Ntc summer Offer
Khabar Dabali १९ पुष २०८१ शुक्रबार | 3rd January, 2025 Fri
Investment bank

सशस्त्र प्रहरी महानिरीक्षक रनिङ फुटबल: एपिएफ स्कुल र मनकामना विजयी

खबरडबली संवाददाता

काठमाडौं । ‘प्रथम एनएपीएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफि फुटबल प्रतियोगिता’अन्तर्गत मंगलबार भएका खेलमा नेपाल एपिएफ स्कुल कीर्तिपुर र मनकामना स्कुल, जोरपाटी आ–आफ्ना खेलमा विजयी भएका छन् । 

नेपाल एपिएफ स्कुल कीर्तिपुरले पुष्पसदन स्कुल, कीर्तिपुरलाई ४–० गोलअन्तरले पराजित गरेको हो । यस्तै अर्को खेलमा मनकामना सेकेण्डरी स्कुल, जोरपाटीले डिएभी स्कुल, जावलाखेललाई ४–० गोलअन्तरले नै हराएको हो । 

नेपाल एपिएफ स्कुल कीर्तिपुरको खेल मैदानमा उक्त प्रतियोगिता सोमबारदेखि सुरु भएको हो । प्रतियोगिताको सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले उद्घाटन गरेका थिए । 

आगामी फागुन ८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा उपत्यकाका १७ तथा काभ्रेपलाञ्चोकको एउटा विद्यालय सहभागी छन् । विद्यालय तहबाटै फुटबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अतिरिक्त महानिरीक्षक गौतमले जानकारी दिए । “भविष्यमा काठमाडौँ उपत्यका बाहिरका एपिएफका विद्यालय, अन्य विद्यालय तथा फुटबल क्लबलाई समेटेर राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिनेछ”, उनले भने । 

प्रतियोगिताअन्तर्गत बुधबार पहिलो खेल नेपालय पब्लिक स्कुल, जोरपाटी र हारती शिक्षा मन्दिर सितापाइलाबीच तथा दोस्रो खेल ग्रिन भिलेज एजुकेशन फाउण्डेशन, कीर्तिपुर र जेम्स स्कुल, धापाखेलबीच खेल हुने छ । 

यसअघि सोमबार भएका खेलमा ल्याबोरेटोरी माध्यमिक विद्यालय कीर्तिपुर ३–१ गोलअन्तरले विजयी भएको थियो । अर्को खेलमा सैनिक आवासीय महाविद्यालय सल्लाधारी, भक्तपुरले लिटल एन्जल्स स्कुल हात्तिबन, ललितपुरलाई ६–१ गोलअन्तरले पराजित गरेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी

दमास्कस । सिरियाली सुरक्षा बलले अपदस्थ राष्ट्रपति बशर अल असदको अलावी अल्पसङ्ख्यक समुदायको बसोबास रहेको दुई जिल्लालाई लक्षित गरी होम्स शहरमा अभियान सञ्...

गाजामा इजरायली हमलामा पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा यस क्षेत्रको अहिले ध्वस्त ह...

कोशीमा उच्च रक्तचापका बिरामी बढे

धनकुटा । कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य कार...

प्रहरीका पाँच एसएसपीको डिआइजी बढुवामा सिफारिस

काठमाडाैं । नेपाल प्रहरीका पाँच एसएसपीको डिआइजीमा बढुवा सिफारिस भएको छ । ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोविन्द...

कोशीका उद्योग, कृषि तथा सहकारी मन्त्रीले सार्वजनिक गरे सय दिने काम

विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले आफू नेतृत्वको मन्त्रालयले सय दिन प्राप्त गरेको उपलब्धिहरु सार्वजनिक गरेका छ...

कांग्रेस एमालेको सरकार बने पछि कुनै स्क्यान्डल सुन्नु परेको छैनः उपप्रधानमन्त्री सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले झाराटारा गरेर पार्टी नचल्ने बताएका छन । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ले  बिहिबार सय दिने अभ...

विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ : पर्यटन राज्यमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपाल भ्रमणमा आउने पर्यटकसँग विमानस्थलभित्र सञ्चालित यातायातका चालकको बोल...

प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच बुधबार भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डा...

माओवादीकाे आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्त्व पाउँछ: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणको क्षेत्रलाई महत्त्व दिइएको ब...

माओवादीले जनताका चाहना र आवश्यकता बुझ्न ६ महिने अभियान चलाउने

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरी ६ महिने अभियान चलाउने भएको छ । पेरिसडाँडामा बसेको स्थायी...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy