Khabar Dabali १५ जेष्ठ २०८३ शुक्रबार | 29th May, 2026 Fri
Investment bank

पाटेबाघ र चितुवा संरक्षणमा चुनौती

खबरडबली संवाददाता

कैलाली । गत हप्ता कैलालीको जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनभित्र पाटेबाघ मृतावस्थामा भेटियो । बाघको घाँटीमा फसेको पासो निकाल्नसमेत कठिनाइ भएको थियो । सुर्किने गाँठोले घाँटी कस्सिएर बाघको निस्सासिएर मृत्यु भएको डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले जानकारी दिए ।

गत वर्षको असार ५ गते टीकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनमा पनि पाटेबाघ मृत फेला परेको थियो । घाँटीमा तारको पासो लागेर मृत्यु भएको अवस्थामा बाघ फेला परेको थियो । एक वर्षको अन्तरालमा कैलालीमा  विश्वकै लोपोन्मुख प्रजातिका रुपमा रहेका दुई पाटेबाघको मृत्युले संरक्षणमा चुनौती देखिएको छ । पाटेबाघ मात्रै होइन यसको बढीको सङ्ख्यामा चितुवा पासोमा परेर मरिरहेका छन् ।

गत पुस ११ गते कैलालीको गोदावरी नगरपालिका–१० स्थित रातोपानी सामुदायिक वनमा पासोमा परेको अवस्थामा चितुवा फेला परेको थियो । गोदावरीमा समयमै उद्धार हुँदा चितुवा मर्न पाएन । २०७८ साल चैत १७ गते घोडाघोडी नगरपालिका १० तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार गर्ने क्रममा नै मृत्यु भयो । यी त केही प्रतिनिधि घटना मात्रै हुन् । कैलालीमा पछिल्लो केही वर्षयता पासोमा परेर विश्वकै लोपोन्मुख प्रजातिका पाटेबाघ र चितुवाको मृत्यु सङ्ख्या बढिरहेको  डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।

पछिल्लो ५ वर्षको  अवधिमा कैलालीमा दुईवटा पाटेबाघ र चारवटा चितुवाको  मृत्यु भएको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०७५÷०७६ मा एउटा चितुवा, आव २०७८÷०७९ मा दुई चितुवा र एउटा पाटेबाघ तथा चालु अर्थिक वर्षमा एक पाटेबाघको मृत्यु भएको भने एक चितुवाको मृत्यु भएको छ । 

यसरी पासोमा पर्छन् वन्यजन्तु 

आइतबार पासोमा परेर मृत्यु भएको बाघ तस्करले मार्ने उद्देश्यले पासोमा पारिएको हुन सक्ने संरक्षणकर्मीहरूको अनुमान छ  । अन्य साना जनावरलाई थापिएको पासोमा बाघ परेको हुन सक्ने संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए । “मोटर साइकलको ब्रेकको तार पासो बनाइएको छ । त्यो पासो मासुजन्य वन्यजन्तुका लागि हो,” उनले भने । 

बाघ र चितुवाको मृत्यु तस्करीका लागि मात्र नभई मानव वन्यजन्तु बीचको द्वन्द्वका कारण पनि भएको देखिन्छ । संरक्षणकर्मी डा हेमसागर बराल पनि प्रतिशोध र सिकारका लागि राखेको पासोमा ठूला जनावर परिरहेको बताउँछन् ।

“जङ्गल नजिक अहिले बस्ती बसिरहेका छन् । घरपालुवा जनावर र आफ्नो सुरक्षासँगै मासुका लागि मानिस पासो थाप्छन्,” उनले भने, “बाघ र चितुवा मार्ने उद्देश्य नभएर पनि ती ठूला जनावर मरिरहेका छन् ।”

पहिलेको तुलनामा अहिले पासोमा परेर चितुवा र बाघको मृत्यु सङ्ख्या बढिरहेको संरक्षणकर्मी तिलक ढकालले बताए । कैलालीसँग जोडिएको बसन्ता जैविक मार्गको वन क्षेत्र ६९ हजार १।२२ हेक्टर  छ । अहिले जङ्गलको नजिक मानव बस्ती पुगेको छ । यसका कारण संरक्षित क्षेत्रमै पनि वन्यजन्तु असुरक्षित छन् ।

डिभिजन वन कार्यालय धनगढीका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले पछिल्लो समय वन्यजन्तुका लागि पासो जोखिम बन्दै गइरहेको बताए । “करेन्ट, तारलगायत पासो थाप्ने क्रम बढ्दै गएको छ,  बँदेल, चित्तललगायत मासुजन्य वन्यजन्तुका लागि पासो थाप्ने गरेका छन् जसमा बाघ, चितुवा परिरहेका छन्”, उनले भने, “यसरी पासो थाप्नु गैरकानुनी हो । यस्ता गतिविधि गरेको पाइएमा हामी कारबाही गर्छौं ।”

समस्या समाधानका लागि जनचेतनामूलक विभिन्न कार्यक्रम पनि भइरहेको उनको भनाइ छ । कानुनमा पनि यसरी जङ्गली जनावरको हत्या गर्ने कार्यमा संलग्न जोकोहीलाई कडा कारबाही हुने व्यवस्था रहेको छ । 

जैविक प्रजातिको विश्वव्यापी संरक्षण स्थिति र विलुप्त हुने जोखिमको अवस्थाको नियमित अनुगमन गर्ने संस्था आइयुसिएनले पाटेबाघ लोपोन्मुख  अवस्थामा रहेको जनाउँदै आफ्नो रातो सूचीमा राखेको छ । त्यसैगरी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण, २०२९ ले पाटेबाघलाई संरक्षित स्तनधारी प्रजातिको सूचीमा राखेको छ ।

लोपोन्मुख प्रजातिको अन्तरराष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ अनुसार पाटेबाघलगायत लोपोन्मुख प्रजातिको कारोबार वा व्यापार गर्न पाइँदैन ।  

पाटेबाघको सिकार गरेमा रु पाँच लाखदेखि १० लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छभने चितुवाको सिकारजन्य अपराध गरेमा रु २० हजार देखि ५० हजारसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा कानुनी प्रावधान रहेको छ ।

सरकारी निकायहरूले पनि अहिले बाघलगायत लोपोन्मुख अवस्थामा पुगेका वन्यजन्तुको संरक्षणमा ठूलो पहल गर्दै आइरहेका छन् तर समुदायमा जनचेतनाको अभाव, तस्करी र मानव वन्यजन्तुको द्वन्द्वका कारण बाघ र चितुवाजस्ता ठूला जनावर पनि पासोका कारण मर्नेको सङ्ख्या बढिरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रापिलो तराईमा वर्षाको शीतलता, तापक्रम घट्दा जनजीवनमा राहत

काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...

‘प्रेमीलाई बोलाइदेऊ’ भन्दै मोबाइल टावर चढिन् किशोरी, बिहानभर तनाव

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...

सरकारका ‘सय दिने सपना’ कागजमै सीमित, अधिकांश कार्यसूची अलपत्र

काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु

काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending