Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

‘खुला सीमा भनेको नियमन नगर्ने भन्ने होइन’

खबरडबली संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारतबीचको खुला सिमाना बन्द गर्न सकिन्छ भन्नेमा आफू नरहेको तर त्यसको आशय द्विदेशीय  सिमा क्षेत्रमा अनुगमन नै नगर्ने भन्ने होइन भनेका छन् । 

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सदस्यहरुको जिज्ञासाको जवाफमा मन्त्री श्रेष्ठले खुला सीमा भनेको नियमन नगर्ने भनेको होइन भने । उनले भने, “खुला हुनुको अर्थ नियमन गर्नेमा ध्यान नदिने भन्ने होइन । कूटनीतिक तहमा कुराकानी गरेर समाधान गरिनुपर्छ । हामी कुराकानी गर्दैछौँ ।”

सरकारले एक पक्षीयरुपमा यस विषयमा निर्णय नगरी भारतसँग कूटनीतिक वार्ताको माध्यमबाट निष्कर्षमा पुर्‍याउने बताए । सांसदले सीमा नियमनबारे उठाएका विषयलाई गम्भीर रुपमा लिएको बताए । 

खुला बोर्डर भनेको सिमा नाका प्रवेशमा जाँच गर्न नसकिने भन्ने होइन ।  एकीकृत सुरक्षा जाँच चौकीमा  यता आउनेको नेपाले र उता जानेको भारतले दर्ता गर्ने प्रणाली बसाल्न सकिन्छ । ” उपप्रधानमन्त्री श्रेष्ठले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई रोक्न आवतजावत गर्ने व्यक्तिसँग परिचय माग्ने विषय दुवै देशको राष्ट्रिय स्वार्थ र हितमा हुने बताए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिन अघि नेपाल प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीसँग जोडिएको द्वन्दको  घटना भएको बताउँदै उनले तत्कालै छानबिन समिति गठन गरी प्राप्त प्रतिवेदन कार्यान्वनको चरणमा रहेको जानकारी दिए । उनले भने, “घटनापछि केही अन्तरनिहित कारण भएपनि सुशासनको अभियान अन्र्तगत अध्यागमन सुधारको कारवाही अघि बढिरहेको पृष्ठभूमिका उक्त घटना भएको छ ।”

भौतिक संरचनाको अभावकाकारण त्यहाँ अध्यागमनका कर्मचारी कुनै कारण बाहिर निस्केपछि प्रवेशका लागि फेरि सम्पूर्ण पूर्ववत् जाँच प्रक्रियामा सामेल हुनुपर्ने बाध्यात्मक अवस्था रहेको बताउँदै उनले व्यावसायिक आचार पालना नभएका कारण घटना भएको उल्लेख गरे । 

गृहमन्त्री श्रेष्ठले  कर्मचारीलाई प्रशिक्षण दिएर मात्र कार्य जिम्मेवारी दिने, मापदण्डका आधारमा मात्र कर्मचारी व्यवस्थापन गर्ने, आधुनिक अध्यागमन प्रणालीको विकास गर्ने तथा ‘भिजिट भिसामा’हुँदैआएको मिलोमतो सञ्जाल अन्त्य गरिने प्रतिबद्धता व्यक्त गरे । गृहमन्त्रीका अनुसार, त्यसमा संलग्न बिचौलिया, अध्यागमनका कर्मचारी, प्रहरी, ट्राभल एजेन्सीका केही कर्मचारी पक्राउ गरिएको  छ । शक्तिसन्तुलनका हिसाबले सरकार राज्यको कार्यकारी अङ्ग भएकाले न्यायलयबाट हुने निर्णयलाई हस्तपेक्ष गर्न नमिल्ने बताउँदै उनले केही विषयमा अदालतले दुई दिनभित्र अनुसन्धान सक्न दिएको निर्देशनको समीक्षा गर्ने बेला आएको बताए ।

यद्यपि न्यायालयप्रति राज्यको अटुट आस्था एवं सम्मान रहेको दोहोर्‍याए । भुटानी शरणार्थीसहित भ्रष्टाचार र अनियमितासँग जोडिएरका जोकोहीलाई पनि अनुसन्धान प्रक्रियामा ल्याइने दृढता व्यक्त गर्दै उपप्रधानमन्त्री श्रेष्ठले  तथ्य र प्रमाणका आधारमा पुष्टि नभएसम्म कसैलाई पनि दण्ड गर्न नसकिने बताए । 

उनले गृहमन्त्रालय मातहतका सबै निकायको सुधार कार्य तीव्र रुपमा अघि बढाइएको बताए । गृह मन्त्रालयका सचिव दिनेशकुमार भट्टराईले भुटानी शरणार्थीलाई मानवीयताका आधारमा सरकाले आश्रय दिएको बताए । 

उनले भने, “चीनतिरको परम्परागत नाका खोल्नका लागि पत्रचार भएको छ । प्रमुख जिल्ला अधिकारीबाट आवतजावतका लागि परिचयपत्र जारी गरिएको छ । त्यस सन्दर्भमा सुरक्षासँग सम्बन्धित विषयमा सुझाव प्राप्त भएको छ ।” यसअघि सदस्यहरुले नेपाल– भारत सीमा खुला गरिँदा राष्ट्रिय सुरक्षामा चुनौती खडा गर्ने भएकाले  नियमन गरिनु पर्ने सुझाव दिएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending