काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउलाई केवल एक नेतासँग जोडिएको घटना नभई लोकतान्त्रिक अभ्यास र राजनीतिक स्वतन्त्रतासँग सम्बन्धित विषयका रूपमा हेर्नुपर्ने बताएका छन्।
पौडेल पक्राउ परेको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बस्नेतले कानुनी राज्यमा तथ्य र प्रमाणको निष्पक्ष परीक्षणपछि मात्रै कारबाहीको प्रक्रिया अघि बढ्नुपर्ने धारणा राखेका छन्।
उनले फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गरिने कारबाही लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने उल्लेख गरेका छन्। बस्नेतका अनुसार यस्ता घटनालाई व्यक्तिगत मुद्दाका रूपमा मात्र बुझ्न नहुने र यसले समग्र राजनीतिक प्रणालीमाथि असर पार्न सक्ने खतरा रहन्छ।
“कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो भन्ने चेतका साथ यस्ता प्रवृत्तिको प्रतिवाद गर्नुपर्छ,” बस्नेतले लेखेका छन्, “आज एक व्यक्तिमाथि भएको अन्याय भोलि समग्र राजनीतिक प्रणालीमाथिको आक्रमण बन्न सक्छ।”
बस्नेतको अभिव्यक्तिलाई एमाले वृत्तमा पौडेलको पक्राउप्रति आएको कडा राजनीतिक प्रतिक्रियाका रूपमा हेरिएको छ। उनले कानुनी प्रक्रिया निष्पक्ष, पारदर्शी र पूर्वाग्रहरहित हुनुपर्नेमा जोड दिँदै राजनीतिक प्रतिशोधको आशंका उब्जिन नदिन सम्बन्धित निकाय सचेत हुनुपर्ने बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - १९:४३
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि तत्काल मुद्दा नचलाउने निर्णय गर्दै उनीसँग सम्बन्धित विषयमा...
आषाढ़ ८ गते, २०८३ - १९:४१
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको छ। वीरेन्द्रनगरस्थित शुभम होटलमा एमालेको निर्वाचन समीक्षा तथा...
आषाढ़ ८ गते, २०८३ - १९:३६
प्रतिवाद गर्ने चेतावनी
आषाढ़ ८ गते, २०८३ - १०:२५
काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी केही वर्षदेखि ‘दम’ रोगबाट...
आषाढ़ ८ गते, २०८३ - १०:२३
काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...
आषाढ़ ८ गते, २०८३ - १०:०४
काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...
आषाढ़ ८ गते, २०८३ - ०९:३३
लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...
आषाढ़ ८ गते, २०८३ - ०९:३१
मकवानपुर । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुगमन र सक्रि...
आषाढ़ ८ गते, २०८३ - ०९:२८
काठमार्डौं । गाजर एउटा साधारण देखिने तर अत्यन्तै पौष्टिक तरकारी हो, जुन विश्वभर स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ। यो प्रायः सलाद, जुस, तरकारी र म...
आषाढ़ ८ गते, २०८३ - ०९:२३
काठमाडौं । कप्तान मोहम्मद सलाहको प्रेरणादायी प्रदर्शनमा इजिप्टले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ मा पहिलो जित दर्ता गर्दै शीर्ष स्थान कब्जा गरेको...



प्रतिकृया लेख्नुहोस्: