Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

कोरियाली लगानीकर्ता र उद्यमीलाई स्वागत गर्न तत्पर छौँ : मन्त्री साउद

खबरडबली संवाददाता
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालमा आगामी वैशाखमा हुने लगानी शिखर सम्मेलनमा कोरियाली लगानीकर्ता र उद्यमीहरूको ठूलो सङ्ख्यालाई स्वागत गर्न आफूहरु तत्पर रहेको बताएको छन् ।
 
नेपाल र गणतन्त्र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले कोरियाली कम्पनीहरूले आफ्नो लगानी नेपालमा विस्तार गरेको आफूहरुले हेर्न चाहेको बताए । मन्त्री साउदले सामसुङ, हुन्डाई मोटर्सलगायत कोरियाली कम्पनीहरूले नेपालमा लगानीका सम्भावनाहरू खोज्न गहिरो चासो लिएकामा नेपाल सरकारले यो अवसरको सदुपयोग गर्ने उल्लेख गरे ।
 
“हाम्रा दुई देशबीच आर्थिक सहयोग विस्तार गर्ने प्रचुर सम्भावना छ । ती सम्भावनाहरू अन्वेषण गरौँ । द्विपक्षीय व्यापार र लगानी अभिवृद्धि गरौँ । कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा साझेदारीलाई सुदृढ बनाऔँ”, उहाँले भन्नुभयो, “ कोरियामा हजारौँ नेपाली कामदार छन् । ठूलो सङ्ख्यामा नेपालीले थप अध्ययनका लागि कोरिया छनौट गरेका छन् । हजारौँ कोरियाली नागरिक पर्यटकका रूपमा नेपाल आउने गरेका छन् । आगामी दिनहरूमा, हामी यी आदानप्रदानहरूलाई अझ विस्तार गर्नेछौँ ।”
 
नेपाल र गणतन्त्र कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । मन्त्री साउदले दुई देशबीच सम्बन्ध प्रगाढ बन्दै गएको उल्लेख गर्दै यो सम्बन्ध मित्रता, सौहाद्र्रता, सहयोग, आपसी सम्बन्धमा आधारित रहेको बताए । गणतन्त्र कोरियाले छोटो समयमा हासिल गरेको प्रगति, र समृद्धिका सफलताका कथाहरूबाट नेपालले धेरै कुरा सिक्ने बताउँदै उनले पारस्परिक रूपमा लाभदायक क्षेत्रमा हाम्रो साझेदारी बढाउन चाहन्छ भने।
 
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले कोरिया सरकारले नेपालीलाई रोजगारका क्षेत्रमा दिएको प्राथमिकताको प्रशंसा गर्दै नेपालीले कोरियामा सिकेको सीप, अनुभव र ज्ञान स्वदेशमा उपयोगी हुने विश्वास व्यक्त गरे । साथै उनले कोरिया सरकारले नेपालको विकास निर्माणका क्षेत्रमा गरेको योगदानले दुई देशबीच आत्मीय र भाइचाराको सम्बन्ध विस्तार भएको बताए ।
 
कार्यक्रममा कोरियाका राजदूत पार्क तियोङले विगत ५० वर्षको यात्रा साझा मूल्यमान्यता, आपसी सम्मान र हाम्रा जनताको राम्रो भविष्य निर्माण गर्ने प्रतिबद्धताको कथा भएको बताए । यस अवधिमा द्विपक्षीय सम्बन्ध फस्टाउँदै गएको र बलियो बन्धनका रुपमा रहेको उल्लेख गर्दै उनले कोरिया र नेपालबीचको सहकार्य व्यक्तिगत र आर्थिक विकासका लागि शक्तिशाली उत्प्रेरक भएको बताए ।
 
राजदूत पार्कले भने, “यो ऐतिहासिक कोसेढुङ्गामा पुग्नुभएकामा म दुवै देशका नेता तथा जनतालाई बधाई ज्ञापन गर्दछु । यो अनगिन्ती व्यक्तिको समर्पण र प्रतिबद्धताको प्रमाण हो, जसले सम्बन्ध निर्माण र विस्तार गर्न, समझदारी बढाउन र हाम्रा राष्ट्रहरूबीचको सहयोगलाई बढावा दिन अथक प्रयास गरेका छन् ।”
 
सो अवसरमा मन्त्री र राजदूतले संयुक्तरुपमा ५०औँ वार्षिकोत्सवको स्मरणार्थ लोगो अनावरण तथा कोरियाको रोजगार अनुमति प्रणाली ९इपिएस० कार्यक्रमबाट फर्किएका नेपालीको सफलताको कथामा आधारित पुस्तक ‘तपाईं पनि  मालिक बन्न सक्नुहुन्छ’को विमोचन गरेको थिए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाले समानुपातिक सांसदको नामावली टुंगो लगायो, को - को परे ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ। आज बसेको सचिवालय बैठ...

बर्दियामा २९ जना उम्मेद्वारको जमानत जफत

गुलरिया। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा बर्दियाका दुई ओटा निवार्चन क्षेत्रमा भाग लिएका ३६ जना उम्मेद्वार मध्ये २९ जना उम्मेद्वारको जमानत ज...

नेपालमा पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

काठमाडौँ । नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिम...

यूएईस्थित नेपाली दूतावासद्वारा सुरक्षा सम्बन्धी सचेतना, अफवाह नफैलाउन अपिल

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले त्यहाँको सुरक्षा परिस्थिति ध्यानमा राख्दै नेपाली समुदायलाई सामाजिक सञ्जालमा अफवाह नफैला...

अमेरिकी लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल काठमाडौंमा

काठमाडौँ । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल नेपाल आएका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनले नेपाल भ्रमण गरेका नेपाली सेनाका प्रवक्ता ...

रास्वपाको सचिवालय बैठक भर्चुअल हुने, समानुपातिक सांसद सूची टुंग्याउने

काठमाडौँ । समानुपातिक सांसदहरूको सूची टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भर्चुअल रूपमा बस्ने भएको छ। बैठक भर्चुअल हुन...

डीएसपी यादवमाथि छानबिन, रुकुम पूर्व प्रहरी जिम्मेवारीबाट हटाइयो

काठमाडौँ । रुकुम पूर्वका डीएसपी उमाशंकर प्रसाद यादवमाथि छानबिन थालिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालयको जिम्मेवारीबाट हटाएर लुम्बिनी प्रदेश प्रहरी का...

रास्वपाले आज समानुपातिक सांसदको सूची बुझाउने, नयाँ सरकार गठन १० दिन लाग्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीबाट समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूको नामावली आज निर्वाचन आयोग मा बुझाउने तयारी गरेको ...

सुनको मूल्य तोलामा चार हजार ८ सयले घट्यो

काठमाडौँ । शुक्रवारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा रु चार  हजार ८००  र चाँदीको मोल रु २२५ ले घटेको हो ।  ...

तानसेनमा पिकअपको ठक्करबाट युवकको मृत्यु

तानसेन। पिकअप जिपको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ । पाल्पास्थित सिद्धार्थ राजमार्ग हुँदै शनिबार साँझ आर्यभाङ्ज्याङ्बाट बर्तुङ्तर्फ गइरहेको ल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: