पर्सा । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले लोकतन्त्रको विकल्प अरु सुदृढ लोकतन्त्र नै भएको बताए । वीरगन्जबाट प्रकाशित हुने अंकुश दैनिकको शनिबार आयोजित रजत महोत्सवमा नेता थापाले अब मुलुकमा लोकतन्त्र सुधारको अपरिहार्यता रहेको धारणा राखे ।
उनले अब राजनीतिक दलमा पनि उच्च तहका नेतामा सुधारको आवश्यकता रहेको बताए । “राजनीतिक दलका उच्च नेता, कर्मचारी, स्थानीय तहका प्रमुखसम्ममा सुधारको आवश्यकता छ”, उनले भने, “सबैक्षेत्रमा सुधार गर्न सकिए मात्रै राष्ट्र विकास गर्न सकिन्छ ।” माथिलो तहबाट सुधारको प्रयास हुनुपर्ने र सबैले आ–आफ्नो ठाउँबाट सुधारको प्रयास गरे मात्रै मुलुकमा आमुल परिर्वतन ल्याउन सकिने उनको भनाइ थियो ।
उनले बढदो महङ्गी, बेरोजगारी, भ्रष्टाचार र भागबन्डाको राजनीतिले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाएकाले लोकतान्त्रिक व्यवस्थाप्रतिको विश्वास बढाउन र आमनागरिकको जीवनमा सुधार ल्याउन शुद्धीकरण आवश्यक छ भने ।
केही व्यक्तिका कारण लोकतान्त्रिक व्यवस्थालाई नै बदनाम गर्ने प्रयास भइरहेको भन्दै उनले लोकतन्त्रको रक्षाका लागि आम सञ्चारमाध्यले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । राजनीतिक, प्रशासनिकलगायत हरेक क्षेत्रमा देखिएका समस्याबारे सञ्चारमाध्यमले तिखो प्रहार गर्नुपर्ने भन्दै उनले सबैका लागि समान अवसरको व्यवस्थालाई बलियो बनाउन सञ्चारक्षेत्रले रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए ।
त्यस अवसरमा जनता समाजवादी पार्टी नेपालका मुख्य सचेतक एवम् प्रतिनिधिसभा सदस्य प्रदीप यादव, प्रतिनिधिसभा सदस्य अजय चौरसिया, वरिष्ठ पत्रकार हरिहर विरही, कविर राणालागयतका वक्ताले व्यक्तिले गरेका कमी कमजोरीको आडमा लोकतन्त्रलाई केही अवसरवादीहरले बदनाम गर्ने चेष्टा गरिरहेको बताए ।
अंकुश दैनिकका प्रधान सम्पादक दिपेन्द्र चौहानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरही, ईश्वरचन्द गौतम, कविर राणालाई महामन्त्री थापाले दोसल्ला र कदर पत्रले सम्मानित गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: