Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

सुडानमा युद्ध प्रभावितको सहयोगका लागि चार अर्ब डलर आवश्यक पर्ने

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले युद्धग्रस्त सुडानमा रहेका र शरणार्थीका रूपमा विस्थापित नागरिकका लागि अति आवश्यक सहयोग उपलब्ध गराउन चार अर्ब १० करोड अमेरिकी डलर माग गरेको छ ।

सुडानमा गत वर्षको अप्रिलमा सुरु भएको नृशंस द्वन्द्वले मानवीय पतन निम्त्याएको छ  । यहाँको आधाभन्दा बढी जनसङ्ख्या अर्थात् करिब दुई करोड ५० लाख मानिसलाई सहायता र संरक्षणको खाँचो परेको छ । 

संयुक्त राष्ट्रसङ्घीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले एक वक्तव्यजारी गर्दै भनेका छन्, “१० महिनाको द्वन्द्वले सुडानका जनताको सुरक्षा, घर र जीविकोपार्जनजस्ता लगभग सबै कुरा लुटेको छ ।” सुडानका सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) का कमाण्डर मोहम्मद हमदान डग्लोबीच भएको युद्धमा पश्चिमी डार्फर क्षेत्रको एउटा सहरमा १० हजारदेखि १५ हजारको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको द्वन्द्व विज्ञले बताएका छन् ।

सुडानमा बढ्दो तनावले भोकमरी निम्त्याएको छ र लगभग एक करोड ८० लाख मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन् । यसैबीच, तीव्र शत्रुताले पानी आपूर्ति सञ्जाल र अन्य महत्वपूर्ण नागरिक पूर्वाधारमा क्षति पुर्‍याइरहेको छ र द्वन्द्व प्रभावित राज्यहरूमा लगभग तीन चौथाई स्वास्थ्य सुविधाहरू सेवाबाट बाहिर रहेका छन् ।

यससँगै हैजा, दादुरा, औलो जस्ता रोगहरु तीव्र गतिमा फैलिरहेका छन् । यससँगै कुपोषणको बढ्दो दरका कारण पश्चिमी डार्फर क्षेत्रमा विस्थापित व्यक्तिहरूका लागि बनाइएको जमजम शिविरमा प्रत्येक दुई घण्टामा कम्तीमा एक बच्चाको मृत्यु हुने अवस्था सिर्जना भएको ‘डक्टर्स विदाउट बोर्डर्स’ र अन्य सङ्घसंस्थाहले यसै हप्ता चेतावनी दिएका छन् ।

लैङ्गिक हिंसाका व्यापक विवरणहरूको बीचमा, युद्धले विश्वको सबैभन्दा ठूलो सुरक्षा र विस्थापन सङ्कट पनि सिर्जना गरेको छ । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार करिब ८० लाख मानिस आफ्नो घर छोडेर भागेका छन्, जसमध्ये १५ लाखभन्दा बढी छिमेकी मुलुक प्रवेश गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूले यस वर्ष एक करोड ४७ लाख मानिसलाई देशभित्र अति आवश्यक सहायता उपलब्ध गराउन दुई अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् ।

ग्रिफिथ्सले भने, “दाताहरूको उदारताले हामीलाई बालबालिकालाई खाना, पोषण, आवास, स्वच्छ पानी र शिक्षा प्रदान गर्न तथा लैङ्गिक हिंसाको प्रकोपसँग लड्न र बाँचेकाहरूको हेरचाह गर्न मद्दत गर्दछ । “गत वर्षको अपीलको आधाभन्दा कम वित्तपोषित थियो । तात्कालिकताको उच्च भावनाको साथ यस वर्षहामीले अझ राम्रो गर्नै पर्छ । 

यसैबीच संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय युएनएचसीआरले सुडानका पाँच छिमेकी मुलुकका करिब २७ लाख शरणार्थी र उनीहरूका समुदायका सदस्यलाई सहयोग गर्न थप एक अर्ब ४० करोड अमेरिकी डलर आवश्यक रहेको जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE