Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

स्नाइपरद्वारा म्यान्माका ब्रिगेडियर जनरलको हेलिकप्टरमा गोली हानी हत्या

खबरडबली संवाददाता

एजेन्सी । हेलिकप्टर अवतरणको तयारीमा रहेको बेला एक ब्रिगेडियर जनरलसहित म्यान्मा सुरक्षा सेवाका चार सदस्यको सोमबार स्नाइपर हमलामा गोली हानी हत्या गरिएको सैन्य स्रोतले एएफपीलाई बताएको छ । 

ब्रिगेडियर जनरल आये मिन नाउङ, उनका निजी सुरक्षा अधिकारी र दुई पाइलटलाई थाई सीमामा रहेको म्यावाडी नजिकैको पूर्वी थिङगान्निनाउङ सहरमा अवतरण गर्न तयार हुँदा एक ‘स्नाइपर’ले गाली हानेको सुरक्षा स्रोतले बताएको छ । 

मिडियासँग कुरा गर्नका लागि अधिकार नभएकाले नाम नछाप्न अनुरोध गर्दै स्रोतले ब्रिगेडियर जनरलको मृत्यु भएको बताएको छ । स्रोतले विवरण नदिई हेलिकप्टरमा सवार दुई अन्य सैनिक ‘बाँचेको’ बताएको छ । कति स्नाइपरले हेलिकप्टरमाथि गोली चलाएका थिए वा गोली हान्ने दोषी को थियो भन्नेबारे स्रोतले केही बताएन ।

हालैका महिनाहरूमा जुन्ताको म्यावाडी वरपर जातीय अल्पसङ्ख्यक लडाकूहरू र सहयोगी ‘पिपुल्स डिफेन्स फोर्स’ समूहहरूसँग नियमितरूमा झडप भएका छन् । स्थानीय मिडियाले घटनापछिको तस्बिर प्रकाशित गरेका छन् जसमा एउटा सानो हेलिकप्टर खेतमा रहेको देखिन्छ । एक स्थानीय आउटलेटले हेलिकप्टर दुई इन्जिन भएको युरोकप्टर ३६५ रहेको बताएको छ । 

ब्रिगेडियर जनरल मुलुकका विभिन्न भागमा आफ्नो विद्रोहको विरोधीहरूको लडाइँका क्रममा अग्रिम मोर्चामा मारिने सबैभन्दा पछिल्लो उच्चपदस्थ अधिकारी छन् । नोभेम्बरमा चिनियाँ सीमा नजिकै मोनेकोमा एउटा ड्रोनले खसाएको बमबाट लाइफ इन्फेन्ट्री बटालियनका ब्रिगेडियर जनरलको मृत्यु भएको एक सैन्य स्रोतले बताएको छ । 

छिमेकी कोकाङ क्षेत्रमा जातीय अल्पसङ्ख्यक लडाकूहरूको गठबन्धनसामु दुई हजारभन्दा धेरै सैनिकसँग आत्मसमर्पण गरेको आरोपमा छ जना ब्रिगेडियर जनरल हिरासतमा छन् । 

नोभेम्बरमा दुई पाइलट बोकेको एउटा हलुका लडाकू विमान लडाइँ जारी रहेको मुलुकको पूर्वी भागमा दुर्घटनाग्रस्त भएको थियो । सैन्य विद्रोहका विरोधीहरू शक्तिहरूले उनीहरूले उक्त विमान खसाएको दावी गरेका छन् । जुन्ताले इन्जिनको विफलताका कारण दुर्घटना भएको बताएको छ । 

सन् २०२१ को सैन्य विद्रोहपछि म्यान्मा द्वन्द्वको चपेटामा परेको छ । धेरै सशस्त्र जातीय समूह विभिन्न मोर्चामा जुन्तासँग लडिरहेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE