एजेन्सी । उत्तर कोरियाले मुलुकको पूर्वी तटमा एउटा प्रमुख सैन्य शिपयार्ड नजिकै पानीमाथि उडान भर्ने क्रुज क्षेप्यास्त्रहरू प्रहार गरेको दक्षिण कोरियाको सेनाले आइतबार बताएको छ । उत्तर कोरियाको उक्त कदमबाट हतियार परीक्षणहरूको सिलसिला बढेको छ र यसले अमेरिका, दक्षिण कोरिया र जापानसँग तनाव बढाएको छ ।
प्रक्षेपणहरू गत साता उत्तर कोरियाली क्रुज क्षेप्यास्त्र परीक्षणहरूको अर्को चरण र जनवरी १४ मा मुलुकको पहिलो ठोस–इन्धन मध्यमदूरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणपछि गरिएको हो । यी परीक्षणहरूले उत्तर कोरियाका नेता किम जोङ उनको दक्षिण कोरिया र जापानमा क्षेप्यास्त्र प्रतिरक्षा तथा गुआमसहित प्रशान्त क्षेत्रमा टाढाको अमेरिकी लक्ष्यहरूलाई प्रभावित गर्नका लागि डिजाइन गरिएको हतियारहरूको विस्तार गर्ने प्रयासलाई प्रतिविम्बित गर्दछन् ।
दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले उत्तर कोरियाली बन्दरगाह सिनापो नजिक पानीमाथि क्षेप्यास्त्रहरू पत्ता लगाएका छन् । त्यहाँ उत्तर कोरियाको क्षेप्यास्त्र–प्रहार पनडुब्बीसहित प्रमुख नौसैनिक जहाजहरूको निर्माण गर्ने प्रमुख शिपयार्ड छ ।
उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्रहरूको सङ्ख्या, कति टाढा उडेका थिए र जमीन वा नौसैनिक सम्पत्तिहरूबाट प्रक्षेपण गरिएको थियो वा थिएन भन्नेबारे दक्षिण कोरियाको सेनाले तत्काल विशिष्ट प्रक्षेपणको विवरण दिएको छैन ।
किमले आफ्ना हतियारहरूको विकासमा तीव्रता दिइरहेकाे र उनले एसियाली सहयोगीहरूसँग आणविक द्वन्द्वको उत्तेजक धम्कीहरू जारी गरिरहेकाे हालैका महिनाहरूमा कोरियाली प्रायद्वीपमा तनाव बढेको छ ।
यसको जवाफमा अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यासको विस्तार गर्दै आएका छन् । यसलाई किमले आक्रमणको पूर्वाभ्यासका रूपमा चित्रण गर्नुभएको छ र आणविकसक्षम अमेरिकी सम्पत्तिहरू वरपर निर्मित प्रतिरोध रणनीतिहरूलाई तीव्रता दिइरहेका छन् ।
गत साता आफ्नो प्रक्षेपणमा पुलह्वासल–३–३१ नामक नयाँ क्रुज मिसाइल समावेश गरेको र आफ्नो सेनाको विकास गर्ने नियमित हिस्सा भएको उत्तर कोरियाले बताएको छ । उसले उक्त क्षेप्यास्त्रलाई ‘रणनीतिक’ भन्नुभयो । यसले आणविक हतियारहरूले सशस्त्र बनाउने सम्भावित उद्देश्यलाई सङ्केत गर्दछ ।
उत्तर कोरियाको क्रुज क्षेप्यास्त्रहरू मुलुकको ब्यालेस्टिक क्षेप्यास्त्रहरूको विशाल लाइनअपको पूरक हो जसमा अमेरिकी मुख्य भूमिसम्म पुग्नका लागि डिजाइन गरिएको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र पनि समावेश छन् ।
संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धअन्तर्गत उत्तर कोरियाली क्रुज क्षेप्यास्त्र गतिविधिहरूमाथि प्रत्यक्षरूपमा प्रतिबन्ध नभए पनि विशेषज्ञहरूले यी हतियारले सम्भावितरूपमा दक्षिण कोरिया र जापानका लागि गम्भीर खतरा उत्पन्न गर्नसक्ने बताएका छन् । तिनीहरूलाई साना हवाईजहाज जस्तै उड्ने गरी डिजाइन गरिएको छ र राडारहरूले पत्ता लगाउन कठिन हुनसक्ने परिदृश्यमा यिनीहरू उड्छन् ।
उत्तर कोरियाले सन् २०२१ पछि जमिन र समुद्र दुवैबाट प्रहार गरिने लामो दूरीका क्रुज क्षेप्यास्त्रहरू कम्तीमा पनि १० चरणमा परीक्षण गरेको छ । उत्तर कोरियाले आफ्ना हतियार आणविकसक्षम रहेको र तिनीहरूको दायरा दुई हजार किलोमिटरसम्म रहेको दाबी गरेको छ । दुई हजार किलोमिटरको दूरी भनेको जापानमा अमेरिकी सैन्य अड्डासम्मको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: