Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

कांग्रेस महामन्त्री शर्माको पहलमा दुबईमा अलपत्र भद्रपुरका अजीत घर फर्किए

खबरडबली संवाददाता

झापा  । कम्पनीको व्यापक असहयोग, कानुनी झन्झट  र व्यवहारिक जटिलताका कारण दुबईबाट घर फर्कन नपाएर कष्टकर जीवन बिताइरहेका झापालीका एक युवाको उद्दार गरिएको छ । 

भद्रपुर नगरपालिका-१० का अजीत राजवंशीलाई उद्दार गरी स्वदेश ल्याइएका हो । झापा १ का सांसद तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको पहलमा उनलाई स्वदेश फर्काइएको नेपाली जनसम्पर्क समिति युएइका अध्यक्ष भुवानीप्रसाद तिम्सिनाले बताए ।
 
उनलाई नेपाल ल्याउन १ महिनाभन्दा बढी समयदेखि कोसिस गरिँदै आएको थियो । पछिल्लोपटक दुबईमै रहेका भद्रपुरकै युवा प्रवीण चौहानले फेसबुकमा राजवंशी अलपत्र परेको सन्देश पोस्ट गरेर शर्मालाई लिङ्क पठाएका थिए । 

त्यसलगत्तै सांसद शर्माले दुबईस्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष तिम्सिनालाई सम्पर्क गरेर अजीतको जसरी पनि  उद्दार गर्न आग्रह गरेका थिए । त्यसपछि अजीतको उद्दारको प्रक्रिया सुरु भएको थियो ।

माघ १७ गते राति काठमाडौं आइपुगेका राजवंशी आजै झापा पुग्ने कार्यक्रम रहेको कांग्रेसका नेता प्रज्वल कोइरालाले बताए । रोजगारीका लागि दुबई पुगेका राजवंशी काम गर्दागर्दै अचानक बिरामी परेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन क्षेत्र प्रभावित बनेको छ । वायु प्रदूषणले आकाश धुम्मिएको छ ।  नजिकैका...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।  ...

संसद्को कार्यकालभरि यही राजनीतिक समीकरण रहन्छ: महासचिव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले अहिलेको सरकार संसद्को कार्यकालसम्मै रहने बताएका छन् ।  आज यहाँ आयोजित  संवाद कार्यक्...

दक्षिणी चीनमा राजमार्ग भासिँदा २४ जनाको मृत्यु

काठमाडौं । दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किँदाभासिँदा २४ जनाको मृत्यु भएको छ ।  मिडिया रिपोर्टका अनुसार मेजियु शहर र...

भक्तपुरमा इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर आज दुईजनाको मृत्यु भएको छ ।  भाडाको जग्गा टहरो हालेर ...

गाजामा युद्धविराम स्थायी हुनुपर्नेमा हमासका अधिकारीको जोड

एजेन्सी । प्यालेस्टिनी लडाकू समूह हमासका एक अधिकारीले गाजाका लागि इजराइलको युद्धविराम प्रस्तावको ‘अत्यन्त कम समयभित्र’ प्रतिक्रिया दिने बताएका छन् । य...

देशभर एक सय ६५ ठाउँमा डढेलो

काठमाडौं । देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ ...

बाँकेमा आगलागीबाट २५ लाख बराबरको क्षति

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी भएको छ । बालापुरका स्थानीय चुनलाल थारु, कमला गिरी र तुलसा गिरीको दुई गोठ ...

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२...

टी-२० विश्वकप खेल्ने ओमान टिमको घोषणा

काठमाडौं । ओमानले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि ओमानले आकिब इ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies