हैदराबाद। भारतको भ्रष्टाचार विरोधी ब्यूरोले तेलंगानामा एक ब्यक्तिबाट १६० करोड अबैध रकम कब्जामा लिएको छ।
तेलंगाना राज्य घर जग्गा नियामक प्राधिकरणका सचिव र हैदराबाद मेट्रोपोलिटन विकास प्राधिकरणका पूर्व निर्देशक शिव बालकृष्णले कथित रूपमा कमाएको १०० करोड भारतीय रुपैयाँ (नेपाली १६० करोड) भन्दा बढीको अबैध सम्पत्ति पत्ता लगाएको हो ।
एसीबीको प्रारम्भिक निष्कर्ष अनुसार बालकृष्णले कथित रूपमा रियल इस्टेट कम्पनीहरूलाई अनुमति दिई करोडौं रुपैयाँ कमाएको खुलासा भएको छ।
अधिकारीहरूले बालकृष्ण र उनका आफन्तहरूको घर र कार्यालयहरूसहित तेलंगानाका धेरै ठाउँहरूमा खोजी गरेका थिए । जसअनुसार आयको अबैध स्रोतहरू भन्दा अबैध सम्पत्ति जम्मा गरेको आरोपमा उनी माथी छानबिन जारी छ ।
गत बुधबार बिहान ५ बजेबाट अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरो ९एसीबी० ले खोजी सुरु गरेको हो, जसका लागि उनको २० स्थानमा कभर गरिएको थियो । खोजी कार्य बिहीबारसम्म जारी रहने बताइएको छ । बालकृष्णको घर र अनुसन्धानसँग सम्बन्धित अन्य महत्वपूर्ण स्थानमा छापा मारिएको छ ।
बालकृष्णविरुद्ध मुद्दा दर्ता भएको छ । उनले आफ्नो पदको दुरुपयोग गरी ठूलो मात्रामा सम्पत्ति आर्जन गरेको आशंका सुरू देखी नै भए पनि अहिलेसम्म छापा भने हानिएको थिएन ।
खोजीका क्रममा सुन, फ्ल्याट, बैंक निक्षेप र बेनामी होल्डिङसहित एक सय करोडभन्दा बढीको सम्पत्ति भेटिएको छ । बरामद भएको सूचीमा ४० लाख नगद, दुई किलो सुनका गरगहना, ६० थान महँगो घडी, सम्पत्तिका कागजात र बैंकमा राखिएको रकम समावेश रहेका छ । यस बाहेक १४ फोन, १० ल्यापटप र धेरै इलेक्ट्रोनिक ग्याजेट बरामद गरिएको छ ।
एसीबीले अहिले बालकृष्णको बैंक लकर र अन्य अघोषित सम्पत्तिमाथि छानबिन गरिरहेको छ । भोलि पनि अनुसन्धान जारी रहने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १६:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...
पौष ८ गते, २०८२ - १६:३३
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...




प्रतिकृया लेख्नुहोस्: