रौतटह । गुजरा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अशोकुमार खाँ थारू र भूमाफियाको मिलोमतोमा व्यक्तिको नाममा दर्ता भइसकेको जग्गा पुन: अर्कैको नाममा दर्ता गर्न सुरु गरेका छन् ।
सो वडाको नक्सालाई डिजिटल प्रणालीमा लैजाने क्रममा व्यक्तिको नाममा दर्ता भइसकेको जग्गा पुन: अर्कैको नाममा दर्ता गर्ने कार्यमा वडा अध्यक्ष थारू, फिल्डमा खटिएका सरकारी कर्मचारी र भूमाफियाको सहभागिता देखिएको हो ।
फिल्डबुकमा दर्ता भइसकेको र पटक पटक सर्वोच्च अदालतले गरेको निर्णयविपरीत वडा अध्यक्ष थारूले भोटका लागि अर्कैको नाममा दर्ता भएको जग्गा पुन: दोस्रो व्यक्तिको नाममा देखिने गरी डिजिटल प्रणालीमा राख्न थालेको पीडित गणेशबहादुर योन्जनले जानकारी दिए ।
विवादित जग्गालाई आर्थिक चलखेल तथा आगामी निर्वाचनमा भोट सुरक्षित गर्ने उद्देश्यसहित सर्वोच्च अदालतको निर्णय र प्रचलित कानुनविपरीत दर्ताका लागि वडा अध्यक्ष थारूले सिफारिस दिन थालेको योन्जनले बताए । गत वर्षको स्थानीय तहको निर्वाचनका बेला आफूलाई भोट दिए जग्गा दर्ता गरिदिने बताएका वडा अध्यक्ष थारूले अहिले सोही वाचा पूरा गर्न थालेका हुन् । तर, यसमा आर्थिक चलखेल पनि रहेको स्थानीय बताउँछन् ।
२०६२ असार २४ गते रिट नम्बर ४१६५ को मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश अनुपराज शर्मा र बद्रीकुमार बस्नेतको संयुक्त इजलास र २०८० भदौ २१ गते रिट नम्बर ०१–०७१–०३२२५ को मुद्दामा सर्वोच्च अदालतकै न्यायाधीश आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माले दिएको आदेश र निर्णयविपरीत वडा अध्यक्ष थारूले सिफारिस दिएर अख्तियार दुरुपयोग मात्र गरेका छैनन्, आर्थिक लेनदेन गरेको आशंका समेत गरिएको छ ।
राजनीतिक र आर्थिक स्वार्थ पूरा गर्न जनप्रतिनिधि नै सक्रिय भएपछि पीडितले थप पीडाको महसुस गरेका छन् । ‘जनप्रतिनिधिले सर्वोच्च अदालतको आदेश र फैसला तथा कानुनअनुसार काम गर्नुपर्नेमा भूमाफियासँग मिलेर सिफारिस दिन थालेका छन्,’ पीडित योन्जनले भने, ‘अब उनीहरूविरुद्ध हामी अख्तियारमा र न्यायालयमा जाने तयारीमा छौँ ।’
उक्त जग्गाका विषयमा जानकार रहेका वडा अध्यक्ष थारूले कानुनविपरीत सिफारिस दिनु नै सर्वोच्च अदालतलाई समेत नटरेको देखिन्छ ।
वडा अध्यक्ष थारूको रोहबरमा गुजरा नगरपालिका–२ को जग्गा डिजिटल प्रणालीमा अद्यावधिक गर्ने कार्य भइरहेको फिल्डमा खटिएका नापीका एक कर्मचारीले नाम उल्लेख नगर्न सर्तमा जानकारी दिए । जग्गाको अवस्थाबारे जानकारी भए पनि वडा अध्यक्ष थारूसहितको दबाबमा काम गर्नुपरेको उनको गुनासो छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १०:५६
काठमाडौं । राजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाउने समय नजिकिँदै गर्दा समावेशी प्रतिनिधित...
पौष ६ गते, २०८२ - १०:४७
मुस्ताङ। मुस्ताङका पाँचवटै स्थानीय तहमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गर्न ९५ वटा क्यामेरा जडान गरिएको छ । जिल्लाभर हिउँ चितुवाको एकिन तथ्याङ्क नभ...
पौष ६ गते, २०८२ - १०:४०
सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ गोरपारमा आगलागी र त्यसपछि उत्पन्न विवादका क्रममा खुकुरी तथा चुलेसी प्रहार हुँदा दुई जना घाइते भएका छन...
पौष ६ गते, २०८२ - १०:३४
विराटनगर। विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको भवनबाट खसेर एक जना प्रशिक्षार्थी (इन्टर्न) चिकित्सकको मृत्यु भएको छ । आइतबार बिहान अस्पतालक...
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...




प्रतिकृया लेख्नुहोस्: