Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

कोभिडपछि पहिलो रुसी पर्यटकहरू प्योङयाङमा

खबरडबली संवाददाता

एजेन्सी । रुसी पर्यटकहरूको समूह शुक्रबार प्योङयाङ आइपुगेको एएफपीका पत्रकारहरूले देखेका छन् । उनीहरू महामारीका कारण सीमा बन्द हुनुभन्दा अघि आणविक सशस्त्र उत्तर कोरियाको भ्रमण गर्ने पहिलो ज्ञात विदेशी पर्यटक समूह थिए । 

एएफपीको भिडियो र तस्बिरहरूमा रुसी पर्यटकहरूलाई प्योङयाङ विमानस्थलमा पुगेको, विमानस्थलका चारैतिर घुम्दै तस्बिरहरू लिएर मुस्कुराउँदै गरेको र आगमन बोर्डमा उडानको विवरण देखाइएको छ । 

उत्तर कोरियाली नेता किम जोङ उनले गत सेप्टेम्बरमा रुसको सुदूर पूर्वमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न दुर्लभ विदेश भ्रमण गरेपछि यो भ्रमण मस्को र प्योङयाङबीचको सम्बन्धलाई बलियो बनाउने रूपमा भएको हो । 

उत्तर कोरियाले युक्रेनमा प्रयोग गर्नका लागि मस्कोलाई हतियार पठाएको दक्षिण कोरिया र वासिङ्टनले पछि दाबी गरेका छन् । उत्तर कोरियाले आफ्नो प्रतिबन्धित हतियार कार्यक्रमहरूका लागि र रुसले किएभसँगको युद्धका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्धहरूको उल्लङ्घन गरेका छन् । 

भ्रमणको आयोजना गर्ने भोस्तोक इन्टुर टुर एजेन्सीका व्यवस्थापक नतालिया जिनिनाले सोलस्थित विशेषज्ञ साइट एनके न्युजलाई टुर समूहले फेब्रुअरी ९ देखि फेब्रुअरी १२ सम्म उत्तर कोरियाको भ्रमण गर्ने जानकारी दिए । उक्त समूह मुलुकको पूर्वी तटमा रहेको वोनसान सहर नजिकैको मासिक्रायोङ स्कि रिसोर्टमा यात्रा गर्नुअघि प्योङयाङमा पहिलो पटक रोकिने रिपोर्टमा उल्लेख छ । चार दिने भ्रमणमा कूल ९७ रुसी सामेल रहेको अनुमान गरिएको छ । 

युक्रेनमा आक्रमण गरेपछि प्रतिबन्ध लगाइएसँगै रुसीहरूका लागि युरोप र अमेरिकाको भ्रमण गर्न कठिन भएको छ । प्योङयाङको समेत भ्रमण गरेका रुसी विदेशमन्त्री सर्गेई लाभरोभले उत्तर कोरियालाई पर्यटकीय गन्तव्यका रूपमा सिफारिस गर्न सकिने बताएका तासले रिपोर्ट गरेको छ । 

करिब चार वर्षको महामारीका कारण सीमा बन्द भएपछि गत वर्ष अगस्टमा उत्तर कोरियाले आफ्नो सिमाना पुनः खोलेपछि उत्तरमा प्रवेश गर्ने विदेशी पर्यटकहरूको पहिलो समूह रुसीहरूलाई मानिन्छ । 

“यो उदाहरणले उत्तर कोरिया–रुस शिखर वार्तापछि दुई मुलकबीचको विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगको पुनरुत्थानलाई प्रकाश पार्दछ”, सोलमा उत्तर कोरियाली अध्ययन विश्वविद्यालयका अध्यक्ष याङ मु–जिनले पुटिन र किमबीचको गत वर्षको भेटलाई उल्लेख गर्दै भने, “यसले विशेषरूपमा पुटिनको उत्तर कोरियाको भ्रमणलाई मार्ग प्रशस्त गर्ने उद्देश्यलाई दर्शाउँछ ।”

“निकट भविष्यमा रुसले उत्तर कोरियालाई खाद्यान्नसहित मानवीय सहायता प्रदान गर्ने सम्भावना छ, उत्तर कोरियाले पनि रुसलाई क्षेप्यास्त्रलगायत आफ्नो सहयोगको दायरा बढाउने र विस्तार गर्ने सम्भावना छ”, उनले थपे । 

आणविक सशस्त्र उत्तर कोरियाले यसै वर्ष सोललाई आफ्नो ‘प्रमुख शत्रु’ घोषणा गरेको छ र पुनरमिलन तथा पहुँचका लागि समर्पित एजेन्सीहरू बन्द गरेको छ । साथै ‘शून्य दशमलव ००१ मिलिमिटरसम्म’ पनि क्षेत्रीय उल्लङ्घन भए युद्धको धम्की दिएको छ । 

प्योङयाङले युक्रेनमा प्रयोग गर्नका लागि रुस पठाउनुअघि क्रुज मिसाइलहरूको परीक्षण गर्नसक्ने चेतावनी विश्लेषकहरूले दिएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending