Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

‘नेपाली पत्रकारिताको इतिहासको खोज र अध्ययन आवश्यक छ’

खबरडबली संवाददाता

काठमाडौं । नेपाली पत्रकारिता क्षेत्रका विज्ञ एवं अग्रजहरुले पत्रकारिताको इतिहासबारे खोज र अध्ययनको आवश्यकता औँल्याएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिद्वारा प्रकाशित ‘अग्र अनुहार,  कथा अग्रजको, गाथा महासङ्घको’ विमोचन कार्यक्रममा प्रा डा रामकृष्ण रेग्मीले पुस्तकबारे समीक्षा गर्दै पत्रकारिताको इतिहासको खोज अनुुसन्धानले यस क्षेत्रको वर्तमान चुनौतीको सामना र भविष्यको बाटो पहिल्याउन सहयोग पुग्ने बताए । 

उक्त पुस्तक नेपाली पत्रकारिताको इतिहासको लागि उपयुक्त स्रोत सामग्री हुने उनले बताए । “यस पुस्तकले नेपालमा पत्रकारितालाई सङ्गठनको रुपमा विकास गर्दा आइपरेका चुनौती र उहाँहरुले गर्नुभएको सामनाका बारेमा जानकारी दिन्छ”, उनले भने, “भविष्यको बाटो पहिल्याउन विगत हेर्न पर्छ भने जस्तै यसले पत्रकारिताको इतिहासबारे अध्ययन गर्न र सिङ्गो पत्रकारितालाई अघि बढाउन सहयोगी सावित हुनेछ । अध्ययनका लागि स्रोतसामग्रीको अभाव सधै खड्किन्छ । यस पुस्तकलाई गतिलो स्रोतसामग्रीको रुपमा प्रयोग गर्न सकिन्छ ।” 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारिताको इतिहाससँगसँगै नेपाल पत्रकार महासङ्घको इतिहासको खोजी, सम्मान र इतिहासलाई स्थापित गर्न प्रयासररत रहेको बताए । उनले उक्त पुस्तक पत्रकारिताको इतिहासका बारेमा अध्ययनका लागि अभिलेखीकरण भएको बताउँदै पत्रकारिताको इतिहास खोज्न र तथ्यमा आधारित भएर इतिहासलाई स्थापित गर्न महासङ्घ प्रयत्नशील भएको बताए । 

“पुस्तकका सन्र्दभमा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को असहमति र असन्तुष्टि छ । त्यसलाई एक तार्किक निष्कर्ष, तथ्यपरक अध्ययन र विधिसम्मत अनुसन्धानका विधिहरु प्रयोग गरेर टुङ्गोमा पुर्याउने विषयमा हामी सबैको एकमत छ । अहिले पत्रकार महासङ्घले हामी जुन विधानबाट निर्वाचित भएर आएका छौँ र विधानले चिन्ने पूर्व अध्यक्षहरुको पुस्तक निकालेको हो”, उनले भने, “पत्रकार महासङ्घको  इतिहासको खोजी, सम्मान र इतिहासलाई स्थापित गर्ने प्रयत्न भइरहेको छ । सत्यनारायणबहादुर श्रेष्ठको सन्र्दभमा सङ्गठन स्थापना गरेको हो भन्ने सत्य हो । त्यसमा कुनै पनि विमति छैन । महासङ्घले उनको नाममा पुरस्कार स्थापना गर्ने, विशेष विभुषण दिने विषयमा सुझाव लिँदैछाैँ ।” 

उक्त कार्यक्रममा महासङ्घका पूर्वसभापति हरिहर विरहीले विगतका पत्रकारिताको अभ्यास र इतिहासबारे उल्लेख गर्दै पछिल्लो समय खोजमूलक पत्रकारिताको आवश्यकता औँल्याए । “राजनीतिक क्षेत्रमा देखिएका विसङ्गति र विकृति एवं आफ्नै कार्यक्षेत्रमा देखिएको समस्याका कारण पत्रकार र पत्रकारिता क्षेत्र नै ओइलाइरहेको जस्तो देखिन्छ”, उनले भने, “तर अहिले पनि सबैभन्दा धेरै आशा पत्रकारिता क्षेत्रसँग गरिएको छ । त्यसैले हाम्रो त्रुटी, उदासीनता, कमजोरीलाई हटाउँदै उत्साहका साथअघि बढ्न सरोकारवाला सबै संस्थाले पनि सोच्न आवश्यक छ ।”   

पूर्वसभापति किशोर नेपालले पत्रकारिता क्षेत्रको विकासका लागि सबै पत्रकारले आफना मुद्दामा एक हुनुपर्नेमा जोड दिँदै पत्रकारको सम्मानका लागि पत्रकारिता क्षेत्रलाई गुणस्तरीय बनाउनुपर्ने बताए । “नेपालको मात्र हैन संसारको कुनै पनि देशमा पत्रकारिताले विश्राम लिन पाउँदैन र लिएका छैनन् । पत्रकारिताका लागि उपयुक्त वातावरण बनाउन प्रेरित गर्दै जाने हो विकृत बनाउने हैन । इतिहासमा बिग्रिएका कुरालाई सच्याउँदै जाने हो, विचलित हुनुहुँदैन”, उनले भने । 

यस्तै, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले पुस्तकमा महिला जनजातिलगायत सबैको अनुभव र जीवनी समेटिनुपर्ने सुझाव दिइन् । उनले  पत्रकारितामा देखिएका चुनौतीको मिलेर सामना गर्नुपर्ने भन्दै समितिले आफ्नो अधिकारको सीमितता र बाधा अड्चनका बाबजुद पारिश्रमिक वृद्धिका लागि काम गरिरहेको समेत दाबी गरिन । 

पत्रकार, पत्रकारिता र राजनीतिसँगै नेपाल पत्रकार सङ्घदेखि महासङ्घसम्मका विषय समेटेर तयार पारिएको उक्त पुस्तकको  नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले असहमति जनाएको छ । फोनिजले महासङ्घका संस्थापक एवं पत्रकार सत्यनारायणबहादुर श्रेष्ठलाई पनि उक्त पुस्तकमा समेटनुपर्ने माग गर्दै विमोचन कार्यक्रममा असहमति जनाएको थियो । 

“२००८ सालमा पत्रकार सत्यनारायणबहादुर श्रेष्ठले पत्रकारलाई सङ्गठिन गर्दै संस्था स्थापना गरेका थिए । तर महासङ्घले श्रेष्ठपछिका कृष्णप्रसाद भट्टराई, जो २०१२ सालमा अध्यक्ष भएका थिए । उनलाई मात्र राखेको छ । हामीले यस विषयमा रिभ्यू गर्न ध्यानार्कषण पत्र बुझाएका थियौँ”, फोनिजका अध्यक्ष गजुरधन राईले भने, “सिङ्गो पत्रकार महासङ्घको जिउँदो इतिहासलाई गलत ढङ्गले पछि धकेल्ने काम भएको छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending