रुपन्देही । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले एपिएफ क्लबलाई पराजित गरेको छ । आर्मीले एपिएफलाई चार विकेटले हराएको हो ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा मंगलबार टस जितेर आर्मीले पहिला फिल्डिङ रोजेको थियो । एपिएफ क्लबले आर्मीलाई जितका लागि एक सय एक सय २२ रनको लक्ष्य दिएको थियो । आर्मीले उक्त लक्ष्य २४औँ ओभरको तेस्रो बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले अविजित ३४ रन बनाए । उनले ४० बल खेल्ने क्रममा चार चौका र एक छक्का प्रहार गरे । यस्तै कुशल मल्लले १९ र बसिर अहमदले १८ रन बनाए । बलिङतर्फ एपिएफ क्लबका रमेश कुर्मीले दुई तथा मौसम ढकाल र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिए ।
यसअघि एपिएफ क्लबका लागि ब्याटिङ गर्ने क्रममा कप्तान रोहितकुमार पौडेलले अद्र्धशतकीय पारी खेले । उनले एक सय तीन बल खेल्ने क्रममा दुई छक्का र दुई चौकाको मद्दतमा ५९ रन बनाए ।
यस्तै भुवन कार्कीले १६ तथा सुमित महर्जनले १४ रन बनाए । बलिङतर्फ आर्मीका सोमपाल कामीले तीन, अविनाश कर्णले दुई तथा विवेक यादव, साहब आलम र बसिर अहमदले एक एक विकेट लिए ।
खराब मौसमका कारण ५० ओभरको खेल ३६ ओभरमा झारिएको थियो । बुधबार त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबिच खेल हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक ३ गते, २०८१ - २०:०८
त्रिशूली । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न छिट्टै आयोग गठन हुने बताएका छन् । नेपाल कम्यु...
कार्तिक ३ गते, २०८१ - १९:५३
त्रिवेणी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापतिलाई लागेको आरोपका विषयमा हुने कानुनी प्रक्रियालाई सघाउने ...
कार्तिक ३ गते, २०८१ - १९:४३
झापा । पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका–५ मा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ केराबारी गाउँपलि...
कार्तिक ३ गते, २०८१ - १९:०१
काठमाडौं । ल्याटिन अमेरिकी देश क्युबाको मुख्य विद्युत् केन्द्र असफल भएपछि सिंगो देश विद्युत् संकटमा परेको छ । मुख्य पावर ग्रिड फेल भएपछि झण्डै देशैभर ...
कार्तिक ३ गते, २०८१ - १८:५८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको...
कार्तिक ३ गते, २०८१ - १८:५३
काठमाडौं । ललितपुरको सातदोबाटोमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । आगलागी भएपछि यात्रुहरू हतार हतार ओर्लिएको प्रत्यक्षदर्शीले बताएका छन् । ...
कार्तिक ३ गते, २०८१ - १८:४९
काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले ठाउँकाठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक ...
कार्तिक ३ गते, २०८१ - १८:४५
जुम्ला । यहाँका किसानलाई मार्सीधान काट्न भ्याइनभ्याइ भएको छ । यहाँ चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ मा उन्नत जातका मार्सीधानको खेती हुँदै आ...
कार्तिक ३ गते, २०८१ - १८:४०
बाँके । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको सीमा क्षेत्र पेडारी खोलामा पक्की पुल निर्माण हुने भएको छ । २०६३ सालमा पेडारी खोलाको पुल भत्किएको थियो...
कार्तिक ३ गते, २०८१ - १८:३७
जनकपुरधाम । गत असोज ११, १२ र १३ गतेको अविरल वर्षासँगै आएको बाढीले बागमती मनुष्मारा झाँझ सिँचाइ कार्यालय अन्तर्गत करिब रु दुई करोड बराबरको भौतिक क्षति...
प्रतिकृया लेख्नुहोस्: