मकवानपुर । मालपोत कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८०/०८१ मा जग्गाको कारोबारबाट रु १५ करोड ७८ लाख ८० हजार छ सय ६२ राजस्व सङ्कलन गरेको छ । मालपोत कार्यालयले साउनदेखि पुस मसान्तसम्मको अविधमा उक्त रकम सङ्कलन गरेको हो ।
मालपोत कार्यालय मकवानपुरबाट थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका र कैलाश गाउँपालिकाको आग्रा र गोङ्टेबाहेकका अन्य स्थानीय तहको जग्गाको कारोबार हुँदै आएको छ । कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा रजिस्ट्रेसन दस्तुर, राप्ती संरक्षण कोष, न्यायिक दस्तुर रोक्का, सेवा शुल्क तथा अन्य प्रशासनिक दस्तुर, पुँजीगत लाभकर गरी रु दुई करोड ६३ लाख सात हजार चार सय ९३ राजस्व सङ्कलन गरेको छ ।
त्यसैगरी कार्यालयबाट प्राप्त जानकारीअनुसार सो अवधीमा साउन महिनामा रु तीन करोड, भदौ महिनामा रु दुई करोड ४२ लाख ६० हजार चार सय १५ राजस्व सङ्कलन गरेको छ । त्यसैगरी कार्यालयले असोज महिनामा रु तीन करोड ९९ लाख ७२ हजार आठ सय ७८ राजस्व सङ्कलन गरेको छ ।
यस्तै कात्तिकमा रु एक करोड ३४ लाख ५१ हजार सात सय ८६ र मङ्सिरमा रु दुई करोड ६५ लाख ७५ हजार चार सय ४९ राजस्व, पुस महिनामा रु दुई करोड ७८ लाख छ हजार ९१ राजस्व आम्दानी गरेको हो ।
गत आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुससम्मको पहिलो छ महिनाको अवधिमा कार्यालयले रु २३ करोड ३६ लाख एक हजार छ सय ३६ आम्दानी गरेको थियो । कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म रु २६ करोड ६० लाख ७२ हजार तीन सय ६९ राजस्व आम्दानी गरेको थियो ।
मालपोत कार्यालय राजस्व आम्दानीको एक स्रोत रहेको छ । यस कार्यालयले जग्गाको विभिन्न कारोबारबाट राजस्व आम्दानी गर्दै आएको छ । पछिल्लो समय कार्यालयमा कारोबार घट्दो क्रममा रहेको देखिएको छ ।
अघिल्लो आव २०७८/७९ को तुलनामा गत आव २०७९/८० मा रु तीन करोड २४ लाख ७० हजार सात सय ३३ ले कम राजस्व आम्दानी भएको थियो । आव २०७८/७९ को तुलनामा चालु आवमा रु १० करोड ८१ लाख ९१ हजार सात सय सातले राजस्व कम सङ्कलन भएको छ । पछिल्लो तीन वर्षको राजस्व सङ्कलनको तथ्याङ्क हेर्दा भारी गिरावट भएको देखिएको छ ।
कार्यालयका अनुसार गत आवको तुलनामा चालु आवमा रु सात करोड ५० लाखभन्दा कम राजस्व उठेको छ । चालु आवको केही समय जग्गाको कित्ताकाट बन्द, आर्थिक मन्दीका कारण जग्गाको कारोबार घटेसँगै राजस्व सङ्कलनमा पनि कमी आएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ६ गते, २०८१ - २०:५८
काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग- २ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यस खेलमा नेपालले टस जितेर पहिल...
आश्विन ६ गते, २०८१ - २०:४७
बागलुङ । बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अघि सुरु निर्माण भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट...
आश्विन ६ गते, २०८१ - २०:३८
चितवन । भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको यहाँको सहरी क्षेत्रको छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्त...
आश्विन ६ गते, २०८१ - २०:३१
एजेन्सी । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले राष्ट्रपतिमा दिसानायके विजयी भए...
आश्विन ६ गते, २०८१ - २०:२२
रौतहट । रौतहटको राजपुर नगरपालिकाको दुई वटा वडामा हैजा रोग फैलिएको छ । पछिल्लो तिन दिनमा राजपुर नगरपालिकाको वडा नम्बर ३ र ४ मा हैजाको लक्षणसहितका बिराम...
आश्विन ६ गते, २०८१ - २०:१७
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्नेकुरा उठाउँदा तर्सिनुपर्ने र झस्किनुपर्ने आवश्यकता नरहेको बताएका छन् । आइतवार सिंहदरबारमा संव...
आश्विन ६ गते, २०८१ - १९:२२
विराटनगर । नेकपा एमाले-कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ । आइतबार सत्तापक्षीय संसदीय दलको संय...
आश्विन ६ गते, २०८१ - १९:१९
क्वालालम्पुर । मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३ सय ५५ संदिग्धलाई...
आश्विन ६ गते, २०८१ - १९:१५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । मोबाइलमा ...
आश्विन ६ गते, २०८१ - १९:०८
काठमाडौं । पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ । आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको हो । त्यसअघि उनला...
प्रतिकृया लेख्नुहोस्: