Ntc summer Offer
Khabar Dabali ३ कार्तिक २०८१ शनिबार | 19th October, 2024 Sat
Investment bank

द्वन्द्वका कारण गाजामा २५ हजार सर्वसाधारणको मृत्यु

खबरडबली संवाददाता

गाजा । गाजामा जारी इजरायली आक्रमण र इजरायलमा प्यालेस्टिनी रकेट आक्रमण सोमबार पनि कायम रहेको छ ।  संयुक्त राष्ट्रसंघले गत अक्टोबर७ मा युद्ध शुरु भएदेखि एन्क्लेभमा २५ हजार भन्दा बढीको मृत्यु भएको बताएको छ ।

गाजाको स्वास्थ्य अधिकारीहरूबाट प्राप्त जानकारी र मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसिएच्ए) ले इजरायली आक्रमणका कारण ६२ हजार छ सय ८१ प्यालेस्टिनीहरू घाइते भएको जनाएको छ । यी आक्रमणहरू इजरायलमा हमास नेतृत्वको आक्रमणको प्रतिक्रियामा थिए । 

जसको परिणामस्वरूप लगभग  १ हजार २०० जनाको मृत्यु भएको छ भने करिव  २ सय  ५० जना बन्धक बनाइएका  छन् । शुक्रबार गाजामा दुई जना इजरायली सैनिक मारिएको  ओसिएएचएले जनाएको छ ।  यहाँ ग्राउन्ड अपरेसन शुरु भएदेखि कुल १ सय ९३  ल्यायो, र एक हजार दुई सय तीन सैनिकहरू घाइते भएको  इजरायली सेनाले जनाएको छ ।

यो अवधिमा  ३ सय ४३ प्यालेस्टिनीको मृत्यु भएको तथा ५ सय ७३ जना घाइते भएको संयुक्त राष्ट्रसंघीय सहायता समन्वय कार्यालयले जनाएको छ । आइतबार युगान्डाको राजधानी कम्पालामा ७७ देशहरूको समूह र चीनको शिखर सम्मेलनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वलाई एक टिन्डरबक्सका रूपमा वर्णन गरेका छन् । 

यस क्षेत्रभरि द्वन्द्व रोक्न आवाश्यक सबै पहलकदमी लिन अपिल गरेका छन् । इजरायली र प्यालेस्टिनीहरूका लागि दुई–राज्य समाधानका लागि आफ्नो समर्थन दोहोर्याउँदै महासचिव गुटेरेसले इजरायलको सैन्य कारबाहीले व्यापक विनाश निम्त्याएको बताए । 

तीन महिनाभन्दा बढी लामो समयदेखि जारी तीव्र बमबारीपछि गाजाका क्षेत्रमा मनावीय आवश्यकता प्रकाश पार्दै ओसिएइचएले गाजामा अहिले १५ वटामात्र बेकरीहरू सञ्चालनमा रहेको बताएको छ । तर राफाहमा छ वटा र देइर अल बालाहमा नौ वटा–र वादी गाजाको उत्तरमा कुनै पनि खुला छैन ।

यी लगभग सबै कार्यरत बेकरीहरूले संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमबाट सहयोग  खोहजाक छन् । जहाँ पिठो, नुन, खमीर र चिनी  आदि खाद्य पदार्थ उपलब्ध छ । यस पहलको माध्यमबाट करिब दुई लाख ५० हजार मानिसहरूले अनुदान मूल्यमा खाने कुरा किन्न पाएका छन । ओसिएइचएले आइतबार आपतकालीन अवस्थाबारे आफ्नो पछिल्लो अपडेटमा उल्लेख गरेको छ ।

यसैबीच, प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सी युएन आरडब्लुएले सोमबार दूरसञ्चार सेवा बन्द सातौँ दिनमा प्रवेश गरेको जनाएको छ ।
आफ्नो सबैभन्दा पछिल्लो अपडेटमा, युएनआरडब्लुएले गाजाभित्र आन्तरिक विस्थापित व्यक्तिको संख्या १७ लाख पुगेको  खुलासा गरेको छ । तीमध्ये एजेन्सीका सुविधाहरूमा शरण लिँदा कम्तीमा  ३ सय ३५ जनाको मृत्यु भएको छ भने १ हजार १६१ जना घाइते भएका छन् । 

साथै अक्टोबर ७ देखि, युएनआरडब्लुएका  १५१ जना कर्मचारी सदस्यहरू मारिएका छन्  भने यसका १४१ वटा प्रतिष्ठानहरू क्षतिग्रस्त भएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण !

ताप्लेजुङ । ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण अभियान थालिएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा हिमाली ...

सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा

सुडान । संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले शुक्रबार सुडानमा ३० लाखभन्दा बढी मानिसहरू हैजाको जोखिममा रहेको जनाएको छ । युनिसेफले पाँच वर्ष मुनिक...

माओवादी र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी छ: नेता शर्मा

चितवन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले माओवादी र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नका लागि नयाँ ढङ्गले सोच्न जरुरी रहेको बताएका...

कालीकोटमा ट्रक दुर्घटनामा परी चालकको मृत्यु

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका –६ खल्लामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुर्खेतबाट समान बोकेर जुम्ला जाँदै गरेको लु १ क ३९३० नम्ब...

पाथीभरामा दिनमा ६ हजार भक्तजन पुग्दै

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एकै दिन करिब छ हजार जना भक्तजन पुगेका छन् । शनिबार एकै दिन उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको द...

एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय युवा टोलीको बिदाइ

काठमाडौं । कतारमा अक्टोबर २३ देखि २७ तारिखसम्म हुने एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय युवा टोलीको बिदाइ गरिएको छ । ...

नेतन्याहुको निजी निवासलाई हिजबुल्लाहले बनायो ड्रोनबाट निशाना

काठमाडौं । लेबनानबाट भएको ड्रोन आक्रमणले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासलाई निशाना बनाएको छ ।  इजरायली सरकारका प्रवक्ताले प...

सार्वजनिक सम्पति तोडफोड गर्ने आन्दोलनलाई रास्वपाले समर्थन गर्दैन: गणेश कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले नागरिकलाई दुःख दिएर, सार्वजनिक तथा सरकारी सम्पति तोडफोड गरेर गरिने आन्दोलनलाई रा...

सिनवारको मृत्युपछि खामेनीले भने- हमास जीवित थियो र जीवित रहने छ

काठमाडौं । हमास नेता याह्या सिनवारको मृत्युपछि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले पहिलो पटक प्रतिक्रिया दिएका छन् । उनले सोसल मिडिया प्लेटफर्...

जापानी युवाका चार श्रीमती दुई प्रेमिका: ५४ बच्चा जन्माएर किर्तिमान बनाउने लक्ष्य !

काठमाडौं । जापानबाट एउटा अनौठो खबर आएको छ । उत्तरी प्रान्त होक्काइडोकी ३६ वर्षीया रयुता वतानाबेले विगत १० वर्षदेखि कुनै जागिर छैन । तर, उनको आकांक्षा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy