Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

दश वर्षपछि दुधौलीले विकास निर्माणमा गति लिएको प्रत्यक्ष देखेँ : प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुलीको दुधौली नगरपालिकाले विकास निर्माणमा गति लिएको बताएका छन् । शनिबार दुनपा–५ सिर्थौलीमा नवनिर्मित दुधौली नगर अस्पताल उद्घाटन समारोहमा उनले भने, “दश वर्षपछि दुधौलीमा विकास निर्माणले गति लिएको प्रत्यक्ष देख्न पाएँ ।” विसं २०७० मा निर्वाचनको सन्दर्भमा यहाँ आउँदाको तुलनामा अहिले दुधौलीवासीको चेतना तथा जीवनस्तर उकाशिएको आफूले पाएको उनको भनाइ थियो । 

रु १६ करोडको लागतमा निर्माण भएको १५ शय्याको नगर अस्पताल उद्घाटन हुनुले यहाँको विकासमा थप सहयोग पुगेको उनको भनाइ थियो । अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक उपकरण, प्रविधि, दक्ष जनशक्ति र कर्मचारी व्यवस्थापनका लागि काठमाडौं फर्केपछि पहल गर्ने समेत प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गरे । 

यस क्षेत्रमा विषालु सर्पको टोकाइबाट धेरैको ज्यान जाने गरेकाले सर्पदंश उपचार केन्द्र स्थापना तथा सञ्चालन गर्ने व्यवस्था मिलाइने उनको भनाइ थियो । दुधौलीसहित देशको समग्र विकासका लागि वर्तमान सरकारले नेपाल र नेपालीको पक्षमा काम गरिरहेका भन्दै आश्वस्त पारे । 

देशमा रोजगारी सिर्जना गर्न बन्द अवस्थामा रहेका उद्योग पुनःसञ्चालन, नयाँ उद्योग स्थापनाको प्रयास भइरहेको साथै सरकारले कृषि, स्वास्थ्य, सुशासन र शिक्षालाई विशेष प्राथमिकता दिएर काम गरिरहेको उनले बताए । 

पछिल्लो समय अर्थतन्त्रका सूचक उत्साहजनक रहेको उनको भनाइ थियो । उनले भने,  “रेमिट्यान्स र राजस्व पनि वृद्धि भएको छ । पर्यटकको उत्साहजनक उपस्थितिले अर्थतन्त्र सुधारमा सहयोग पुगेको छ ।”

दुधौली नगरपालिकाका प्रमुख दिनेशकुमार अधिकारी (दनुवार)को अध्यक्षतामा सञ्चालन भएको दुधौली नगर अस्पताल उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रतिनिधिसभा सदस्य, प्रदेशसभाका सदस्यलगायतको बाक्लो उपस्थिति थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE