Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

लुम्बिनी र पर्यटन प्रबद्र्धन गर्न शान्तिको सन्देश फैलाउँदै २४ किमी बौद्ध संचार यात्रा

खबरडबली संवाददाता

भैरहवा । भगावन बुद्धले हिँडेरै विश्वभर बुद्ध सन्देश फैलाएका थिए । यसैले बौद्ध धर्ममा पदयात्राको खास महत्व छ । यही पदयात्रालाई प्रबद्र्धन गर्ने र लुम्बिनी घुम्न स्वदेशी तथा विदेशी पर्यटक अभिप्रेरित गर्ने उद्देश्यले भैरहवा–लुम्बिनी २४ किलोमिटर बौद्ध संचार यात्रा गरिएको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो १०औं स्थापना दिवसको अवसरमा बिहीबार भैरहवाको लुम्बिनी गेटदेखि लुम्बिनीस्थित मायादेवी मन्दिरसम्म संचार यात्रा गरेको हो ।

‘पर्यटनका लागि शान्ति, शान्तिका लागि संचार यात्रा’ नारासहित गरिएको दोस्रो बौद्ध संचार यात्राले लुम्बिनी क्षेत्रमा नयाँ उत्साह थपेको विश्वास गरिएको छ । भिक्षुभिक्षुणी, लामा, पत्रकार, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी–व्यवसायी, नेपाली सेना, प्रहरी, सशस्त्र र सर्वसाधारण गरी एक सय बढी पदयात्रामा सहभागी भए । ठाउँठाउँमा स्थानीय र पर्यटन व्यवसायीले स्वागत गरे । सहभागीहरु बुद्ध धुनको गुन्जनसँग पद यात्रा गर्न पाउँदा निकै हर्षित भए । खासगरी शान्ति, अहिंसा र पंचशीलको सन्देश विश्वमाझ फैलाउने र बुद्ध जन्स्थल लुम्बिनी, पर्यटन क्षेत्र र संचारलाई सँगैसँगै अगाडि बढाउँदा लाभ उठाउन सकिन्छ भन्ने उद्देश्य दिन संचार यात्रा गरिएको प्रेस क्लबका अध्यक्ष कमल रायमाझी बताए ।

‘लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश दिने र शान्तिका अनुयायीलाई लुम्बिनी आउन र पदयात्रा गर्न प्रेरित गर्ने उद्देश्यले भैरहवादेखि लुम्बिनीसम्म दोस्रो बौद्ध संचार यात्रा गरिएको हो’, उनले भने, ‘यसले पर्यटकीय विकास र लुम्बिनीको प्रबद्र्धनका लागि संचारले महत्वपूर्ण योगदान गर्न सक्छ भन्ने सन्देश दिएको छ ।’ बौद्ध संचार यात्राले स्थानीय, प्रदेश, राष्ट्रियस्तरमा मात्रै नभई विश्वमाझ शान्तिको सन्देश फैलाउन र पर्यटन पबद्र्धनमा टेवा पुगेको उनले बताए ।

‘लुम्बिनी आएर पदयात्रा गर्ने स्वदेशी–विदेशी धेरै हुन्छन् । तर, संचार क्षेत्रको अगुवाईमा निरन्तर दुई वर्षयता भइरहेको पदयात्राले भने नयाँ सन्देश प्रवाह गरेको बुझाई हाम्रो छ’, उनले भने, ‘पत्रकारहरुले सधैं कापीकलम र क्यामेरा बोकेर खबर खोज्न हिँड्ने मात्रै होइन्, शान्तिको सन्देश फैलाउन, पर्यटन क्षेत्रलाई माथि उठाउन र लुम्बिनीको प्रबद्र्धनमा समेत टेवा दिन सक्छन् भन्ने सन्देश पनि संचार यात्राले दिएको छ ।’ विश्वमा मानिसहरुमा शान्ति, करुणा र मानवता हराउँदै गएको अवस्थामा कलमजीविहरुले पनि समाजमा सकरात्मक उर्जा दिनका लागि यात्रा गरिएको अध्यक्ष रायमाझीले बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भैरहवादेखि बुद्धको पवित्र जन्मस्थल लुम्बिनीसम्मको यात्राले सकरात्मक उर्जा पैदा गरेको बताए । पैदलयात्रा गरेर लुम्बिनी पुगेका प्रमुख जिल्ला अधिकारी घिमिरेले २४ किमिको दुरीको यात्राले शरीर थाके पनि मनमा थप उर्जा पैदा भएको बताए । ‘पदयात्राले सकारात्मक उर्जासँगै बुद्धजन्मस्थल लुम्बिनीका बारेमा प्रचार–प्रसार गर्न मद्दत गरेको छ’, उनले भने । सञ्चार यात्रा गर्दा दुःखकष्ट भए पनि मायादेवी मन्दिर प्रवेश गर्दा आध्यात्मिक ऊर्जा पलाएर गजबको शान्तिको अनुभूतिले सबै दुःख पीडा हराएर गएको उनले जनाए । संचारकर्मीको संस्थाले यस्तो कार्यक्रम गर्नु आफैमा उत्कृष्ट र सह्रानीय भएको उनले बताए ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धले गृहत्याग गरेदेखि हिँडेर जीवन विताएको उल्लेख गर्दै त्यहीबेलाको सन्देश बोकेर सञ्चारकर्मीहरुले पैदलयात्रा गरेकोमा धन्यवाद दिए । उनले बौद्ध सञ्चार यात्राले लुम्बिनी र शान्तिको सन्देशबारे सकरात्मक सन्देश दिएको समेत बताए ।

बिहान ७ः२० मा भैरहवाको लुम्बिनी गेटबाट सुरु पदयात्रा १२ः०५ मा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा पुगेको थियो । यो बीचमा ठाउँठाउँमा पदयात्राीले स्थानीय, पर्यटन व्यवसायीले स्वागत गरेका थिए । मायादेवी मन्दिरमा सहभागीलाई भिक्षु श्रीबजिरले १० मिनेट ध्यान गराएका थिए । महाराज शुद्धोधनका गुरु अतिशकाल देवल नवजात शिशु सिद्धार्थ बोधीसत्वलाई हेर्न आउँदा शिशु सिद्धार्थ महान गुरु बन्ने भविष्यवाणी गरेका थिए । उनै महान गुरुप्रति समर्पित भई अतिशकाल देवलले आफ्ना भान्जा नालकलाई प्रवज्जित (भिक्षु बनाएका) थिए । उनै भिक्षु नालक आजीवन पैदल यात्रा गर्दै धम्मदेशना गरेकाले पैदल यात्रा महत्वपूर्ण रहेको कुरा सूत्र पिटकको सुत्त निकायमा उल्लेख गरिएको छ । यसैले पनि पदयात्रा गर्न बौद्ध संचार यात्रा गरिएको हो ।

लुम्बिनी पुगेका सञ्चारकर्मी लगायतको टिमलाई लुम्बिनी विकास कोषका तर्फबाट सदस्य सचिव सानुराजा शाक्यले स्वागत गरे । उक्त अवसरमा प्रेस क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दीपक घिमिरे, महासचिव प्रकाश न्यौपाने लगायतले बोल्दै  सधैं कापी–कलम र क्यामेरा बोकेर सूचना लिन जानेमात्र नभई लुम्बिनीबाट आध्यात्मिक ऊर्जा प्रदान गरेर पर्यटन प्रवद्र्धनमा जुटेको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैशाख १२ : सम्झनामा पीडा, यथार्थमा अधुरो पुनर्निर्माण

काठमाडौं । क्यालेन्डरमा एउटा मिति फेरि आइपुग्छ—वैशाख १२। तर यो केवल मिति होइन, नेपाली समाजका लागि एक सामूहिक झट्का हो।  २०७२ काे भुकम्पले भत्काएको केव...

अदालतले खोले पनि कांग्रेसभित्र ‘गाँठो’ बाँकी : एकता कुरा, अविश्वास गहिरो

काठमाडौं । कानुनी लफडा सकियो, तर राजनीति अझै सल्किँदै छ। नेपाली कांग्रेस भित्र सर्वोच्च अदालतको फैसलाले एउटा अध्याय टुंग्यायो, तर अर्को अध्याय—अन्तर्क...

यस्तो छ आजका लागि कालीमाटी तरकारी बजारमा कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

सुकुमवासी बस्तीका बासिन्दालाई रंगशाला लगेर पहिचान गरिने

काठमाडौं । सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसा...

बेनीमा शान्ति पार्क बनाउने योजना अन्योलमा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नल...

लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित ब...

सुकुमबासी बस्तीमा अवरोध गर्नसक्ने आशङ्कामा थप दुई जना पक्राउ

काठमाडौँ । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशकमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर...

सुकुम्बासी बस्ती खालि गर्न अगाडि बढ्यो प्रहरी

काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका घर–टहरा भत्काउने काम शुरु हुनुभन्दा अघि सुरक्षाका निम्ति प्रहरी परिचालित भएको छ । स्थानीय प्रशासन र काठम...

थापाथलीमा ‘डोजरको घडी’ : सवा ८ पछि कारबाही, पहिले आफैँ सामान सार्न व्यस्त स्थानीय

काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज डोजर चलाउने तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरी बलका अनुसार सवा ८...

भक्तपुरको मनहरामा पनि चल्दै डोजर, आधाभन्दा बढी सुकुमबासीले बस्ती छाडे

भक्तपुर । मनहरा नदी किनारामा बसोबास गर्दै आएका सुकुमबासी बस्ती खाली गर्ने सूचना जारी भएपछि आधाभन्दा बढीले बस्ती छाडिसकेका छन् । बस्ती खाली गर्नका ल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending