Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

इलामकाे पशुपतिनगरमा राजस्व सङ्कलन केन्द्र स्थापना

खबरडबली संवाददाता
इलाम । इलामको पशुपतिनगरमा सवारीसाधनका लागि इजाजतपत्र दिन राजस्व सङ्कलन केन्द्र स्थापना गरिएको छ । 
 
कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल–भारत सीमा नाकास्थित पशुपतिनगरमा उक्त केन्द्र स्थापना गरेको हो । 
उक्त केन्द्रको स्थापनाले पर्यटक लिएर नेपाल प्रमाणका लागि प्रवेश गर्ने सवारीसाधन पशुपतिनगर नाका हुँदै आउँदा सडकको पटके कर तिर्न इलाम वा झापा पुग्नुपर्ने बाध्यता हटेको छ ।
 
सो नाका भएर नेपाल प्रवेश गर्ने सवारीसाधनबाट वार्षिक करिब रु डेढ करोडभन्दा बढी राजस्व सङ्कलन हुने अपेक्षा गरिनाका साथै नेपाल आउने पर्यटक तथा सवारी व्यवसायीलाई सहज हुने यातायात व्यवस्था कार्यालयका प्रमुख छविलाल खतिवडाले बताए । 
 
पशुपतिनगर नाका भएर दैनिक एक सयभन्दा बढी भारतीय सवारीसाधनमा पर्यटक नेपाल भित्रिने गरेको बताइएको छ । कर सङ्कलन केन्द्रबाट विशेषगरी भारतीय सवारीसाधनलाई सुविधा भएको सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले बताए । 
 
कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईसमक्ष उद्योग वाणिज्य सङ्घले कर सङ्कलन केन्द्र स्थापनाका लागि पहल गरेपछि कार्यालय स्थापना भएको बताइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत

 बागमती । बागमती प्रदेशसभाले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफलका लागि सर्वसम्मतले स्वीकृत गरेको छ । ...

नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउनुपर्छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नीति तथा कार्यक्रम अनुरुपको बजेट तर्जुमा गर्न आवश्यक रहेको बताए ।  राष्ट्रपति रामचन...

गाजा युद्धपछिको गम्भीर मानवीय सङ्कटको भारतद्वारा निन्दा

एजेन्सी । गाजामा हमासविरुद्ध इजराइली सैन्य कारबाहीका बीच भारतले जारी  द्वन्द्वमा नागरिकहरूको मृत्युको कडा निन्दा गर्दै यस क्षेत्रमा द्वन्द्वको परिणामल...

नीति तथा कार्यक्रम: अर्थतन्त्र सुधार्ने सरकारको प्रतिबद्धता

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममार्फत सरकारले मुलुकको अर्थतन्त्र सुधार्न विभिन्न नीति तथा योजना सार्वजनिक गरेको छ ।...

उत्पादकत्व र रोजगारी वृद्धिलाई उच्च प्राथमिकता

काठमाडौं । वर्तमान सरकारले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिलाई उच्च प्राथमिकतामा राखेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संय...

नीति तथा कार्यक्रम उत्साहजनक : एमाले

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का नेता एवं सांसदहरुले सरकारको नीति तथा कार्यक्रम समग्रमा उत्साहजनक भएको प्रतिक्रिया दिएका छन् ।  संसद्को आजको बै...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम राम्रो आएको र त्यसलाई कार्यान्वयन हुने गरी बजेट आउने बताएका छन् ।  नीति तथा...

समाज कल्याण परिषद्लाई डिजिटाइजेसनमा लैजान मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले समाज कल्याण परिषद्लाई डिजिटाइजेसनको प्रक्रियामा लैजान कर्मचारीलाई निर्देशन दिएकी छ...

नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्छ: गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकारको नीति तथा कार्यक्रममा नयाँ विषय समावेश भएको बताएका छन् ।  राष्ट्रपति रामचन्द्र पौड...

कांग्रेसकाे विराेधका कारण दुवै सदनमा टेबुल हुन पाएन नीति तथा कार्यक्रम

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा टेबल हुन सकेन भने राष्ट्रपति पौडेललाई दिने भनिएको धन्यवाद प्रस्ताव समेत आजको दुवै सदनमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies