झापा । झापाको गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीमा रहेको महेन्द्रनगर बसपार्कका लागि जग्गा व्यवस्थापन भएको करिब छ दशकपछि बल्ल बसपार्कको निर्माण प्रक्रिया सुरु भएको छ ।
बजारको दक्षिणतर्फ करिब १५ कट्ठा जग्गामा बसपार्क बनाउन सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ‘टेण्डर’मार्फत रु ४२ लाख ७० हजार दुई सय ५६ बजेट विनियोजन भएपछि बसपार्क निर्माण प्रक्रिया अघि बढेको गाउँपालिकाले जनाएको छ । करिब रु आठ करोडको लागतमा निर्माण हुने बसपार्कको डिपीआरअनुसार पहिलो चरणमा बसपार्कको काउन्टरको भवनको गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले शिलान्यास गरे ।
जिल्लाकै पुरानो बजार मानिने गौरीगञ्ज बजारमा वर्षाैंदेखि आधुनिक बसपार्कको आवश्यकता पूरा हुन सकेको थिएन । स्थानीय स्रोतसाधन र प्रदेश तथा केन्द्रको बजेटबाट प्रारम्भिक कार्यमा डिपीआर बनेको थियो । विसं २०१८ तिर तत्कालीन राजा महेन्द्र यहाँ भ्रमणका लागि आएका बेला राजाको स्वागतका लागि मञ्च बनाएको जमिनलाई महेन्द्र मञ्चका रुपमा चिनिँदै आएको र सोही स्थानमा बसपार्क निर्माण सुरु गरिएको अध्यक्ष राजवंशीले बताए ।
टहरा, शौचालयसहितको बसपार्कको निर्माणले गौरीगञ्जको मुहार नै फेर्ने वडा नं ६ का वडाध्यक्ष बद्रीनारायण यादवले बताए । गौरीगञ्जबाट दैनिकरुपमा काठमाडौँलगायत पूर्वका विभिन्न स्थानमा पुग्ने लामो तथा छोटो दूरीमा सञ्चालन हुँदै आएका बस व्यवस्थित बसपार्क नहुँदा सडक किनारमा पार्किङ गर्न बाध्यता रहेको वडाध्यक्ष यादवले बताए ।
स्थानीय हुलाकी सडकको १० स्थानमा नयाँ सहर स्थापनाको योजनामा गौरीगञ्जसमेत परेकाले स्तरीय बसपार्क निर्माण, आठमौजा भन्सार कार्यालयको स्तरोन्नति र हुलाकी सडकमा पर्ने विभिन्न खालका पुल निर्माणले गौरीगञ्ज यो प्रदेशकै प्रमुख नाकाका रुपमा स्थापित हुने विश्वास गरिएको अध्यक्ष राजवंशी बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: