एजेन्सी । हेलिकप्टर अवतरणको तयारीमा रहेको बेला एक ब्रिगेडियर जनरलसहित म्यान्मा सुरक्षा सेवाका चार सदस्यको सोमबार स्नाइपर हमलामा गोली हानी हत्या गरिएको सैन्य स्रोतले एएफपीलाई बताएको छ ।
ब्रिगेडियर जनरल आये मिन नाउङ, उनका निजी सुरक्षा अधिकारी र दुई पाइलटलाई थाई सीमामा रहेको म्यावाडी नजिकैको पूर्वी थिङगान्निनाउङ सहरमा अवतरण गर्न तयार हुँदा एक ‘स्नाइपर’ले गाली हानेको सुरक्षा स्रोतले बताएको छ ।
मिडियासँग कुरा गर्नका लागि अधिकार नभएकाले नाम नछाप्न अनुरोध गर्दै स्रोतले ब्रिगेडियर जनरलको मृत्यु भएको बताएको छ । स्रोतले विवरण नदिई हेलिकप्टरमा सवार दुई अन्य सैनिक ‘बाँचेको’ बताएको छ । कति स्नाइपरले हेलिकप्टरमाथि गोली चलाएका थिए वा गोली हान्ने दोषी को थियो भन्नेबारे स्रोतले केही बताएन ।
हालैका महिनाहरूमा जुन्ताको म्यावाडी वरपर जातीय अल्पसङ्ख्यक लडाकूहरू र सहयोगी ‘पिपुल्स डिफेन्स फोर्स’ समूहहरूसँग नियमितरूमा झडप भएका छन् । स्थानीय मिडियाले घटनापछिको तस्बिर प्रकाशित गरेका छन् जसमा एउटा सानो हेलिकप्टर खेतमा रहेको देखिन्छ । एक स्थानीय आउटलेटले हेलिकप्टर दुई इन्जिन भएको युरोकप्टर ३६५ रहेको बताएको छ ।
ब्रिगेडियर जनरल मुलुकका विभिन्न भागमा आफ्नो विद्रोहको विरोधीहरूको लडाइँका क्रममा अग्रिम मोर्चामा मारिने सबैभन्दा पछिल्लो उच्चपदस्थ अधिकारी छन् । नोभेम्बरमा चिनियाँ सीमा नजिकै मोनेकोमा एउटा ड्रोनले खसाएको बमबाट लाइफ इन्फेन्ट्री बटालियनका ब्रिगेडियर जनरलको मृत्यु भएको एक सैन्य स्रोतले बताएको छ ।
छिमेकी कोकाङ क्षेत्रमा जातीय अल्पसङ्ख्यक लडाकूहरूको गठबन्धनसामु दुई हजारभन्दा धेरै सैनिकसँग आत्मसमर्पण गरेको आरोपमा छ जना ब्रिगेडियर जनरल हिरासतमा छन् ।
नोभेम्बरमा दुई पाइलट बोकेको एउटा हलुका लडाकू विमान लडाइँ जारी रहेको मुलुकको पूर्वी भागमा दुर्घटनाग्रस्त भएको थियो । सैन्य विद्रोहका विरोधीहरू शक्तिहरूले उनीहरूले उक्त विमान खसाएको दावी गरेका छन् । जुन्ताले इन्जिनको विफलताका कारण दुर्घटना भएको बताएको छ ।
सन् २०२१ को सैन्य विद्रोहपछि म्यान्मा द्वन्द्वको चपेटामा परेको छ । धेरै सशस्त्र जातीय समूह विभिन्न मोर्चामा जुन्तासँग लडिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८१ - २०:४२
सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी तीब्र पारिएको छ । आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल डाक्टर’को दश जनाक...
फाल्गुन २९ गते, २०८१ - २०:३२
काठमाडौँ । पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई जिल्ला अदालत नवलपरासीले १ वर्षा कैद, दुई लाख जरिवाना र ८ हजार क्षतिपूर्ति भराउने फैसल...
फाल्गुन २९ गते, २०८१ - २०:२६
भोजपुर । जिल्लाको लेखर्कका किसानलाई नवीनतम तरकारी खेती प्रणाली सम्वन्धि तालिमसँगै कृषि सामग्री हस्तान्तरण गरिएको छ । व्यावसायिकसँगै आर्थिक रुपमा सक्षम...
फाल्गुन २९ गते, २०८१ - १९:५६
उदयपुर । गएको दुई दिनमा जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ गरेर कानुनी...
फाल्गुन २९ गते, २०८१ - १९:४९
काठमाडौं । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको छ । विहिबार नेपाल युगाण्डासँग ४० रनले पराजित भएसँगै सिरिजमा चौथो हार बेहोरेको हो । युग...
फाल्गुन २९ गते, २०८१ - १९:४५
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले युक्रेनसँग तत्काल ३० दिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । उनले यो युक्...
फाल्गुन २९ गते, २०८१ - १९:४२
काठमाडौं । काठमाडौं प्रहरीले होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा २ महिलासहित २४ जनालाई नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन र लागू प...
फाल्गुन २९ गते, २०८१ - १९:३९
काठमाडौं । भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बिहीबार दिउँसो सूर्यबिनायक नगरपालिका वडा नं ७ स्थित सुवर्णस्वरबाट गुण्डुतर...
फाल्गुन २९ गते, २०८१ - १९:३१
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शुक्रबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेकी छिन् । भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा दर्श...
फाल्गुन २९ गते, २०८१ - १९:२६
पाँचथर । नमोबुद्ध युथ क्लब सप्तरी पाँचौँ पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फिदिममा बिहीबार भएको सेमिफाइनल खेलमा नमेबुद्धले काठमाडौँको चर्च ब्व...
प्रतिकृया लेख्नुहोस्: