Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

यसपालिको हिउँद सुक्खा नै रहला कि पर्ला पानी ?

खबरडबली संवाददाता

काठमाडौं । गत असोज २१ गते जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचनामा तीन महिनाको मौसम आकलन गरिएको थियो जसमा अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको उल्लेख थियो।

तर वास्तविकतामा त्यस्तो भएको छैन।,यो वर्षको हिउँदको केही साताहरूमात्र बाँकी रहँदा पनि पानी पर्न नसकेकोले हिउँदे बालीको उत्पादनमा असर पर्ने देखिएको छ भने वायू प्रदूषण बढेको छ।

“हामीले वास्तवमा जनरल सर्कुलेसन मोडल भनिने जीसीएममा आधारित भएर हाम्रो क्षेत्रका निम्ति हुने गरी मौसमी आकलन गरेका हुन्छौँ। त्यसकै आधारमा हामीले यसपालि सरदरभन्दा धेरै पानी पर्न सक्छ भनेका थियौँ,” विभागका मौसमविद् सुदर्शन हुमागाईँले भने।

‘अझै समय बाँकी छ’

हुन त हिउँद भनेको नेपालमा एकदमै कम पानी पर्ने समय हो। जून महिनाद खि अक्टोबरसम्मको मनसुन अवधिमा वर्षभरिको करिब ८० प्रतिशत वर्षा हुने गर्छ। उक्त अवधिमा औसत १,४३० देखि १,५३० मिलिमिटर वर्षा हुने गरेको छ।

त्योबाहेक प्रि मनसुन भनिने बर्खाअघि र पोस्ट मनसुन भनिने बर्खापछिको समयमा पनि पानी पर्छ। हिउँदमा चाहिँ कुल वार्षिक परिमाणको ३-४ प्रतिशतमात्र पानी पर्ने गरेको बताइन्छ।

“त्यसैले अझै पनि हिउँदका समय बाँकी रहेकाले एक दुई झर राम्ररी पानी पर्ने हो भने सरदर परिमाण भेट्न सक्छ,” हुमागाईँले भने।

तर हाल विभागसँग महिनैपिच्छेको बर्खा प्रक्षेपण गर्न सक्ने क्षमता नभएकोले आगामी साताहरूमा वर्षा होला कि नहोला या कति होला भनेर यकिन भन्न नसकिने उनले बताए।

काठमाण्डूमा चिसो बढ्दो

विभागले निरन्तर ३ दिने मौसम पूर्वानुमानका बुलेटिन जारी गर्ने गर्छ। पछिल्लो बुलेटिनमा पनि वर्षाको सम्भावना देखिँदैन।

“तर पनि देशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना भने छ,” मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताए।

उनका अनुसार आगामी साता एउटा पश्चिमी वायु प्रणाली विकसित हुँदै गरेकाले त्यसले उच्च भेग तथा केही स्थानमा पानी पर्न सक्ने भए पनि यकिन भन्न सकिने अवस्था छैन।

यो साता काठमाण्डूमा न्यूनतम तापक्रम भने घटेको छ।
“सोमवार काठमाण्डूमा यो वर्षकै कम ३.२ डिग्री न्यूनतम तापक्रम रेकर्ड गरियो,” उनले भने।

त्यस्तै तराईका धेरै क्षेत्रमा कुहिरोको अवस्था रहेको विभागको बुलेटिनमा जनाइएको छ। त्यसले धेरै ठाउँमा भिजिबिलिटी वा पारदर्शिता निकै कम पारेको छ।

मङ्गलवार जारी उसको बुलेटिनमा “बिहानको समयमा तराईका अधिकांश भू-भागहरूमा लागेको बाक्लो हुस्सु/कुहिरो अपराह्न सम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको र सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरका साथै चिसोबाटसमेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ” उल्लेख छ।

बालीनालीमा असर पर्ने चिन्ता

हिउँदमा पर्याप्त पानी नपर्दा बालीनालीको उत्पादनमा पनि असर पर्ने चिन्ता अधिकारीहरूले गरेका छन्।

“यो समयमा खासमा गहुँ, आलु अनि अन्य तरकारी उत्पादन हुन्छ। अलि पछि मकैको समय आउँछ। यतिखेर पानी नपर्दा गहुँमा धेरै असर पर्न सक्छ,” वरिष्ठ कृषि अर्थविद् डा महादेवप्रसाद पौडेलले बताए।

कृषिको कुल गार्हस्थ उत्पादनमा गहुँको योगदान पाँचौँ स्थानमा करिब ५.६ प्रतिशत अनि तरकारीको दोस्रो स्थानमा करिब १३.४ प्रतिशत रहेको छ।

मकै र आलु क्रमश: तेस्रो र चौथो स्थानमा छन्।उत्पादनको हिसाबमा गहुँको वार्षिक उत्पादन २०-२२ लाख मेट्रिक टन हुने पौडेल बताउँछन्।

सिँचाइको सुविधा केवल एक चौथाइ क्षेत्रमा मात्र रहेको हुँदा समयमा पानी नपर्दा उत्पादन खस्कने चिन्ता उनले सुनाए। पानी पर्ने उपयुक्त समय घर्किसकेपछि परेको पानी त्यति उपयोगी नहुने पनि उनले बताए।

“सामान्यतया हामी गहुँ मंसिरको १५-२० सम्म लगाउँछौँ। त्यसको २३ दिनभित्र क्राउन रुट इनिसिएसन भनिने चरणमा सिँचाइको एकदमै धेरै आवश्यकता र महत्त्व हुन्छ। त्यो भनेको जरा अनि गाँजहरू फस्टाउने बेला हो। त्यतिखेर पानी नपरेर पुग्ने क्षतिलाई पछि परेको पानीले भरथेग गर्न सक्दैन,” उनले भने।

पानी नपर्दा वायु प्रदूषणको स्तर पनि खस्कँदै गइरहेको बताइन्छ। खासगरी बिहानीको समयमा काठमाण्डूमा वायुको गुणस्तर अस्वस्थ्य तहमा पुग्ने गरेको आँकडाहरूले देखाएका छन्।

“गत वर्षको स्तरमा धेरै प्रदूषण त भइसकेको छैन। तर पानी नपर्दा पक्कै असर परेको छ,” वातावरण विभागका प्रवक्ता तारादत्त भट्टले भने।

गएको वर्ष पनि हिउँदे वर्षा निकै कम भएको थियो। हिउँदे वर्षा नहुँदा सुख्खाका कारण डढेलो लाग्ने डर पनि बढ्ने जानकारहरू बताउँछन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८५वर्षमा फर्कियो ७ वर्षअघि गुमेको दृष्टि

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...

जेनजी आन्दाेलन छानबिन आयोग प्रतिवेदन: भदौ २३ लाई कारबाही, २४ लाई उन्मुक्ति

काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...

बालेनलाई आज संसदीय दलको नेता चयन गर्दै रास्वपा, भोलि प्रधानमन्त्रीको शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...

यस्तो छ आजको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...

चुलोचौकोदेखि क्याम्पससम्म: बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...

तनहुँको मह विश्व बजारमा, किसान उत्साहित

तनहुँ ।  जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending