Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

‘खुला सीमा भनेको नियमन नगर्ने भन्ने होइन’

खबरडबली संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारतबीचको खुला सिमाना बन्द गर्न सकिन्छ भन्नेमा आफू नरहेको तर त्यसको आशय द्विदेशीय  सिमा क्षेत्रमा अनुगमन नै नगर्ने भन्ने होइन भनेका छन् । 

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सदस्यहरुको जिज्ञासाको जवाफमा मन्त्री श्रेष्ठले खुला सीमा भनेको नियमन नगर्ने भनेको होइन भने । उनले भने, “खुला हुनुको अर्थ नियमन गर्नेमा ध्यान नदिने भन्ने होइन । कूटनीतिक तहमा कुराकानी गरेर समाधान गरिनुपर्छ । हामी कुराकानी गर्दैछौँ ।”

सरकारले एक पक्षीयरुपमा यस विषयमा निर्णय नगरी भारतसँग कूटनीतिक वार्ताको माध्यमबाट निष्कर्षमा पुर्‍याउने बताए । सांसदले सीमा नियमनबारे उठाएका विषयलाई गम्भीर रुपमा लिएको बताए । 

खुला बोर्डर भनेको सिमा नाका प्रवेशमा जाँच गर्न नसकिने भन्ने होइन ।  एकीकृत सुरक्षा जाँच चौकीमा  यता आउनेको नेपाले र उता जानेको भारतले दर्ता गर्ने प्रणाली बसाल्न सकिन्छ । ” उपप्रधानमन्त्री श्रेष्ठले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई रोक्न आवतजावत गर्ने व्यक्तिसँग परिचय माग्ने विषय दुवै देशको राष्ट्रिय स्वार्थ र हितमा हुने बताए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिन अघि नेपाल प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीसँग जोडिएको द्वन्दको  घटना भएको बताउँदै उनले तत्कालै छानबिन समिति गठन गरी प्राप्त प्रतिवेदन कार्यान्वनको चरणमा रहेको जानकारी दिए । उनले भने, “घटनापछि केही अन्तरनिहित कारण भएपनि सुशासनको अभियान अन्र्तगत अध्यागमन सुधारको कारवाही अघि बढिरहेको पृष्ठभूमिका उक्त घटना भएको छ ।”

भौतिक संरचनाको अभावकाकारण त्यहाँ अध्यागमनका कर्मचारी कुनै कारण बाहिर निस्केपछि प्रवेशका लागि फेरि सम्पूर्ण पूर्ववत् जाँच प्रक्रियामा सामेल हुनुपर्ने बाध्यात्मक अवस्था रहेको बताउँदै उनले व्यावसायिक आचार पालना नभएका कारण घटना भएको उल्लेख गरे । 

गृहमन्त्री श्रेष्ठले  कर्मचारीलाई प्रशिक्षण दिएर मात्र कार्य जिम्मेवारी दिने, मापदण्डका आधारमा मात्र कर्मचारी व्यवस्थापन गर्ने, आधुनिक अध्यागमन प्रणालीको विकास गर्ने तथा ‘भिजिट भिसामा’हुँदैआएको मिलोमतो सञ्जाल अन्त्य गरिने प्रतिबद्धता व्यक्त गरे । गृहमन्त्रीका अनुसार, त्यसमा संलग्न बिचौलिया, अध्यागमनका कर्मचारी, प्रहरी, ट्राभल एजेन्सीका केही कर्मचारी पक्राउ गरिएको  छ । शक्तिसन्तुलनका हिसाबले सरकार राज्यको कार्यकारी अङ्ग भएकाले न्यायलयबाट हुने निर्णयलाई हस्तपेक्ष गर्न नमिल्ने बताउँदै उनले केही विषयमा अदालतले दुई दिनभित्र अनुसन्धान सक्न दिएको निर्देशनको समीक्षा गर्ने बेला आएको बताए ।

यद्यपि न्यायालयप्रति राज्यको अटुट आस्था एवं सम्मान रहेको दोहोर्‍याए । भुटानी शरणार्थीसहित भ्रष्टाचार र अनियमितासँग जोडिएरका जोकोहीलाई पनि अनुसन्धान प्रक्रियामा ल्याइने दृढता व्यक्त गर्दै उपप्रधानमन्त्री श्रेष्ठले  तथ्य र प्रमाणका आधारमा पुष्टि नभएसम्म कसैलाई पनि दण्ड गर्न नसकिने बताए । 

उनले गृहमन्त्रालय मातहतका सबै निकायको सुधार कार्य तीव्र रुपमा अघि बढाइएको बताए । गृह मन्त्रालयका सचिव दिनेशकुमार भट्टराईले भुटानी शरणार्थीलाई मानवीयताका आधारमा सरकाले आश्रय दिएको बताए । 

उनले भने, “चीनतिरको परम्परागत नाका खोल्नका लागि पत्रचार भएको छ । प्रमुख जिल्ला अधिकारीबाट आवतजावतका लागि परिचयपत्र जारी गरिएको छ । त्यस सन्दर्भमा सुरक्षासँग सम्बन्धित विषयमा सुझाव प्राप्त भएको छ ।” यसअघि सदस्यहरुले नेपाल– भारत सीमा खुला गरिँदा राष्ट्रिय सुरक्षामा चुनौती खडा गर्ने भएकाले  नियमन गरिनु पर्ने सुझाव दिएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE