Ntc summer Offer
Khabar Dabali ७ भाद्र २०८२ शनिबार | 23rd August, 2025 Sat
Investment bank

लहानका रतन साहले फलाए अनाैठाे काउली, हेर्नेको घुइँचो

खबरडबली संवाददाता

सिरहा । सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले  बारीमा अनाैठाे काउली फलाएका छन् ।  विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल भएका उनले याे पटक गुलाबी र पहेँलेकाे रंगकाे काउली फलाएका हुन् ।

यतिबेला उनले उत्पादन गरेको गुलाबी र पहेँलो रङ्गका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ । सात वर्षपहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेकाले स्वदेश फर्किएपछि भारतबाट काउलीको बीउ झिकाएर परीक्षणका लागि पाँच धुर जग्गामा लगाएकाे उनले बताए । पाँचधरमा लागाएकाे काउली राम्रो उत्पादन भएकाे र  बजार राम्रो पाएकाले आगामी दिनमा पाँच कट्ठामा तरकारी खेती विस्तार गर्ने सोचमा रहेकाे उनले बताए । 

उनले विभिन्न संगका काउली एक किलोसम्मको काउली फलाएका थिए । यसको रङ्ग र स्वाद फरक भएकाले बजारमा पुर्‍याउनसाथ बिक्री हुने उनले बताए । यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्ने भएकाेले उत्पादीत काउली पनि महँगाे नै हुने उनकाे भनाइ छ । किसान साहले आगामी दिनमा अझै धेरै यस्तै काउली उत्पादन गर्ने साेच बनाएकाे बताए । उनले सोमबार मात्र १६ किलो उक्त काउली बजार पर्याएका थिए । उनले बजारमा काउली प्रतिकिलो दुई सय रूपैयाँका दरले बिक्री गरेकाे बताए । 

काउली हेर्नकै लागि दैनिक बजारबाट मान्छे आउने गरेकाे र खेतमा रङ्गिन काउली अवलोकन गर्न आउनेको घुइँचो लागेको किसान सहले बताए ।

सबैतिर यस काउलीको चर्चा चली रहेकाले वास्तवमा कस्तो रहेछ भनेर अवलोकनका लागि आएको प्रधानाध्यापक कुशेश्वर यादवले बताए । काउली हेरिसकेपछि मनै आनन्दित भएकाे उनकाे भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभ...

सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चतिवन  । सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान ६ः३५ बजेको समयमा इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्ख...

हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीका दुवै सडक अवरुद्ध हुँदा यात्रु अलपत्र

काठमाडौं । संघीय राजधानी काठमाडौँलाई बागमती प्रदेशको राजधानी हेटौँडासँग जोड्ने छोटो दुरीका दुवै सडक पहिरोले अवरुद्ध भएका छन् । पहिरोले कुलेखानी हेटौँड...

बुबाको मुख हेर्ने दिनः दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन। ‘पितृदेवो भवः’अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर कुसे औँसीका दिन बाबुको मुख हेर्ने पर्व आज देशभर मनाइन्छ । बाबुप्रति आदर सम्मानका साथ म...

भाद्रकृष्ण औँसीः पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा हजारौँ भक्तजन

काठमाडौं । दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजार...

मनको स्मृतिमा स्वर्गीय पिता‍‍...

जीवनमा मानिसले धेरै अनुभूति गर्छ खुसी, पीडा, सफलताका क्षण र हारका पलहरू। तर, पिता गुमाएको पीडा भने ती सबैभन्दा गहिरो र अविस्मरणीय अनुभवमध्ये एक हुन्...

मध्यरातमा भूकम्पकाे धक्का

काठमाडौं । र्पूर्वी नेपालको सङ्खुवासभा जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार राति ११ः१५ मा सो जिल्लाको मघाङ केन्द्रबिन्दु भएर ४‍.४ म्याग्निच...

ओलीको टिप्पणी : “रसिद मात्र काटेर विद्याको सदस्यता कायम हुँदैन”

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता स्वतः कायम हुने अवस्था नरहे...

तीजः संस्कृतिको पर्व कि भड्किलो प्रतिस्पर्धा ?

दरले दबिँदै निम्न आय भएका परिवार

विवाहित पुरुषको अदृश्य हार !

संसारसँग विवाहित पुरुषले कति पनि लड्न सक्छ । अभावसँग, समाजसँग, प्रतिस्पर्धा र परिस्थितिसँग उसले सामना गर्न सक्छ। बाहिर ऊ विजयी देखिन्छ: जिम्मेवारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending