Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

कोभिडपछि पहिलो रुसी पर्यटकहरू प्योङयाङमा

खबरडबली संवाददाता

एजेन्सी । रुसी पर्यटकहरूको समूह शुक्रबार प्योङयाङ आइपुगेको एएफपीका पत्रकारहरूले देखेका छन् । उनीहरू महामारीका कारण सीमा बन्द हुनुभन्दा अघि आणविक सशस्त्र उत्तर कोरियाको भ्रमण गर्ने पहिलो ज्ञात विदेशी पर्यटक समूह थिए । 

एएफपीको भिडियो र तस्बिरहरूमा रुसी पर्यटकहरूलाई प्योङयाङ विमानस्थलमा पुगेको, विमानस्थलका चारैतिर घुम्दै तस्बिरहरू लिएर मुस्कुराउँदै गरेको र आगमन बोर्डमा उडानको विवरण देखाइएको छ । 

उत्तर कोरियाली नेता किम जोङ उनले गत सेप्टेम्बरमा रुसको सुदूर पूर्वमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न दुर्लभ विदेश भ्रमण गरेपछि यो भ्रमण मस्को र प्योङयाङबीचको सम्बन्धलाई बलियो बनाउने रूपमा भएको हो । 

उत्तर कोरियाले युक्रेनमा प्रयोग गर्नका लागि मस्कोलाई हतियार पठाएको दक्षिण कोरिया र वासिङ्टनले पछि दाबी गरेका छन् । उत्तर कोरियाले आफ्नो प्रतिबन्धित हतियार कार्यक्रमहरूका लागि र रुसले किएभसँगको युद्धका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्धहरूको उल्लङ्घन गरेका छन् । 

भ्रमणको आयोजना गर्ने भोस्तोक इन्टुर टुर एजेन्सीका व्यवस्थापक नतालिया जिनिनाले सोलस्थित विशेषज्ञ साइट एनके न्युजलाई टुर समूहले फेब्रुअरी ९ देखि फेब्रुअरी १२ सम्म उत्तर कोरियाको भ्रमण गर्ने जानकारी दिए । उक्त समूह मुलुकको पूर्वी तटमा रहेको वोनसान सहर नजिकैको मासिक्रायोङ स्कि रिसोर्टमा यात्रा गर्नुअघि प्योङयाङमा पहिलो पटक रोकिने रिपोर्टमा उल्लेख छ । चार दिने भ्रमणमा कूल ९७ रुसी सामेल रहेको अनुमान गरिएको छ । 

युक्रेनमा आक्रमण गरेपछि प्रतिबन्ध लगाइएसँगै रुसीहरूका लागि युरोप र अमेरिकाको भ्रमण गर्न कठिन भएको छ । प्योङयाङको समेत भ्रमण गरेका रुसी विदेशमन्त्री सर्गेई लाभरोभले उत्तर कोरियालाई पर्यटकीय गन्तव्यका रूपमा सिफारिस गर्न सकिने बताएका तासले रिपोर्ट गरेको छ । 

करिब चार वर्षको महामारीका कारण सीमा बन्द भएपछि गत वर्ष अगस्टमा उत्तर कोरियाले आफ्नो सिमाना पुनः खोलेपछि उत्तरमा प्रवेश गर्ने विदेशी पर्यटकहरूको पहिलो समूह रुसीहरूलाई मानिन्छ । 

“यो उदाहरणले उत्तर कोरिया–रुस शिखर वार्तापछि दुई मुलकबीचको विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगको पुनरुत्थानलाई प्रकाश पार्दछ”, सोलमा उत्तर कोरियाली अध्ययन विश्वविद्यालयका अध्यक्ष याङ मु–जिनले पुटिन र किमबीचको गत वर्षको भेटलाई उल्लेख गर्दै भने, “यसले विशेषरूपमा पुटिनको उत्तर कोरियाको भ्रमणलाई मार्ग प्रशस्त गर्ने उद्देश्यलाई दर्शाउँछ ।”

“निकट भविष्यमा रुसले उत्तर कोरियालाई खाद्यान्नसहित मानवीय सहायता प्रदान गर्ने सम्भावना छ, उत्तर कोरियाले पनि रुसलाई क्षेप्यास्त्रलगायत आफ्नो सहयोगको दायरा बढाउने र विस्तार गर्ने सम्भावना छ”, उनले थपे । 

आणविक सशस्त्र उत्तर कोरियाले यसै वर्ष सोललाई आफ्नो ‘प्रमुख शत्रु’ घोषणा गरेको छ र पुनरमिलन तथा पहुँचका लागि समर्पित एजेन्सीहरू बन्द गरेको छ । साथै ‘शून्य दशमलव ००१ मिलिमिटरसम्म’ पनि क्षेत्रीय उल्लङ्घन भए युद्धको धम्की दिएको छ । 

प्योङयाङले युक्रेनमा प्रयोग गर्नका लागि रुस पठाउनुअघि क्रुज मिसाइलहरूको परीक्षण गर्नसक्ने चेतावनी विश्लेषकहरूले दिएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE