पर्वत । पर्वत र बागलुङ जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पर्वतको जलजला गाउँपालिका–८ नाङलीवाङको ओडारे र बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधाम जोड्ने पुलको निर्माण अन्तिम चरणमा पुगेको हो ।
आगामी असार महिनासम्म निर्माणको अवधि भए पनि माघमै निर्माण सकिने भएको हो । कालीगण्डकी नदीमाथि निर्माणाधीन पाँच सय २४ मिटर लामो यो झोलुङ्गे पुलको ९५ प्रतिशतभन्दा बढी काम सकिएको छ ।
यो पुल डेढ वर्षअघि निर्माण थालिएको थियो । पुल निर्माणको करिब ९५ प्रतिशत भौतिक प्रगति भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ । अबको तीन हप्ताभित्र पुलबाट सर्वसाधारण वारपार गर्न सक्ने कार्यालयले जनाएको छ ।
दुई वर्षभित्रमा योजना सम्पन्न गर्ने गरी २०७९ साल असार २१ गते सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुर र हिमशिखर हिरा कन्स्ट्रक्सन निर्माण कम्पनीबीच भ्याटबाहेक रु आठ करोड २३ लाख ४१ हजार चार सय ११ मा ठेक्का सम्झौता गरिएको थियो ।
ठेक्का सम्झौता मितिभन्दा चार महिनाअगावै पुल निर्माण सम्पन्न हुन लागेको निर्माणको जिम्मा पाएको हिमशिखर हिरा कन्स्ट्रक्सन निर्माण कम्पनीका मुख्य प्रतिनिधि वसन्त घर्तीमगरले जानकारी दिए । उनका अनुसार अबको दुई हप्ताभित्र पुलबाट वारपार गर्ने व्यवस्था मिलाउन यतिखेर निर्माणको काम तीव्र बनाइएको छ ।
“पुलको करिब निर्माण कार्य सकिएको छ”, घर्तीमगरले भने, “अब केही बाहिरी काममात्र बाँकी छ, पुलको दुवैतर्फ सन्तुलनका लागि राखिने विनगाइ वा हावालट्ठा तान्ने काममात्र बाँकी छ, चार हावा लट्ठामध्ये एउटा तानिसकिएको छ, तीनवटा तान्ने काम बाँकी छ, हावा लट्ठा तानिसकेपछि पुलको दुवैतर्फ जाली लगाएपछि पुल निर्माण सकिने भएको छ ।”
पुल निर्माण सम्पन्न भएपछि जलजला–८ नाग्लिबाङका बासिन्दा घन्टौँ लगाएर बागलुङबजार जानुपर्ने बाध्यताको अन्त्य हुने जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख तथा स्थानीय बासिन्दासमेत रहेका सोम जिसीले बताए । जलजलाका नागरिक व्यापारिक कामका लागि बागलुङ जान निकै सहज हुने उनले बताए ।
नाग्लिबाङबासी डेढ घण्टा हिँडेर बागलुङबजार जानुपर्ने बाध्यता रहेको थियो । यो गाउँका बासिन्दाले दैनिक उपभोग्य सामग्री किन्न र पठनपाठन तथा बैङ्किङ कारोबारका लागि दैनिक डेढ घन्टा हिँडेर वा एक घन्टा सवारी साधनमार्फत बागलुङबजार धाउने गर्दछन् । पुल बनेपछि १५ मिनेटमा बजार पुग्न सकिने जिसीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: