Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

सुडानमा युद्ध प्रभावितको सहयोगका लागि चार अर्ब डलर आवश्यक पर्ने

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले युद्धग्रस्त सुडानमा रहेका र शरणार्थीका रूपमा विस्थापित नागरिकका लागि अति आवश्यक सहयोग उपलब्ध गराउन चार अर्ब १० करोड अमेरिकी डलर माग गरेको छ ।

सुडानमा गत वर्षको अप्रिलमा सुरु भएको नृशंस द्वन्द्वले मानवीय पतन निम्त्याएको छ  । यहाँको आधाभन्दा बढी जनसङ्ख्या अर्थात् करिब दुई करोड ५० लाख मानिसलाई सहायता र संरक्षणको खाँचो परेको छ । 

संयुक्त राष्ट्रसङ्घीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले एक वक्तव्यजारी गर्दै भनेका छन्, “१० महिनाको द्वन्द्वले सुडानका जनताको सुरक्षा, घर र जीविकोपार्जनजस्ता लगभग सबै कुरा लुटेको छ ।” सुडानका सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) का कमाण्डर मोहम्मद हमदान डग्लोबीच भएको युद्धमा पश्चिमी डार्फर क्षेत्रको एउटा सहरमा १० हजारदेखि १५ हजारको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको द्वन्द्व विज्ञले बताएका छन् ।

सुडानमा बढ्दो तनावले भोकमरी निम्त्याएको छ र लगभग एक करोड ८० लाख मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन् । यसैबीच, तीव्र शत्रुताले पानी आपूर्ति सञ्जाल र अन्य महत्वपूर्ण नागरिक पूर्वाधारमा क्षति पुर्‍याइरहेको छ र द्वन्द्व प्रभावित राज्यहरूमा लगभग तीन चौथाई स्वास्थ्य सुविधाहरू सेवाबाट बाहिर रहेका छन् ।

यससँगै हैजा, दादुरा, औलो जस्ता रोगहरु तीव्र गतिमा फैलिरहेका छन् । यससँगै कुपोषणको बढ्दो दरका कारण पश्चिमी डार्फर क्षेत्रमा विस्थापित व्यक्तिहरूका लागि बनाइएको जमजम शिविरमा प्रत्येक दुई घण्टामा कम्तीमा एक बच्चाको मृत्यु हुने अवस्था सिर्जना भएको ‘डक्टर्स विदाउट बोर्डर्स’ र अन्य सङ्घसंस्थाहले यसै हप्ता चेतावनी दिएका छन् ।

लैङ्गिक हिंसाका व्यापक विवरणहरूको बीचमा, युद्धले विश्वको सबैभन्दा ठूलो सुरक्षा र विस्थापन सङ्कट पनि सिर्जना गरेको छ । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार करिब ८० लाख मानिस आफ्नो घर छोडेर भागेका छन्, जसमध्ये १५ लाखभन्दा बढी छिमेकी मुलुक प्रवेश गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूले यस वर्ष एक करोड ४७ लाख मानिसलाई देशभित्र अति आवश्यक सहायता उपलब्ध गराउन दुई अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् ।

ग्रिफिथ्सले भने, “दाताहरूको उदारताले हामीलाई बालबालिकालाई खाना, पोषण, आवास, स्वच्छ पानी र शिक्षा प्रदान गर्न तथा लैङ्गिक हिंसाको प्रकोपसँग लड्न र बाँचेकाहरूको हेरचाह गर्न मद्दत गर्दछ । “गत वर्षको अपीलको आधाभन्दा कम वित्तपोषित थियो । तात्कालिकताको उच्च भावनाको साथ यस वर्षहामीले अझ राम्रो गर्नै पर्छ । 

यसैबीच संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय युएनएचसीआरले सुडानका पाँच छिमेकी मुलुकका करिब २७ लाख शरणार्थी र उनीहरूका समुदायका सदस्यलाई सहयोग गर्न थप एक अर्ब ४० करोड अमेरिकी डलर आवश्यक रहेको जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending