Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

बेलायतद्वारा डिस्पोजेबल ई–चुरोटमाथि प्रतिबन्ध लगाउने योजना सार्वजनिक

खबरडबली संवाददाता

एजेन्सी । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युवाहरूमा भेपिङको बढ्दो प्रवृत्तिसँग सामना गर्नका लागि बेलायतले डिस्पोजेबल ई–चुरोटमाथि प्रतिबन्ध लगाउन कानून प्रस्तुत गर्ने सोमबार घोषणा गरेका छन् । 

“तपाइँ कुनै पनि आमाबुबा वा शिक्षकसँग कुरा गर्नुहोस् उहाँहरूले बच्चाहरूमा भेपिङको चिन्ताजनक वृद्धिको बारेमा कुरा गर्नुहुनेछ”, उत्तरपूर्वी इङ्गल्यान्डको डार्लिङ्टनमा एक स्कुलको भ्रमणका क्रममा मिडियासँग सुनकले भने, “यो सही हो कि हामी यसमाथि रोक लगाउनका लागि कडा कदम चाल्दैछौँ, पसलहरूमा प्रदर्शित गरिने स्वाद, उपस्थिति, प्याकेजिङ डिस्पोजेबल भेप्समाथि प्रतिबन्ध लगाउँदैछौँ, बच्चाहरूले भेपिङ गर्नुहुँदैन ।”

‘पफ्स’ पनि भनेर चिनिने पहिला नै भरिएको डिस्पोजेबल ई–चुरोट युवाहरूमा लोकप्रियछ । यसमा निकोटिनको मात्रा धेरै हुनसक्छ, यो विभिन्न स्वादमा आउँछ र सस्तो हुन्छ । 
सरकारले हालैको आँकडा उद्धृत गर्दै पछिल्लो दुई वर्षमा डिस्पोजेबल भेपको प्रयोग गर्ने १८ वर्षभन्दा कम उमेरका भेपरहरूको अनुपात करिब नौ गुणाले बढेको जनाएको छ । सुनकको सरकारले इङ्गल्यान्ड र वेल्समा बच्चाहरूलाई अवैधरूपमा भेप बिक्री गर्ने पसलहरूमाथि जरिवाना लगाउने योजनासमेत बनाइरहेको छ । 

स्वास्थ्य विशेषज्ञहरूले सरकारको प्रस्तावको स्वागत गरेका छन् । मुख्य चिकित्सा अधिकारी क्रिस ह्विट्टीले उक्त कानूनले भविष्यका पुस्ताहरूमा ठूलो जनस्वास्थ्य प्रभाव पार्ने बताए । 

रोयल कलेज अफ पिडियाट्रिक्स एन्ड चाइल्ड हेल्थका माइक म्याककेनले उक्त कदमको प्रशंसा गर्दै ‘साहसिक कदम’ भने । “डिस्पोजेबलमाथि प्रतिबन्ध लगाउनु सही दिशामा एउटा सार्थक कदम हो”, उनले भने । 

प्रधानमन्त्री सुनकले गत वर्ष बेलायतलाई धूम्रपानमुक्त मुलुक बनाउने योजना घोषणा गरेका थिए । उनले प्रस्तावअनुसार प्रभावकारीरूपमा प्रत्येक वर्ष धूम्रपानको उमेरमा एक वर्ष बढाएर सम्पूर्ण जनसङ्ख्यामा लागु नभएसम्म सन् २००९ जनवरी १ वा त्यसपछि जन्मेका कुनै पनि व्यक्तिका लागि सुर्तीजन्य उत्पादन बिक्री गर्नु अपराध ठहर्छ ।

“म प्रस्ताव गर्छु, हामी प्रत्येक वर्ष धूम्रपानको उमेर एक वर्ष बढाउनेछौँ, यसको अर्थ आज १४ वर्षको बच्चाले कहिले पनि कानूनीरूपमा चुरोट बेच्ने छैन, उनीहरू र उनीहरूका पुस्ता धूम्रपानमुक्त हुनसक्छन्”, अक्टोबरको आफ्नो कन्जरभेटिभ पार्टीको वार्षिक सम्मेलनमा उनले भने । 

हाल इङ्गल्यान्ड र वेल्समा सुर्तीजन्य उत्पादनको खरिद गर्ने उमेर १८ वर्षको छ । प्रधानमन्त्री सुनकका अनुसार प्रत्येक मिनेट अस्पतालमा भर्ना हुनका लागि धूम्रपान जिम्मेबार छ । यद्यपि उनले भेपमाथि पूर्ण प्रतिबन्ध लगाउन जोड दिनुभएन र यसलाई ‘रोक्न चाहने वयस्क धूम्रपान गर्नेहरूका लागि’ राख्नु महत्त्वपूर्ण हुने तर्क दिए । 

यद्यपि केही टोरीले धूम्रपानलाई चरणबद्धरूपमा बन्द गर्ने प्रधानमन्त्री सुनकको प्रयासको विरोध गरिरहेका छन् । विरोध गर्नेमा पूर्वप्रधानमन्त्री लिज ट्रस पनि छन् । उनले यसलाई ‘नानी (बालबच्चाको हेरचाह गर्ने) राज्य’ विस्तार भन्दै सरकारले सुर्तीजन्य बिक्रीमाथिको प्रतिबन्धका लागि आफ्नो अत्यन्तै अपरम्पतारगत योजनाहरू त्याग्नुपर्ने बताए । 

बेलायतको यो घोषणा डिसेम्बरमा एकल–प्रयोग ई–चुरोटमाथि प्रतिबन्ध लगाउनका लागि फ्रान्सेली संसद्को सर्वसम्मत भोटपछि आएको हो । यद्यपि कानूनले फ्रान्सको माथिल्लो सदन सिनेटबाट समर्थन र युरोपेली युनियन (इयु) बाट अनुमति लिन आवश्यक छ । 

बेल्जियमले प्रतिबन्धका लागि इयुको अनुमतिको प्रतीक्षा गरिरहेका बेला जर्मनीले पनि ई–चुरोटमाथि प्रतिबन्ध लगाउने मनसायको सङ्केत दिएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सबै भेपको बिक्री वर्तमानमा ३० भन्दा बढी मुलुकमा प्रतिबन्धित छ । कानूनमार्फत ७९ मुलुकले ई–चुरोटको बिक्रीमाथि नियमन गरेका छन् भने ८४ मुलुकमा कुनै प्रतिबन्ध वा नियम छैन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पत्रकार महासंघले भर्चुअल बैठक डाक्याे

काठमाडौं । नेपाल पत्रकार महासंघले भर्चुअल बैठक बोलाएको छ । सोमबार एक सूचना जारी गर्दै महासंघले बुधबार भर्चुअल माध्यमबाट प्रदेश तथा जिल्ला शाखा अध्यक्ष...

मेलम्चीमा भ्रष्ट्राचार गर्ने पुर्व सचिवसहित चार जनालाई आठ बर्षको जेल सजाय

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका चार जनालाई सजाय सुनाइएको छ । विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वसचिव ग...

दुर्गा प्रसाईको समर्थनमा बुटवलमा प्रदर्शन गर्ने सातजना पक्राउ

रुपन्देही । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा सोमबार बुटवलमा प्रदर्शन गर्ने सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  ...

यी हुन सरकारका सचिवहरूको २४ निर्णय

काठमाडौं । सरकारले आगामी एक महिनाभित्र सिंहदरबार प्रवेशमा ई–पास प्रणाली कार्यान्वयन गर्ने भएको छ ।  सोमबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा ...

पर्सामा १ सय ४५ किलो गाँजासहित एउटा कार पक्राउ

पर्सा । सशस्त्र प्रहरी बल पर्साले १ सय ४५ किलो गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । आइतबार राति बीओपी अमरपट्टीबाट खटिएको मोबाइल गस्ती टोलीले विन्द...

इजरायलको लेबनानमा हिजबुल्लाहका केन्द्रमा आक्रमण, सयभन्दा बढीको मृत्यु

काठमाडौं । इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको छ । इजरायलले लेबनानका मानिसहरूलाई सुरक्षित रहन हिजबुल्लाह लक्ष्यह...

अर्थमन्त्री पौडेल आजराती चीन प्रस्थान गर्दै

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राती चीन प्रस्थान गर्ने भएका छन् । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थ...

३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई एकसय बेच्ने जिम्बु थकालीलाई तीनलाख जरिवाना

काठमाडौं । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।  एमआरपी मूल्य भन...

मुगु देशको ६५औँ साक्षर जिल्ला घोषणा

मुगु । हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ । ‘बहुभाषिक शिक्षाको प्रवर्द्धन, पारस्पारिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने मूल नारा...

गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा

महोत्तरी । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy