दमक। झापामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लामा उम्मेदवारी दिएका ९० मध्ये ७८ जनाको जमानत जफत भएको हो। यो कुल उम्मेदवारको ८६ दशमलव ६७ प्रतिशत हो।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ अनुसार प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी (जमानत) जफत हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार आवश्यक मत प्राप्त गर्न नसकेपछि झापाका धेरै उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेनन्। यस निर्वाचनमा ठुला राजनीतिक दलका रूपमा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपाका कतिपय उम्मेदवारको समेत जमानत जफत भएको छ।
झापा क्षेत्र नं. ५
यस क्षेत्रमा सबैभन्दा धेरै उम्मेदवारको जमानत जफत भएको छ। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबिचको मुख्य प्रतिस्पर्धाका कारण यहाँ अन्य उम्मेदवार चर्चामा रहेनन्। शाहले भारी मतान्तरले ओलीलाई पराजित गर्नुभएको छ। यस क्षेत्रका २४ उम्मेदवारमध्ये २२ जनाको जमानत जफत भएको छ। नेपाली कांग्रेसकी मन्धरा चिमरिया, राप्रपाका लक्ष्मीप्रसाद सङ्ग्रौला र नेकपाका रञ्जित तामाङसहितका उम्मेदवारले १० प्रतिशत मत कटाउन सकेनन्।
झापा क्षेत्र नं. २
१८ जना उम्मेदवारमध्ये १६ जनाको जमानत जफत भएको छ। राप्रपाका भद्रप्रसाद नेपाल (स्वागत), श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारी र नेकपाकी धर्मशीला चापागाईंसहितका उम्मेदवारको जमानत जफत भएको छ। यहाँ रास्वपाकी इन्दिरा रानामगर विजयी भएको छन्। नेकपा (एमाले) का उम्मेदवार एवं निवर्तमान सभामुख देवराज घिमिरेले मात्र आफ्नो जमानत जोगाएको छन्।
झापा क्षेत्र नं. ३
१७ जना उम्मेदवारमध्ये १५ जनाको धरौटी जफत भएको छ। यहाँ नेपाली कांग्रेसका राजेन्द्र घिमिरे, नेकपा (एमाले)का हरिबहादुर राजवंशी र नेकपाका डिल्लीराम घिमिरेलगायतको जमानत जफत भएको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पराजित गर्दै यहाँ रास्वपाका प्रकाश पाठक विजयी भएको छन्।
झापा क्षेत्र नं. १
१५ मध्ये १२ जना उम्मेदवारको जमानत जफत भएको छ। नेकपा (एमाले) का रामचन्द्र उप्रेती, राप्रपाका हेमराज कार्की र नेकपाका अशेष घिमिरेलगायतले १० प्रतिशत मत प्राप्त गर्न सकेनन्। नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीका उम्मेदवारले मात्र यहाँ जमानत जोगाएका छन्। यस क्षेत्रमा रास्वपाकी निशा डाँगी विजयी भएको छन्।
झापा क्षेत्र नं. ४
१६ मध्ये १३ जना उम्मेदवारको धरौटी जफत भएको छ। राप्रपाका भक्तिप्रसाद सिटौला र नेकपाका पुरुषोत्तम चुडालसहितका उम्मेदवारको जमानत जफत भएको छ। नेकपा (एमाले) का एलपी साँवा लिम्बू र नेपाली कांग्रेसका देउमान थेवेले मात्र जमानत जोगाएको छ। यहाँ रास्वपाका शम्भु ढकाल विजयी भएको छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - १७:३९
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि...
बैशाख ३ गते, २०८३ - १७:१४
सिन्धुलीमाढी। सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक...
बैशाख ३ गते, २०८३ - १६:५६
बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मो...
बैशाख ३ गते, २०८३ - १६:४३
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठे...
बैशाख ३ गते, २०८३ - १६:२६
फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...
बैशाख ३ गते, २०८३ - १६:१५
काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्याउने कार्य प्रारम्भ...
बैशाख ३ गते, २०८३ - १५:४४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...
बैशाख ३ गते, २०८३ - १५:३५
पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् । बगनासकाली ...
बैशाख ३ गते, २०८३ - १५:२४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदका लागि बिहीबार उम्मेदवारी द...
बैशाख ३ गते, २०८३ - १५:१६
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएको छन् । सङ्घीय संसद् सचिव...


प्रतिकृया लेख्नुहोस्: