झापा । झापाको बिर्तामोडमा एक दिने गजल लेखन प्रशिक्षण सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च तथा स्थानीय संस्थाहरू वीरता रिडर्स र गोपीकृष्ण स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न प्रशिक्षण गजलकार, समालोचक घनेन्द्र ओझाले प्रदान गरेका थिए ।
करिब सय जना सहभागी प्रशिक्षणमा गजलका आधारभूत तत्त्वबारे जानकारी दिइएको थियो । 'वर्तमानमा अत्यधिक लेखिने विधा हो गजल', ओझाले भने, 'तर, गजलबारेका अन्योलले सर्जकमा भ्रम बढिरहेको छ, यसलाई चिर्न आवश्यक छ । यसका लागि अध्ययन, खोज र अभ्यास सँगसँगै गर्न जरुरी छ ।'
उनका अनुसार गजल लेख्न जति सजिलो छ भनिन्छ, बुझेर लेख्न धेरै गाह्रो छ । पछिल्लो समय बढी विवादमा रहेको बहरको आवश्यकताबारे प्रष्ट्याउँदै ओझाले भने, 'बहर भन्नु लय हो । गजल गेय विधा भएकाले यसमा लय अनिवार्य हुनुपर्छ । गजलको गायन शास्त्रीय हुने हुँदा लामो (दीर्घ) र छोटो (ह्रस्व) उच्चारणको एकरूपता कायम गर्न बहरको निर्माण भएको हो । यस कारण गजलको काफियाजतिकै अतिआवश्यक तत्त्व बहर हो ।'
बहरमा लेख्दा पिङ्गल छन्दमा भन्दा केही सहज हुने भए पनि बहरका लचकताका नियमहरू बुझेर मात्र लचकताको प्रयोग गर्न ओझाले सुझाए । उनले भने, 'बहरमा लेख्न राम्रो भाषिक ज्ञान, वर्णविन्यासको ज्ञान त अनिवार्य हुन्छ, यसका अतिरिक्त ३ वटा कुरामा विशेष ध्यान दिनुपर्छ- संस्कृत तत्सम शब्दमा छुट लिन पाइँदैन, नाम पदमा र अन्य अर्थ दिने अवस्थामा पनि छुट लिन पाइँदैन ।'
लचकता सिद्धान्त नभई नियम मात्र भएको र सकेसम्म लचकताको प्रयोग नगर्न गजलका विद्वानहरूले सुझाएका उनको भनाइ थियो । वीरता रिडर्सका सहसंयोजक केशव मैनालीले झापामा पठन र लेखन संस्कृतिको प्रवर्द्धनका लागि समयसमयमा यस्ता कार्यक्रम गरिरहने बताए ।
आयोजक वीरता रिडर्सका संयोजक तीर्थ सिग्देलले संयोजन गरेको प्रशिक्षण कार्यक्रममा झापाका विभिन्न स्कुल, क्याम्पसका शिक्षक-विद्यार्थी, स्थानीय स्रष्टाहरूको ठूलो सङ्ख्यामा सहभागिता थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: