Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

रास्वपाको पदाधिकारी निर्वाचन: महिला उपसभापतिमा सोबिता–तोसिमाबिच प्रतिस्पर्धा, महामन्त्रीमा १० उम्मेदवार

खबरडबली संवाददाता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनका लागि प्रारम्भिक उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको छ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले उपसभापति, महामन्त्री तथा सह–महामन्त्री पदका विभिन्न क्लस्टरमा परेका उम्मेदवारीको प्रारम्भिक सूची सार्वजनिक गरेको हो। आयोगका सदस्य गोकुल सापकोटा का अनुसार दाबी–विरोध, छानबिन तथा उम्मेदवारी फिर्तालगायतका प्रक्रिया पूरा भएपछि अन्तिम नामावली प्रकाशन गरी मतदान गराइनेछ।

महिला उपसभापति पदका लागि एक पदमा सोबिता गौतम र तोसिमा कार्की बीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि उम्मेदवारी दर्ता गराएकी समिक्षा बास्कोटा ले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएकी छन्।

महामन्त्री पदका लागि एक पदमा १० जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारहरूमा कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, जगदीश खरेल (ललितपुर), रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य रहेका छन्।

खुला सह–महामन्त्रीतर्फ दुई पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारहरूमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरू, हरि ढकाल र हिमेष पन्त रहेका छन्।

महिला सह–महामन्त्री पदका लागि एक पदमा जुली यादव, जमुना शर्मा ९विदुषी०, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माबीच प्रतिस्पर्धा हुने भएको छ।

यसअघि पुरुष उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको महामन्त्री दौडबाट कबिन्द्र बुर्लाकोटी बाहिरिए, अब ८ जनाबीच प्रतिस्पर्धा

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निवर्तमान महामन्त्री कबिन्द्र बुर्लाकोटीले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएका छन्। चितवनमा जारी ...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएला ।  उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्‍याएको छ । कम्तीमा २३५ ...

प्रचण्ड–नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेट, समसामयिक राजनीतिमा छलफल

काठमाडौं । पुष्पकमल दाहाल र माधवकुमार नेपाल ले डा. शेखर कोइराला सँग भेटवार्ता गरेका छन्। शुक्रबार विराटनगर स्थित कोइराला निवासमा भएको भेटमा देशको स...

रास्वपाका जगदीश खरेलले महामन्त्रीको उम्मेदवारी फिर्ता लिए

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य जगदीश खरेलले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएका छन्। खरेलले सामाजिक सञ्जालमार्फत...

रास्वपाको पदाधिकारी निर्वाचन: महिला उपसभापतिमा सोबिता–तोसिमाबिच प्रतिस्पर्धा, महामन्त्रीमा १० उम्मेदवार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनका लागि प्रारम्भिक उम्मेदवारहरूको न...

पाँचथरमा ट्याक्टर दुर्घटना: चालकको मृत्यु, एक जना घाइते

फिदिम। पाँचथरको फालेलुङ गाउँपालिका–२ जिमाहामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परेर थप एक जना घाइते भएको जिल्ला प्रहरी कार्याल...

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।  बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित...

आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौं । आज जुन २६ अर्थात् लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। ला...

भेनेजुएला भूकम्पमा मृत्यु हुने १८८ पुग्यो, आफन्तको खोजीमा फोटोसहितका सूचना टाँस्न थाले परिवार

काठमाडौं । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूका अनुसार दुई ...

५१ दिनमै नतिजा, तर किन सडकमा उत्रिए कक्षा १२ का विद्यार्थी ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले असार ५ गते सार्वजनिक गरेको कक्षा १२ को नतिजा यतिबेला विवादको केन्द्रमा पुगेको छ। बोर्डले ५१ दिनमै नतिजा सार्वजनिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending