Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

‘नेपाली पत्रकारिताको इतिहासको खोज र अध्ययन आवश्यक छ’

खबरडबली संवाददाता

काठमाडौं । नेपाली पत्रकारिता क्षेत्रका विज्ञ एवं अग्रजहरुले पत्रकारिताको इतिहासबारे खोज र अध्ययनको आवश्यकता औँल्याएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिद्वारा प्रकाशित ‘अग्र अनुहार,  कथा अग्रजको, गाथा महासङ्घको’ विमोचन कार्यक्रममा प्रा डा रामकृष्ण रेग्मीले पुस्तकबारे समीक्षा गर्दै पत्रकारिताको इतिहासको खोज अनुुसन्धानले यस क्षेत्रको वर्तमान चुनौतीको सामना र भविष्यको बाटो पहिल्याउन सहयोग पुग्ने बताए । 

उक्त पुस्तक नेपाली पत्रकारिताको इतिहासको लागि उपयुक्त स्रोत सामग्री हुने उनले बताए । “यस पुस्तकले नेपालमा पत्रकारितालाई सङ्गठनको रुपमा विकास गर्दा आइपरेका चुनौती र उहाँहरुले गर्नुभएको सामनाका बारेमा जानकारी दिन्छ”, उनले भने, “भविष्यको बाटो पहिल्याउन विगत हेर्न पर्छ भने जस्तै यसले पत्रकारिताको इतिहासबारे अध्ययन गर्न र सिङ्गो पत्रकारितालाई अघि बढाउन सहयोगी सावित हुनेछ । अध्ययनका लागि स्रोतसामग्रीको अभाव सधै खड्किन्छ । यस पुस्तकलाई गतिलो स्रोतसामग्रीको रुपमा प्रयोग गर्न सकिन्छ ।” 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारिताको इतिहाससँगसँगै नेपाल पत्रकार महासङ्घको इतिहासको खोजी, सम्मान र इतिहासलाई स्थापित गर्न प्रयासररत रहेको बताए । उनले उक्त पुस्तक पत्रकारिताको इतिहासका बारेमा अध्ययनका लागि अभिलेखीकरण भएको बताउँदै पत्रकारिताको इतिहास खोज्न र तथ्यमा आधारित भएर इतिहासलाई स्थापित गर्न महासङ्घ प्रयत्नशील भएको बताए । 

“पुस्तकका सन्र्दभमा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को असहमति र असन्तुष्टि छ । त्यसलाई एक तार्किक निष्कर्ष, तथ्यपरक अध्ययन र विधिसम्मत अनुसन्धानका विधिहरु प्रयोग गरेर टुङ्गोमा पुर्याउने विषयमा हामी सबैको एकमत छ । अहिले पत्रकार महासङ्घले हामी जुन विधानबाट निर्वाचित भएर आएका छौँ र विधानले चिन्ने पूर्व अध्यक्षहरुको पुस्तक निकालेको हो”, उनले भने, “पत्रकार महासङ्घको  इतिहासको खोजी, सम्मान र इतिहासलाई स्थापित गर्ने प्रयत्न भइरहेको छ । सत्यनारायणबहादुर श्रेष्ठको सन्र्दभमा सङ्गठन स्थापना गरेको हो भन्ने सत्य हो । त्यसमा कुनै पनि विमति छैन । महासङ्घले उनको नाममा पुरस्कार स्थापना गर्ने, विशेष विभुषण दिने विषयमा सुझाव लिँदैछाैँ ।” 

उक्त कार्यक्रममा महासङ्घका पूर्वसभापति हरिहर विरहीले विगतका पत्रकारिताको अभ्यास र इतिहासबारे उल्लेख गर्दै पछिल्लो समय खोजमूलक पत्रकारिताको आवश्यकता औँल्याए । “राजनीतिक क्षेत्रमा देखिएका विसङ्गति र विकृति एवं आफ्नै कार्यक्षेत्रमा देखिएको समस्याका कारण पत्रकार र पत्रकारिता क्षेत्र नै ओइलाइरहेको जस्तो देखिन्छ”, उनले भने, “तर अहिले पनि सबैभन्दा धेरै आशा पत्रकारिता क्षेत्रसँग गरिएको छ । त्यसैले हाम्रो त्रुटी, उदासीनता, कमजोरीलाई हटाउँदै उत्साहका साथअघि बढ्न सरोकारवाला सबै संस्थाले पनि सोच्न आवश्यक छ ।”   

पूर्वसभापति किशोर नेपालले पत्रकारिता क्षेत्रको विकासका लागि सबै पत्रकारले आफना मुद्दामा एक हुनुपर्नेमा जोड दिँदै पत्रकारको सम्मानका लागि पत्रकारिता क्षेत्रलाई गुणस्तरीय बनाउनुपर्ने बताए । “नेपालको मात्र हैन संसारको कुनै पनि देशमा पत्रकारिताले विश्राम लिन पाउँदैन र लिएका छैनन् । पत्रकारिताका लागि उपयुक्त वातावरण बनाउन प्रेरित गर्दै जाने हो विकृत बनाउने हैन । इतिहासमा बिग्रिएका कुरालाई सच्याउँदै जाने हो, विचलित हुनुहुँदैन”, उनले भने । 

यस्तै, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले पुस्तकमा महिला जनजातिलगायत सबैको अनुभव र जीवनी समेटिनुपर्ने सुझाव दिइन् । उनले  पत्रकारितामा देखिएका चुनौतीको मिलेर सामना गर्नुपर्ने भन्दै समितिले आफ्नो अधिकारको सीमितता र बाधा अड्चनका बाबजुद पारिश्रमिक वृद्धिका लागि काम गरिरहेको समेत दाबी गरिन । 

पत्रकार, पत्रकारिता र राजनीतिसँगै नेपाल पत्रकार सङ्घदेखि महासङ्घसम्मका विषय समेटेर तयार पारिएको उक्त पुस्तकको  नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले असहमति जनाएको छ । फोनिजले महासङ्घका संस्थापक एवं पत्रकार सत्यनारायणबहादुर श्रेष्ठलाई पनि उक्त पुस्तकमा समेटनुपर्ने माग गर्दै विमोचन कार्यक्रममा असहमति जनाएको थियो । 

“२००८ सालमा पत्रकार सत्यनारायणबहादुर श्रेष्ठले पत्रकारलाई सङ्गठिन गर्दै संस्था स्थापना गरेका थिए । तर महासङ्घले श्रेष्ठपछिका कृष्णप्रसाद भट्टराई, जो २०१२ सालमा अध्यक्ष भएका थिए । उनलाई मात्र राखेको छ । हामीले यस विषयमा रिभ्यू गर्न ध्यानार्कषण पत्र बुझाएका थियौँ”, फोनिजका अध्यक्ष गजुरधन राईले भने, “सिङ्गो पत्रकार महासङ्घको जिउँदो इतिहासलाई गलत ढङ्गले पछि धकेल्ने काम भएको छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE