काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुने एसीसी महिला प्रिमियर कपमा सहभागी हुने टिमको छनौट गरेको छ ।
क्यानले इन्दु बर्माको कप्तानीमा एसीसी महिला प्रिमियर कप खेल्ने १४ सदस्यीय टिमको मंगलबार घोषणा गरेको हो । नेपाली महिला राष्ट्रिय क्रिकेट टिममा इन्दु बर्मा (कप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, सिता राना मगर, काजल श्रेष्ठ, पुजा महतो, संगीता राई, अप्सरा बेगम, कबिता जोशी, कबिता कुँवर, सम्झना खड्का, रोमा थापा, डली थापा र अश्मिना कर्माचार्य रहेका छन् ।
त्यसैगरी महिला टिमको हेड कोचमा मनोज कटवाल, साहकी कोचमा जानकी भट्ट, फिजियोमा कमला श्रेष्ठ र म्यानेजरमा अम्बिका बुढाथोकी रहेका छन् ।
एसीसी महिला प्रिमियर कपमा नेपाल, आयोजक मलेसियासहित थाइल्याण्ड, युएई, इन्डोनेसिया, हङकङ, चीन, म्यान्मार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स रहेका छन् ।
यस प्रतियोगिताको विजेता र उपविजेता एसीसी महिला एशिया कप २०२४ मा छनौट हुने छन् । त्यस्तै यस प्रतियोगिताका सेमिफाइनलमा पुग्ने देश एसीसी महिला इमर्जिंग एशिया कप २०२५ मा छनौट हुने छन् ।
यस प्रतियोगितामा नेपाल समुह डी मा रहेको छ । समुह डी मा नेपालसहित हङकङ, माल्दिभ्स र भुटान रहेका छन् । नेपालले पहिलो खेल फेब्रुअरी १० मा हङकङसँग खेल्ने छ भने दोस्रो खेल भुटानसँग फेब्रुअरी ११ मा र तेस्रो खेल माल्दिभ्ससँग फेब्रुअरी १३ मा खेल्ने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ११ गते, २०८१ - २१:०३
काठमाडौं । पाँच दिने कम्बोडिया भ्रमण सकेर सभामुख देवराज घिमिरे स्वदेश फर्केका छन् । पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजधानी नोम पेन्ह पुगेका स...
मंसिर ११ गते, २०८१ - २०:४७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याउन प्रहरी सकस परेकाे छ । अदालतबाट १५ दिनको म्याद लिएको ३ दिन हुँ...
मंसिर ११ गते, २०८१ - २०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदहरूविरुद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले प्रमाण पेश गर्ने...
मंसिर ११ गते, २०८१ - १९:५६
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफूले सक्दो प्रयास गरिरह...
मंसिर ११ गते, २०८१ - १९:५०
बाजुरा । स्वामिकार्तिक गाउँपालिकाका उपाध्यक्षका लागि १६ मंसिरमा हुने उपनिर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्र बाजुरामा विवाद बढेको छ । आधिकारीक उम्मेद...
मंसिर ११ गते, २०८१ - १९:४४
अछाम । अछाम जिल्ला अस्पतालमा जटिल प्रकारको शल्यक्रिया सुरु भएको छ । पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको अछाम जिल्ला अस्पतालका डा. अधिराज ...
मंसिर ११ गते, २०८१ - १९:४१
काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा सम्पूर्ण कर्मचारीलाई मतदानका दिन विशेष बिदा वा अन्य वैकल्पिक उपाय अपनाई मतदान गर्ने व्यवस्थ...
मंसिर ११ गते, २०८१ - १९:३६
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रका उम्मेदवार प्राडा शिवशरण महर्जनलाई सघाउने भएकाे छ । एकीकृ...
मंसिर ११ गते, २०८१ - १९:२०
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मायादेवी गाउँपालिका–६ का २१ वर्षीय सद्दाम हुसेन फकिरलाई अवैध पेस्तोलसहित पक्राउ गरेको छ । पेस्तोलसँग...
मंसिर ११ गते, २०८१ - १९:१२
पाेखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले देशमै रोगजारी सिर्जना र विकास, निर्माणलाई तीव्रता दिन सरकारको खर्च गर्ने सामथ्र्य र प्र...
प्रतिकृया लेख्नुहोस्: