Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

धरानको खानेपानी समस्या समाधान गर्न पाँच अर्ब विनियोजन हुँदै: मन्त्री राई

खबरडबली संवाददाता

धरान । विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री अशोककुमार राईले धरानको खानेपानी समस्या समाधान गर्न आगामी आर्थिक वर्षको बजेटमा रु पाँच अर्ब विनियोजन गरिने बताएका छन् । 

आइतबार यहाँस्थित केन्द्रीय प्रविधि क्याम्पसमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘धरानमा विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापना गर्नेसम्बन्धी कार्यशाला उद्घाटन गर्दै मन्त्री राईले धरानको  खानेपानी समस्या समाधान गर्न सप्तकोशीबाट पानी ल्याउने आयोजनाको सर्वेक्षण पूरा भएको जानकारी दिए । 

मन्त्री राईले भने, “खानेपानीको सर्वेक्षण भइसकेको र प्रतिवेदन खानेपानी मन्त्रालयमा पुगेको बताए । आयोजनाका लागि  रु पाँच अर्ब लाग्ने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षको बजेटमा उक्त रकम विनियोजन हुनेछ । ”

दश वर्षभित्र लगानी उठाउने योजनासहित सुरु हुने आयोजनामा पूरा हुन तीन वर्ष लाग्ने बताइएको छ । मन्त्री राईले सप्तकोशीबाट ‘लिफ्टिङ सिस्टम’बाट पानी ल्याइने बताए । 

विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापनाका लागि धरान उपयुक्त स्थान भएको उनले बताए । उनले कृषिको विकासका लागि प्रशोधन र बजारीकरणको क्षेत्रमा आवश्यक प्रविधि र प्राविधिकको  नाष्ट केन्द्रित हुनुपर्नेमा जोड दिए । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा दिलीप सुब्बाले कृषि उत्पादनलाई संरक्षण गर्नुपर्नेमा जोड दिँदै नाष्टले प्रदेशसँग मिलेर प्रदेशको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रविधिको प्रयोग गरेर कृषि उत्पादन बढाउन किसानलाई सघाउन सकिने बताए । 

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले धरान आवासका निम्ति उपयुक्त सहर भएकाले त्यसैअनुसार खानेपानी योजना सञ्चालन तथा फोहोर मैला व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाका कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा भेला हुन सर्कुलर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । मोबाइलमा ...

पक्राउ परेका व्यवसायी प्रसाईं काठमाडौं जिल्ला अदालतमा पेस

काठमाडौं । पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।  आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको हो । त्यसअघि उनला...

उदयपुरमा सुकुम्बासीलाई ऐलानी जग्गाको निस्सा

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा भूमिहीन किसान तथा सुकुम्बासीलाई ऐलानी जग्गा उपभोग गरेको निस्सा उपलब्ध गराइएको छ । नगरपालिकाको वडा नम्बर–६ स्थित...

नेपाल पुलिस बन्याे सेन्ट्रल एसियन भलिबल एसोसिएसन च्याम्पियन

काठमाडौं । नेपाल पुलिस क्लबले माल्दिभ्सको मालेमा सम्पन्न सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।  फा...

खाेटाङमा गुम्बा निर्माण ६ वर्षदेखि अलपत्र

खोटाङ । खोटाङमा २१ करोडको लागतमा सुरु गरिएको गुम्बा ६ वर्षदेखि अलपत्र छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा ६ वर्षअघि निर्माण सुरु गरिएको...

पाथीभरामा अठार लाख भेटी सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो दुई महिना अवधिमा १८ लाख रुपियाँभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत...

फिल्म ‘एक्टर: टेक वन’ का तीन पोस्टर एकसाथ सार्वजनिक

काठमाडौं । आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का तीन नयाँ पोस्टरहरू एकसाथ सार्वजनिक गरिए...

मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित, पूर्वाधार थपिँदै

मुस्ताङ । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् ।...

धुँवामुक्त क्षेत्र बनाउने अभियान अन्तर्गत ग्यास सिलिन्डर र चुल्हो वितरण

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिकावासीलाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरेको छ । धुँवामुक्त क्षेत्र बनाउने अभियानको सुरुवात गरेको...

‘सुरक्षित भविष्यका लागि शिखर सम्मेलन’का लागि विश्वका नेताहरु न्यूयोर्कमा

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले द्वन्द्वदेखि जलवायुसम्मका २१औं शताब्दीका चुनौतिहरूलाई सम्बोधन गर्ने उद्देश्यले आयोजना गरेको ‘सुरक्षित भविष्यका लागि शि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy