Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

नेदरल्याण्डकी २७ बर्षिया युवतीले ‘इच्छामृत्यु’ रोजेपछि पुरै देश भयो भावुक

खबरडबली संवाददाता

काठमाडौं । नेदरल्याण्डकी २८ वर्षीया लरेन होभले इच्छामृत्यु रोजेपछि सबै चकित र भावुक भएका छन । यद्यपि, उनको मृत्यु हुनु अघि लरेनले धेरै हदसम्म स्थितिलाई उजागर गरेकी थिइन्। उनी लामो समयदेखि गम्भीर रोगसँग लड्दै थिइन् । 

यो रोगको नाम मायलजिक एन्सेफेलोमाइलाइटिस हो। यसलाई क्रोनिक थकान सिन्ड्रोम पनि भनिन्छ। लरेनलाई सन् २०१९ मा उनको गम्भीर रोगको बारेमा थाहा भएको थियो ।

 मायलजिक एन्सेफेलोमाइलाइटिस के हो ?

मायलजिक एन्सेफेलोमाइलाइटिस वा क्रोनिक थकान सिन्ड्रोम हो, जुन रोग लागे पछि रोगी सधैं थकान महसुस गर्छ। अवस्था यस्तो हुन्छ कि उसले आफ्नो दैनिक काम पनि पूरा गर्न सक्दैन। बिरामीलाई सधैं ओछ्यानमा सुतेको महसुस हुन्छ। लगातार आराम गर्दा पनि बिरामीले थकानबाट मुक्ति पाउँदैन ।

 लरेनले २७ जनवरीमा इच्छामृत्यु रोजिन 

लरेनले अन्ततः जनवरी २७ जनवरी २०२४ मा आफ्नो शरीर छाडेकी थिइन ।  उनले आफ्नो परिवार र आफ्ना असल साथीहरूको उपस्थितिमा अन्तिम सास लिएकी थिइन । उनको मृत्यु अघि २७ जनवरीको दिन लगभग ३ः४३  बजे लरेनले एक अनुभव साझा गरेर बिदा भएकी थिइन ।

उनले लेखेकी छन्,  ‘यो मेरो जीवनको अन्तिम ट्विट हुनेछ । माया दिनु भएकोमा सबैलाई धन्यवाद। म अलि बढी आराम गरेर आफ्ना प्रियजनहरूसँग बस्न जाँदैछु। मबाट अन्तिम मेमको मजा लिनुहोस्।’

सन २०२३ मा उपचारको क्रममा लरेनले यस रोगको गम्भीरताको बारेमा आरटिएल समाचारसँग विशेष कुराकानी गरेकी थिइन्। उनले भनेका थिइन,  ‘मलाई लागेको थकानलाई स्वस्थ मानिसको थकानसँग तुलना गर्न सकिँदैन । यो निद्रा र आराम भन्दा कम छैन। कहिले काँही यति बढ्छ कि नजिकै राखेको पानीको गिलास पनि उठाउन सक्दिन ।

इच्छामृत्युबारे के भनिन् लरेनले ?

लरेनले अन्ततः किन इच्छामृत्युलाई अँगालेकी थिइन् भन्ने कुरा पनि बताइन्। उनले भनिन,  ‘मेरो रोग दिनप्रतिदिन बढ्दै गएको छ । मलाई थाहा छ त्यहाँ केहि बिरामीहरू छन्, जसको अवस्था मेरो भन्दा खराब छ । उनीहरु एक्लै आफ्नो विचारसँग लडिरहेका छन् । म यो पीडा मेरो लागि चाहन्न। मलाई यो रोग पहिले नै असहनीय लाग्यो। मेरो लागि इच्छामृत्यु भनेको म आफ्नै लागि दया मागेको जस्तो हो। म आफूलाई त्यो शान्ति दिन चाहन्छु।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएनः मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको बताएकी छन्। राष्ट्र...

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा रु ९२ लाख लगानीमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण भएको छ ।  न...

काठमाडौं महानगरले निस्शुल्क लोकसेवा तयारी कक्षा चलाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।  शनिबार सूचना प्रकाशन गरी महानगरपालिकाभित्र स्थायी बसोबास भए...

कञ्चनपुरमा आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार अपराह्न आगलागी हुँदा रु २५ लाखभन्दा बढीको क्षति भएको छ । विद्युत् सर्ट ...

सुदूरपश्चिममा एमालेको अडान कायमै, विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी

काठमाडौं । शुक्रबार विश्वासको मत लिन तम्सिएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी यत्तिकै रोकिनुपर्‍यो । केन्द्रीय सत्ता समीकरणअनुसार आफूला...

नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं खेल आज हुदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा अन्तिम खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न १२: १५ बजेदेखि हुदै छ । जारी सिरिज वेस्...

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दि...

सुर्ती नियन्त्रणमा युवा सृजनशील सक्रिय हुँदै

काठमाडौं ।  युवा सृजनशील समाजले बालबालिकाहरुलाई सुर्ती र धुम्रपानबाट टाढा राख्नका लागि विद्यालयहरुमा सचेतना कार्यक्रम थालेको छ ।  यस क्रममा समाजले शुक...

देशभर लागेकेा डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता

काठमाडौं । निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभागउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  ...

महिला चेम्बरद्धारा संस्थापक अध्यक्ष डा. शाक्यलाई सम्मान

काठमाडौं । नेपाल महिला चेम्बरले संस्थापक अध्यक्ष डा. अन्जान शाक्यलाई सम्मान गरेको छ । राष्ट्रियसभा सदस्यमा मनोनित डा शाक्यलाई महिला चेम्बरलेसम्मान गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies