Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

राजेन्द्र महतोको जमानत जफत

खबरडबली संवाददाता

सर्लाही। प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोलगायतको जमानत जफत भएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत अर्थात् उम्मेदवारी दर्ता गर्दा राखेको रकम जफत हुने कानुनी व्यवस्था छ । उम्मेदवारबाट जफत भएको रकम राज्यकोषमा जाने व्यवस्था रहेको छ ।

सोही व्यवस्था अनुसार सर्लाही २ बाट उम्मेदवार रहेका राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोले कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा जमानत रकमधरी गुमेको हो । सर्लाही २ मा ७७ हजार ७८९ मत खसेकोमा ७२ हजार ३८१ मत सदर र पाँच हजार आठ मत बदर भएको छ ।

जमानत सुरक्षित गर्न सात हजार २३९ मत ल्याउनुपर्नेमा महतोले पाँच हजार ९९२ मत प्राप्त गरे। सर्लाही २ मा निकटतम प्रतिस्पर्धी रहेका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवम् पूर्वमन्त्री महेन्द्र राय यादव भने जमानत जोगाउन सफल भएको छन्।

यस्तै, सर्लाही १ मा निकटतम प्रतिस्पर्धी रहनुभएका नेपाली कांग्रेसका उम्मेदवार एवम् संविधान सभा सदस्य शम्भुलाल श्रेष्ठबाहेक अन्य उम्मेदवारको जमानत जफत भएको छ । सर्लाही १ मा नेकपा एमालेका मनोजकुमार देवकोटा, पूर्व प्रतिनिधि सभा सदस्य एवम् नेपाली कम्युनिष्ट पार्टीका प्रमोद साह, निवर्तमान प्रतिनिधि सभा सदस्य एवम् जनता समाजवादी पार्टी नेपालका रामप्रकाश चौधरीको समेत जमानत जफत भएको छ ।

सर्लाही १ मा ७९ हजार २०७ मत खसेकोमा पाँच हजार ३६५ मत बदर भएको छ । यहाँ जमानत जोगाउन कुल सदर ७३ हजार ८४२ मतमा सात हजार ३८५ मत ल्याउनुपर्ने हुन्थ्यो ।

यस्तै सर्लाही ३ मा निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवम् पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ मात्र जमानत जोगाउन सफल हुनुभएको छ । यस क्षेत्रमा ८२ हजार १०८ मत खसेकोमा चार हजार २६८ मत बदर भएको छ ।

जमानत जोगाउन सात हजार ७८४ मत ल्याउनुपर्नेमा पूर्व गृहमन्त्री श्रेष्ठले १३ हजार ३३८ मत प्राप्त गर्दै जमानत जोगाएको हो । यहाँ नेपाली कांग्रेसका विनोदकुमार खनाल, निवर्तमान प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीलगायतको जमानत जफत भएको छ ।

यसैगरी सर्लाही क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा एमालेका अमनिसकुमार यादवको मात्र जमानत जोगिएको छ । यस क्षेत्रमा ७७ हजार ९३१ मत खसेकोमा चार हजार ५६९ मत बदर भएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऊर्जा क्षेत्रको सुधारका लागि मन्त्री श्रेष्ठद्वारा ३२ बुँदे निर्देशन जारी

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि...

नयाँ शैक्षिक सत्रअगावै पाठ्यपुस्तक विद्यालयमा

सिन्धुलीमाढी। सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक...

कालीगण्डकीमा हस्तक्षेप रोक्न ब्यानर प्रदर्शन

बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मो...

मेसको छतबाट खसेर प्रहरी कार्यालय सहयोगीको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठे...

साहसिक फुटबल विजेता सूर्योदयले पायो ४० किलो घिउ

फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...

हुलाकलाई 'सरकारी कुरियर' बनाउँदै सरकार: म्याग्दी र मकवानपुरमा सेवा सुरु

काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्‍याउने कार्य प्रारम्भ...

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...

कालीगण्डकी नदीमा बेपत्ता दुई युवक मृत फेला

पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् ।  बगनासकाली ...

भरत खड्काद्वारा सार्वजनिक लेखा समिति सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदका लागि बिहीबार उम्मेदवारी द...

पैतृक सम्पत्तिबारे भ्रम नफैलाउन गृहमन्त्री गुरुङको आग्रह

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएको छन् । सङ्घीय संसद् सचिव...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending