काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको लोगो तथा रनिङ ट्रफी आइतबार सार्वजनिक गरिएको छ ।
प्रतियोगितासम्बन्धी जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले प्रतियोगिताको लोगो र रनिङ ट्रफी सार्वजनिक गरेका हुन् । प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन गरी चार खेलको प्रतिस्पर्धा हुनेछ । भलिबलमा छात्र टोलीको मात्र सहभागिता रहनेछ । एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला, ब्याटमिन्टन त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र र भलिबल जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा खेलाइने छ ।
प्रतियोगितामा १० विश्वविद्यालयका दुई सय ८० खेलाडी सहभागी हुनेछन् । एथलेटिक्समा १२, भलिबलमा एक तथा टेबलटेनिस र ब्याटमिन्टनमा समान पाँच–पाँच गरी जम्मा २३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
दुईदिने उक्त प्रतियोगिता सञ्चालन गर्न करिब रु ४० लाख खर्च लाग्ने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८१ - २०:५३
काठमाडौँ । गुरुङ समुदायले सुगा वर्षलाई बिदाइ गरी सर्प वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाएका छन् । परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई १२ जनावर...
पौष १५ गते, २०८१ - २०:४७
काठमाडौं । विभिन्न जिल्लामा ६ जना मृत अवस्थामा फेला परेका छन् । सुनसरी, दाङ, धनुषा लगायतका जिल्लामा ६ जना मृत अवस्थामा फेला परेका हुन् । सुनसरीको...
पौष १५ गते, २०८१ - २०:३१
काठमाडौंं । किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याइएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन मह...
पौष १५ गते, २०८१ - २०:२३
मुगु । कर्णाली राजमार्गको सातमोडमा हिउँ जमेपछि सडक अवरुद्ध भएको छ । हिउँ जमेका कारण जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबा...
पौष १५ गते, २०८१ - २०:०१
काठमाडौं । विभिन्न राजनीतिक दलका नेता एवं विज्ञहरुले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजना नेपाल र चीनको बृहत्तर हित र आर्थिक विकासका दृष्टिकोणले...
पौष १५ गते, २०८१ - १९:५५
काठमाडौं । पाँच महिनाको अवधिमा प्रहरीले करिब ६ हजार रोपनी क्षेत्रफलमा लगाएको गाँजा फडानी गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्...
पौष १५ गते, २०८१ - १९:४९
काठमाडाैं । मधेशी दलहरूबिच सहकार्यका लागि जसपा नेपाल सकारात्मक बनेकाे छ । आइतबार जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठी, वरिष्ठ उपाध्यक...
पौष १५ गते, २०८१ - १९:४३
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत विश्वभरीबाट १०० वर्षको उमेरमा आइतबार निधन भएका जिम्मी कार्टरप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले मानव अधिक...
पौष १५ गते, २०८१ - १९:२६
दमास्कस । सिरियाका नयाँ नेता अहमद अल-शराले सोमबार युक्रेनका विदेशमन्त्रीसँग भेटवार्ता गरेको सरकारी समाचार संस्था सानाले जनाएको छ । रुसको सहयोगी राष्ट्...
पौष १५ गते, २०८१ - १९:२२
काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक तथा संरचनाहरूलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका छन् । सडक बोर्ड नेपालको २२औ...
प्रतिकृया लेख्नुहोस्: