक रूपमा उद्घाटन गरे सँगै कारागार भवन सञ्चालनमा आएको हो । 

यसअघि सर्लाहीमा कारागार नहुँदा अदालतबाट पूर्पक्ष आदेश भएका तथा सजाय सुनाइएका अभियुक्तलाई महोत्तरीको जलेश्वर, रौतहटको गौर, सिन्धुली वा सुनसरीको झुम्का कारागार चलान गर्नुपर्ने बाध्यता रहेको थियो । अन्यत्र कैदी बन्दी लैजानुपर्दा प्रहरीलाई हैरानीसँगै यातायात खर्च बढ्ने, कैदी बन्दी बाटोबाटै नै भाग्ने जोखिम हुने र परिवारलाई भेट्न जान समेत समस्या रहेको थियो । 
जिल्लमा  १६० जना पुरुष र ५० जना महिलासहित २१० जना कैदीबन्दी राख्ने क्षमताको कारागार निर्माण भएको हो । सदरमुकाम मलङ्गवामा निर्माण गरिएको कारागार भवन सञ्चालनमा आएसँगै यहाँका कैदी बन्दीलाई बाहिरी जिल्लामा पठाउनुपर्ने बाध्यता हटेको मलङ्गवा कारागारका निमित्त जेलर मनोज मिश्रले जानकारी दिए । उनका अनुसार कारागार सञ्चालनमा आएसँगै शनिवार मात्रै गौर कारागारबाट ३० जना कैदी बन्दी स्थानान्तरण गरेर मलंगवा पुर्याईएको छ  । अब क्रमैसँग प्रक्रिया पूरा गरेर अन्य जिल्लामा पठाइएका सर्लाहीका कैदी बन्दीलाई ल्याइने कारागारका निमित्त जेलर मिश्रले बताए । 

नवनिर्मित कारागारमा महिला र पुरुषको बेग्लाबेग्लै ब्लक, छुट्टाछुट्टै भेटघाट कक्ष, सुरक्षाकर्मीका लागि ब्यारेक ब्लक, गार्ड हाउस, कैदीका लागि क्यान्टिन ब्लक, पसल, शौचालय, सेक्युरिटी वाल, कम्पाउन्ड वालसहितका संरचना बनाइएको सङ्घीय आयोजना कार्यान्वयन इकाई जनकुपुरले जनाएको छ । कार्यालयका प्रमुख प्रदीप खनालले चरणबद्ध रूपमा काम गर्नुपरेकाले कारागार भवन निर्माण हुन समय लागेको बताए । 

पहिलेको कारागार अत्यन्त जीर्ण बनेपछि ११ वर्षअघि देखि सर्लाहीका कैदी बन्दीलाई अन्य जिल्लाका कारागारमा पठाउन थालिएको थियो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जिल्लामै कारागार बनेसँगै प्रहरी र कैदीका परिवारको खर्च कम हुनुका साथै सहजता पनि भएको बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending