काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका १४ जनामध्ये ३ जना मात्र विजयी हुँदा ११ जना पदविहीन बनेका छन्।
केन्द्रमा बालेन र हर्कको फड्को
बालेन्द्र शाह (बालेन) र हर्कराज राई (हर्क साम्पाङ) ले स्थानीय तहमा बनाएको प्रभावलाई संघीय राजनीतिमा पनि निरन्तरता दिएका छन्।
बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी बाट झापा–५ मा विजयी भए।
हर्क साम्पाङ आफ्नै ‘श्रम संस्कृति पार्टी’बाट सुनसरी–१ मा निर्वाचित भए।
यस्तै, वीरगञ्ज महानगरपालिकाका वडाध्यक्ष पद त्यागेर चुनाव लडेका सुशील साह कानु पनि पर्सा–२ बाट विजयी भए।
पराजित ‘हेभीवेट’ जनप्रतिनिधि
भरतपुर महानगरपालिकाको प्रमुख पद छाडेर चितवन–३ मा उम्मेदवारी दिएकी रेणु दाहाल पराजित भइन् । उनलाई रास्वपाकी सोबिता गौतमले हराइन्।
धुलिखेलका पूर्वमेयर अशोक व्याञ्जु श्रेष्ठ काभ्रे–२ मा तेस्रो स्थानमा सीमित भए। रंगेलीका पूर्वमेयर दिलिप वगडिया मोरङ–२ मा पराजित भए। सूर्योदयका पूर्वमेयर रणबहादुर राई इलाम–१ मा पाँचौँ स्थानमा खुम्चिए।
टीकापुरका पूर्वमेयर रामलाल डगौरा थारू कैलाली–१ मा तेस्रो भए। सोलुखुम्बुमा गाउँपालिका अध्यक्ष पद त्यागेका असिम राई पराजित भए भने उदयपुर–२ मा उम्मेदवार बनेका मेजर कुमार राई को जमानत जफत भयो।
नेपालगञ्जका उपप्रमुख कमरुद्दिन राई, ओखलढुंगाकी उपाध्यक्ष अस्मिता थापा, वीरगञ्जका वडाध्यक्ष रामकिशोर सिंह र धरानका वडाध्यक्ष मनोज भट्टराई पनि प्रतिनिधिसभा यात्रा तय गर्न असफल भए।
‘माननीय’ बन्ने दौडको मूल्य
स्थानीय सरकार सञ्चालनको अनुभव संघीय संसद्मा उपयोग गर्ने तर्कसहित पद त्यागेका ११ जना नेताहरू न स्थानीय तहमा फर्किन सके, न संसद्मै प्रवेश पाए। यो परिणामले स्थानीय राजनीतिबाट केन्द्रतर्फ हाम फाल्दा जोखिम कति उच्च हुन्छ भन्ने सन्देश दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - ०९:०९
बैतडी । पाटन नगरपालिका–६ मा रहेको सूर्नयागाड जलविद्युत् आयोजना दुई वर्षदेखि बन्द हुँदा आसपासका बस्ती अन्धकारमा बस्न बाध्य भएका छन्। नेपाल विद्युत् ...
बैशाख ३ गते, २०८३ - ०९:०१
काठमाडौं । २१ फागुनको चुनावी परिणामपछि नेपाली कम्युनिस्ट वृत्त फेरि चलायमान भएको छ। चुनावमा अपेक्षाभन्दा कमजोर प्रदर्शनपछि नेपाल कम्युनिस्ट पार्टी (एक...
बैशाख ३ गते, २०८३ - ०८:५७
काठमाडौं । बैंकमा पैसा छ, तर मालिक बेखबर। यस्तो “निद्रामा” परेका खाताको संख्या नेपालमा ३६ लाख नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म...
बैशाख ३ गते, २०८३ - ०८:५३
काठमाडौं । एक मुठ्ठी बादल : मेरो सेयर अफ स्काईले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरले चलचित्र भित्र रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै चल...
बैशाख ३ गते, २०८३ - ०८:५१
काठमाडौं । संघीय सरकारको परिपत्रविपरीत केही स्थानीय तहले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना र पठनपाठन सुरु गरेका छन् । केन्द्र सरकारले वैशाख १५...
बैशाख ३ गते, २०८३ - ०८:४९
प्युठान । प्युठानको ऐरावती गाउँपालिका–२ देउरालीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ऐरावती गाउँपालिका–१ दाङवाङका...
बैशाख ३ गते, २०८३ - ०८:१३
काठमाडौं । संघीय संसद् अन्तर्गतका विषयगत समितिको सभापति चयन प्रक्रिया अघि बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११ वटा समितिको नेतृत्व आ...
बैशाख ३ गते, २०८३ - ०८:०९
काठमाडाैं । मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा देखिएको जलवायु परिवर्तनको प्रभाव अब सिधै धारा, इनार र चापाकलमा महसुस हुन थालेको छ। चैत नसकिँदै महोत्तरीको ...
बैशाख ३ गते, २०८३ - ०८:०७
काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको श...
बैशाख ३ गते, २०८३ - ०८:०६
चितवन । चितवनमा रगतको माग बढ्दै जाँदा रक्तदाताहरूको सङ्ख्या बढ्न सकेको छैन । बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरूको सङ्ख्या भने बढ्न...


प्रतिकृया लेख्नुहोस्: