Ntc summer Offer
Khabar Dabali २४ पुष २०८१ बुधबार | 8th January, 2025 Wed
Investment bank

जापानलाई उछिन्दै चीन बन्याे विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता

खबरडबली संवाददाता

काठमाडौं । जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा) को तथ्याङ्कअनुसार गत वर्ष चीनले जापानलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता बनेको छ ।

जापानले सन् २०२३ मा ४४ लाख २० हजार सवारी साधन निर्यात गरेको तथ्याङ्कले देखाएको छ । चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (सीएएएम) ले यसै महिना सार्वजनिक गरेको रिपोर्टअनुसार चीनले निर्यात गरेको ४९ लाख १० हजारको तुलनामा यो सङ्ख्या करिब पाँच लाखले बढी हो । 

यद्यपि, चीनको भन्सार विभागले निर्यात सङ्ख्या ५२ लाख २० हजार पुगेको र बर्षको तुलनामा ५७ प्रतिशतले वृद्धि भएको जानकारी गराएको छ । 

चीनले सन् २०२३ को शुरू देखि नै मासिक रूपमा जापानले भन्दा बढी सवारी साधन निर्यात गर्दै आएको थियो र बुधबार सार्वजनिक समग्र तथ्याङ्कमा चीनले जापानलेभन्दा बढी सवारी साधन निर्यात गरेको देखिएको छ ।

हालैका वर्षहरूमा विद्युतीय कारहरूमा ठूलो लगानीका कारण चीनको कार उत्पादन क्षेत्र ठूलो मात्रामा फस्टाएको छ । यसबाट जापानी फर्महरूलाई चुनौती थपिएको छ ।

जापानी निर्माताहरूले लामो समयदेखि हाइब्रिड कार उत्पादनको शर्त राखेका छन् । हाइब्रिड कार  जापानी प्रसिद्ध उत्पादन टोयटा प्रियसको जस्तै ब्याट्री पावर र आन्तरिक दहन इन्जिनबाट चल्ने कार हुन् ।

चिनियाँ कम्पनी बीवाईडीले यसै महिना टेस्लाको सबैभन्दा बढी विद्युतीय सवारी साधनको बिक्रीको रेकर्डलाई तोडेको छ । यसले बढ्दो क्षेत्रको लागि बेइजिङको बलियो सरकारी समर्थनलाई पूँजीकृत गरेको छ ।

सन् १९९५ मा ब्याट्री निर्माताको रूपमा स्थापना भएको बीवाईडीले पछि प्लग–इन हाइब्रिड र सबै–इलेक्ट्रिक वाहनहरू उत्पादन गर्न आफ्नो ध्यान केन्द्रित गरेको छ ।

शेन्जेन क्षेत्रलाई मुख्य बजार बनाएको बीवाईडीले चीन र युरोपमा मूल्यमा टेस्लासँग प्रतिस्पर्धा गर्दछ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजपनि काठमाडौं उपत्यकामा भूकम्पको धक्का

 काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। विहान ९ः३८ बजे भूकम्पको धक्का महसुस भएको हो। मंगलबार विहान तिब्बत केन्द्रविन्दु सात म्य...

तारागाउँ रिजेन्सी होटल्स र एचआइडीसीएलको आज वार्षिक साधारण सभा

काठमाडौं  । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको आज वार्षिक साधारण सभा बस्दैछ । सभामा कम्पनीले कर सहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर...

काठमाडौंको कैदीबन्दी नुवाकोट कारागारमा स्थानन्तरण गर्ने क्रम जारी

काठमाडौं । नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको छ । दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूर...

वाम एकतामा प्रगतिशिल लेखक संघको जोड, महोत्तरीमा नयाँ नेतृत्व चयन

महोत्तरी ।  सामाजिक रुपान्तरण र समृद्धिको लागि कम्युनिष्ट पार्टीहरु एक ठाउँमा हुनुपर्नेमा प्रगतिशिल लेखक संघले जोड दिएको छ ।   संघका केन्द्रिय अ...

वाम एकतामा प्रगतिशिल लेखक संघको जोड, महोत्तरीमा नयाँ नेतृत्व चयन

महोत्तरी ।  सामाजिक रुपान्तरण र समृद्धिको लागि कम्युनिष्ट पार्टीहरु एक ठाउँमा हुनुपर्नेमा प्रगतिशिल लेखक संघले जोड दिएको छ ।   संघका केन्द्रिय अ...

लक्ष्मी सनराइज बैंकको एजीएम आज

काठमाडौं  । लक्ष्मी सनराइज बैंकको वार्षिक साधारण सभा आज (पुस २४ गते) बस्दैछ । सभामा गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०...

आजको मौसमः सामान्यतया सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका प...

सोलुखुम्बुमा भूकम्पले एक सरकारीसहित आठ घरमा क्षति

 सोलुखुम्बु । आज बिहान आएको भूकम्पले सोलुखुम्बुमा एक सरकारीसहित आठ घरमा क्षति पुगेको छ । भूकम्पले जिल्लाका विभिन्न स्थानमा गरी एक पूर्ण, एक आंशिक र छ ...

सिआइबीमा दोस्रोपटक बयानका निम्ति बोलाइएका कांग्रेस उपसभापति गुरुङले के भने ?

काठमाडौं । सहकारी ठगी मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दोस्रोपटक बयानका निम्ति बोलाइएका कांग्रेस उपसभापति धनराज गुरुङले फेरि पनि पत्नीले...

जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा

काठमाडौं । जनता समाजवादी पार्टी  नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेका छन् । पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमु...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy