Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रुपमा मनाउने आजपाको निर्णय

खबरडबली संवाददाता

काठमाडौं । आम जनता पार्टी (आजपा) ले जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रुपमा मनाउने निर्णय गरेको छ । आजपाको केन्द्रीय कमिटीको काठमाडौंमा सम्पन्न बैठक पश्चात आज जारी बिज्ञप्तीमा जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रुपमा मनाउने निर्णय गरेकोको छ । 

जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रुपमा मनाउँने निर्णय गरेको आजपाले आन्दोलनका कार्यक्रमलाई थप सशक्त एवं निर्णायक ढंगले अगाडि बढाउने निर्णय गरेको छ । बैंक, लघुवित तथा सहकारीको लुट विरुद्धको संघर्षलाई व्यापक बनाउने, भन्सार लगायतका राजस्व लुट विरुद्धको आन्दोलनलाई निर्णायक बनाउने, भ्रष्टाचार विरुद्धको संघर्षलाई थप सशक्त बनाउने, वैदेशिक रोजगारमा हुने ठगी विरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउने, भगौडा दलाल पूँजीपतीहरुको सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने निर्णय बैठकले गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।  

यसैगरी राज्यको हरेक निकाय एवं अंगमा महिलालाई ५१ प्रतिशत अधिकार सुनिश्चित गराउन, मदरसा शिक्षालाई बैधानिकता दिलाउन, उपत्यका बाहिर सार्वजनिक यातायातमा विद्यार्थीलाई छुट दिलाउन, गरिब दलितहरुलाई रोजगार र आवासको व्यवस्था गराउन तथा किसानलाई वीऊ, मल, पानी र पेनशन दिलाउन लगायतका जनपक्षीय मुद्दाहरुमा जारी संघर्षहरुलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ । 

१९ र २१ माघमा काठमाडौं स्थित केन्द्रीय कार्यालयमा आजपा अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको बैठकले विगतमा पार्टीद्धारा गरिएका बिभिन्न कार्य एवं आन्दोलनको समिक्षा समेत गरिएको छ । भगौडा वर्गविरुद्धको संघर्ष, वैदेशिक रोजगारका ठगीविरुद्धको संघर्ष, बैंक–लघुवित्त र सहकारीको लुटविरुद्धको संघर्ष, भन्सारलगायतका राजस्व लुटविरुद्धको आन्दोलन, भ्रष्टाचारविरुद्धको संघर्ष सहितका जनपक्षीय संघर्षहरुले आम जनतामा आत्मविश्वास र उत्साह तथा राज्यमाथि व्यापक जनदवाव बढाएको निष्कर्ष बैठकको छ । 

यसैगरी पछिल्लो स्थायी कमिटीको बैठक पछि सातै प्रदेश कमिटीहरुको बैठक र मुख्यतः लगभग सबै जिल्ला नेतृत्वको चयन तथा आईटी आर्मीको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम, मधेश बन्द, पार्टीमा प्रवेशको जनलहर, काठमाडौंमा भ्रष्टाचार विरुद्धको मोटरसाईकल र्‍यालीलगायतका कार्यक्रमहरुले पार्टी पंक्तिमा विशेष उत्साह एवं उर्जाको रक्तसञ्चार गरेको निष्कर्ष बैठकको छ । 

पार्टी केन्द्रीय कमिटीलाई पुर्नगठन गर्दै पार्टीका नेता रामपृत रामलाई सल्लाहकार समितिमा राख्ने निर्णय बैठकले गरेको छ । यस्तै आजपाले ‘दलतन्त्रको विरुद्ध संघर्षको दिशामा अघि बढौं ! संगठन निर्माण र विस्तारमा जोड गरौं !!’ भन्ने मुल नारा सहित संगठन बिस्तार गर्ने निर्णय समेत गरेको छ । 

बैठकले पार्टीको जनवर्गिय संगठनका ईन्चार्ज, सहइन्चार्ज एवं अध्यक्षको जिम्मेवारी बाँडफाँड गरेको छ । आम किसान मोर्चाको इन्चार्जमा मनोज कुमार यादव र अध्यक्षमा अनिल झा, आम सुकुम्वासी संघको इन्चार्जमा ब्रह्मनारायण यादव अध्यक्षमा राज कुमार विक, आम खेलकुद महासंघको ईन्चार्जमा सुरेश चौधरी र अध्यक्षमा राजेश्वर साह (राजु), आम इन्जिनियर्स संघको ईन्चार्जमा बालकृष्ण सापकोटा र अध्यक्षमा गोपाल साह, आम स्वास्थ्यकर्मी महासंघको ईन्चार्जमा बाबुराम कौशिक र अध्यक्षमा हरिओम जयसवाल, आम पत्रकार महासंघको ईन्चार्जमा योगेश राल्फाली र अध्यक्षमा मनोज तिमल्सिना, आम जनजाती महासंघको ईन्चार्जमा ज्ञानेन्द्रकुमार तामाङ र अध्यक्षमा पासाङ तामाङ, आम उधोग वाणिज्य महासंघको ईन्चार्जमा सागर पाण्डेय र अध्यक्षमा संजय साह, आम मजदुर महासंघको ईन्चार्जमा धनकुमारी मगर र अध्यक्षमा शिव थापा रहेका छन् । 

यसैगरी आम शिक्षक संघको ईन्चार्जमा उदयचन्द्र प्रसाद अध्यक्षमा संजय साह, आम महिला मोर्चाको ईन्चार्जमा कान्तिदेवी महतो, र सहईन्चार्जमा सिमल साह, बबिता यादव र अध्यक्षमा कुमारी बबिता, आम थारु मोर्चाको इन्चार्जमा पलट चौधरी र अध्यक्षमा सरोज चौधरी, आम महिला लघुवित पीडित संघर्ष समितिको इन्चार्जमा ई.प्रमोद राणा र अध्यक्षमा आशा सन्जेल, भन्सार लुट विरुद्धको संघर्ष समितिको संयोजकमा रञ्जुकुमारी साह र महिला विभागको प्रमुखमा देवी पण्डित रहेका छन् । 

यसैगरी बैठकले राष्ट्रिय मानवअधिकार आयोगद्धारा बिना कुनै आधार प्रमाण, कपोलकल्पित, कुण्ठित एवं पुर्वाग्रही ढंगले पार्टी अध्यक्ष प्रभु साहको नाम मानव अधिकार उल्लंघनकर्ताको रुपमा सम्प्रेषित गरेर आयोगले उल्टै मानवअधिकारको उल्लंघन गरेको निष्कर्षसहित यसको प्रतिवाद गर्ने निर्णय बैठकले गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending