एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी टेलिभिजनका लागि अन्तवार्ता कार्यक्रमका प्रस्तोता टकर काल्र्सनलाई बिहीबार दिएको अन्तर्वार्तामा युक्रेनमा रूसलाई परास्त गर्न ‘असम्भव’ छ भनेर पश्चिमा मुलुकले बुझ्नुपर्ने बताएका छन् ।
सन् २०१९ पछि पश्चिमा सञ्चारमाध्यमले प्रशारण गरेको पुटिनको यो पहिलो अन्तरवार्ता हो । यद्यपि ह्वाइट हाउसका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट काल्र्सनले केही कुटनीतिक प्रश्नहरू सोध्दै रूसी इतिहास र पुटिनको विचारको बारेमा व्याख्या गर्ने अवसर दिएका थिए । अन्तवार्तामा रूसी नेता पुटिनले रूसलाई पश्चिमी विश्वासघातको शिकारको रूपमा चित्रण गर्दै सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्ने आफ्नो निर्णयको बचाउ गरे ।
अमेरिका, युरोपेली सङ्घ र नेटोले युक्रेनलाई सहयोग गरेपनि रूस पराजित हुने छैन भन्ने कुरा पश्चिमले बुझेको उनले दावी गरे । उनले भने, “अहिलेसम्म युद्धभूमिमा रूसलाई रणनीतिक हार बेहोर्ने विषयमा होहल्ला र चिच्याहट भइरहेको छ । तर अब तिनीहरूले यो सम्भव छैन भनेर महसुस गर्न थालेका छन् । मेरो विचारमा यो असम्भव छ ।”
ट्रम्पको पक्षमा रहेका रिपब्लिकनले युक्रेनलाई हतियार र अन्य सैन्य सहायताको साथ समर्थन गर्न हिचकिचाइरहेको अमेरिकी संसद्को सन्देशले पनि रूसविरूद्धको पश्चिमा सहकार्य कमजोर भएको पुष्टि हुने उनले बताए ।
उनले भने, “युद्धको विषयमा हामी अमेरिकी नेतृत्वलाई के भनिरहेका छौं भने यदि वास्तवमै लडाइँ रोक्न चाहनुहुन्छ भने तपाईंले हतियार आपूर्ति बन्द गर्नुपर्छ ।” नाटो सदस्य राष्ट्र पोल्याण्ड र लाटभिया वा सामान्यतया युरोपेली महाद्वीपमा आक्रमण गने बारे मस्कोले विचार गर्छ कि गर्दैन भन्ने प्रश्नमा पुटिनले भने, “यो प्रश्नको विषय होइन ।” “पोल्याण्ड, लाटभिया वा अन्य कुनै पनि ठाउँमा हाम्रो कुनै चासो छैन । हामी किन त्यसो गर्छौं ? यो त्रासमात्र हो,” पुटिनले भने ।
उनले पोल्याण्डसँग युद्ध ‘केवल पोल्याण्डले रूसमाथि आक्रमण गर्यो भनेमात्र हुनेछ ।” सन् २०२० को राष्ट्रपतीय चुनावमा बाइडेनले ट्रम्पविरुद्ध प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको अमेरिकी चुनावपछि नेतृत्व परिवर्तनबारे सोधिएको प्रश्नमा पुटिनले आफूले थोरै परिवर्तन देख्ने सङ्केत गर्दै भने, “तपाईंले मलाई सोध्नुभयो कि अर्को नेता आएर केही परिवर्तन गर्नुहुन्छ ? यो नेताको कुरा होइन । यो कुनै व्यक्ति विशेषको व्यक्तित्वको बारेमा होइन ।”
क्रेमलिनको कोठामा मङ्गलबार रेकर्ड गरिएको र काल्र्सनको आफ्नै वेबसाइटमा पोस्ट गरिएको अन्तर्वार्तामा काल्र्सनले पुटिनलाई ट्रम्पसँगको सम्बन्धबारे खासै खोतलेका थिए ।
रूसले युक्रेनमा आक्रमण गरेको दुई वर्ष पूरा भएको पूर्वसन्ध्यामा फक्स न्युजका पूर्व प्रस्तोतासँगको दुई घण्टा लामो अन्तर्वार्तामा पुटिनले जेलमा रहेका वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोभिचसँग ‘सम्झौता गर्न सकिने’ बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: