Ntc summer Offer
Khabar Dabali २४ पुष २०८१ बुधबार | 8th January, 2025 Wed
Investment bank

प्रधानमन्त्री कप क्रिकेट : अन्तिम खेलमा कोशी विजयी

खबरडबली संवाददाता
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पहिलो जित हासिल गरेको छ । कोशीले लुम्बिनी प्रदेशलाई १६ रनले हराउँदै आफ्नो अपराजित यात्रा टुङ्ग्याएको हो । 
 
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कोशीले अन्तिम खेलमा लुम्बिनीलाई पराजित गर्दै दुई अङ्कका साथ प्रतियोगिताको अन्त्य गरेको छ । कोशीले टस हारेपछि पहिला ब्याटिङ गर्दै ४४ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ७२ रन बनायो । 
 
एक सय ७३ रनको विजयी लक्ष्य पच्छाएको लुम्बिनीको पारी ४६ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर एक सय ५६ रनमा समेटियो । लुम्बिनीका लागि दिलसाद अलीले सर्वाधिक ३२ रनको योगदान दिए । त्यस्तै विराट भण्डारीले २८, समराट भुसालले २६ तथा कृष्ण कार्कीले २२ रन बनाए । यस्तै कप्तान सुशान्त थापा र निर्मल गुरुङले समान ११/११ रन जोडे । 
 
बलिङतर्फ कोशीका सुजन घिमिरेले तीन तथा अभ्यास तिमिल्सिना, कमल खत्री र समीर कार्कीले दुई दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने क्रममा कोशीका लागि कप्तान अङ्कित सुवेदीले सर्वाधिक ४९ रनको योगदान दिए । त्यस्तै सौजन घिमिरेले ४३, मिनास थापाले २५ तथा सोनु अन्सारीले १७ रन बनाए । 
 
बलिङतर्फ लुम्बिनीका नर सार्कीले चार विकेट लिए । यस्तै वीर मगरले तीन तथा अभिशेक गौतमले दुई र कृष्ण कार्कीले एक विकेट लिए ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानी राष्ट्रपतिद्वारा सिरियाबाट इजरायली सेना फिर्ताको आग्रह

तेहरान । इरानका राष्ट्रपति मसुद पेजेस्कियनले बुधबार तेहरानको लामो समयदेखिका सहयोगी बशर अल–असदको पतनपछि सिरियाली भूभागबाट इजरायलको फिर्तीको आह्वान गरेक...

हुम्लाकाे हिमालपारिकाे लिमीको जाङ गाउँ मानवविहीन

हुम्ला । हुम्लाकाे नाम्खा गाउँपालिका– ६ को हिमालपारिको लिमीको जाङ गाउँ यस वर्षबाट मानिसविहीन बनेको छ । यसअघि वर्खामा बस्दै आएका दुई परिवारका सदस्यहरुल...

घुस लिने विद्यालयका लेखापाल र व्यवस्थापन समितिका सदस्य पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको भवन निर्माण गरी भुक्तानीको क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा विद्यालयका दुईजनालाई पक्रा...

पाकिस्तानी दिदीबहिनीले बलात्कारी बुबालाई आगो लगाए

पाकिस्तान । बलात्कारको बदला लिन आफ्नो बुबालाई आगो लगाई हत्या गरेको आरोपमा पाकिस्तानमा दुई किशोरी बहिनीलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ ।  ...

शीतलहरबाट मधेसका जिल्लामा जनजीवन प्रभावित

बाँके । पछिल्लो केही दिनयता शीतलहरका कारण चिसो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । जनजीवन सामान्य बनाउन स्थानीय प्रशासनले पालिकालाई जिम्मेवारी ...

एन्फा राष्ट्रिय महिला लिग: वालिङको पोस्टमा आर्मीको १२ गोल

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलमा वालिङ नगरपालिकाको पोस्टमा एक दर्जन गोल गरेको छ ।  सातद...

रौतहटमा एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ गरेको छ ।  रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेक...

दार्चुलाकाे अपिहिमाल गाउँपालिकाको मुकामसम्म सडक विस्तारमा सहयोग गरिदिन अध्यक्ष प्रचण्डसँग अनुराेध

काठमाडौं । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष...

संविधान संशोधन २०८७ पछि मात्रै हुन्छ भन्नु प्रधानमन्त्रीज्यूको अभिव्यक्ति गलत छ: महामन्त्री शर्मा

झापा । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति गलत...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy