रौतटह । गुजरा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अशोकुमार खाँ थारू र भूमाफियाको मिलोमतोमा व्यक्तिको नाममा दर्ता भइसकेको जग्गा पुन: अर्कैको नाममा दर्ता गर्न सुरु गरेका छन् ।
सो वडाको नक्सालाई डिजिटल प्रणालीमा लैजाने क्रममा व्यक्तिको नाममा दर्ता भइसकेको जग्गा पुन: अर्कैको नाममा दर्ता गर्ने कार्यमा वडा अध्यक्ष थारू, फिल्डमा खटिएका सरकारी कर्मचारी र भूमाफियाको सहभागिता देखिएको हो ।
फिल्डबुकमा दर्ता भइसकेको र पटक पटक सर्वोच्च अदालतले गरेको निर्णयविपरीत वडा अध्यक्ष थारूले भोटका लागि अर्कैको नाममा दर्ता भएको जग्गा पुन: दोस्रो व्यक्तिको नाममा देखिने गरी डिजिटल प्रणालीमा राख्न थालेको पीडित गणेशबहादुर योन्जनले जानकारी दिए ।
विवादित जग्गालाई आर्थिक चलखेल तथा आगामी निर्वाचनमा भोट सुरक्षित गर्ने उद्देश्यसहित सर्वोच्च अदालतको निर्णय र प्रचलित कानुनविपरीत दर्ताका लागि वडा अध्यक्ष थारूले सिफारिस दिन थालेको योन्जनले बताए । गत वर्षको स्थानीय तहको निर्वाचनका बेला आफूलाई भोट दिए जग्गा दर्ता गरिदिने बताएका वडा अध्यक्ष थारूले अहिले सोही वाचा पूरा गर्न थालेका हुन् । तर, यसमा आर्थिक चलखेल पनि रहेको स्थानीय बताउँछन् ।
२०६२ असार २४ गते रिट नम्बर ४१६५ को मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश अनुपराज शर्मा र बद्रीकुमार बस्नेतको संयुक्त इजलास र २०८० भदौ २१ गते रिट नम्बर ०१–०७१–०३२२५ को मुद्दामा सर्वोच्च अदालतकै न्यायाधीश आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माले दिएको आदेश र निर्णयविपरीत वडा अध्यक्ष थारूले सिफारिस दिएर अख्तियार दुरुपयोग मात्र गरेका छैनन्, आर्थिक लेनदेन गरेको आशंका समेत गरिएको छ ।
राजनीतिक र आर्थिक स्वार्थ पूरा गर्न जनप्रतिनिधि नै सक्रिय भएपछि पीडितले थप पीडाको महसुस गरेका छन् । ‘जनप्रतिनिधिले सर्वोच्च अदालतको आदेश र फैसला तथा कानुनअनुसार काम गर्नुपर्नेमा भूमाफियासँग मिलेर सिफारिस दिन थालेका छन्,’ पीडित योन्जनले भने, ‘अब उनीहरूविरुद्ध हामी अख्तियारमा र न्यायालयमा जाने तयारीमा छौँ ।’
उक्त जग्गाका विषयमा जानकार रहेका वडा अध्यक्ष थारूले कानुनविपरीत सिफारिस दिनु नै सर्वोच्च अदालतलाई समेत नटरेको देखिन्छ ।
वडा अध्यक्ष थारूको रोहबरमा गुजरा नगरपालिका–२ को जग्गा डिजिटल प्रणालीमा अद्यावधिक गर्ने कार्य भइरहेको फिल्डमा खटिएका नापीका एक कर्मचारीले नाम उल्लेख नगर्न सर्तमा जानकारी दिए । जग्गाको अवस्थाबारे जानकारी भए पनि वडा अध्यक्ष थारूसहितको दबाबमा काम गर्नुपरेको उनको गुनासो छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - १३:३९
इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् । जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...
फाल्गुन ३० गते, २०८२ - १३:३१
मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...
फाल्गुन ३० गते, २०८२ - १३:१२
झापा। पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले आज बिहान पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय ...
फाल्गुन ३० गते, २०८२ - १३:०६
काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच लेबननस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई हमला भएको छ। शुक्रबार दक्षिण–पूर्वी लेबननको अलज...
फाल्गुन ३० गते, २०८२ - १२:५२
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ चैत १ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको छ। उक्त ...
फाल्गुन ३० गते, २०८२ - १२:३६
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वा...
फाल्गुन ३० गते, २०८२ - १२:१०
हिले। सुख्खा पहिरोका कारण भेडेटार–राजारानी–रविराके सडक अवरुद्ध भएको छ। भेडेटार थुम्की खण्डमा पर्ने लभडाँडामा शुक्रबार बिहानदेखि निरन्तर सुख्खा पहिरो झ...
फाल्गुन ३० गते, २०८२ - १२:०१
गुल्मी। गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता लिने बढी भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अ...
फाल्गुन ३० गते, २०८२ - ११:४०
घोराही। धार्मिक तथा ऐतिहासिक गोरक्षपात्रदेवता सिद्धरत्ननाथ देविपाटन महायात्रा–२०८२ चैत १ गतेदेखि १५ गतेसम्म हुने भएको छ। चैत एकादशीको अवसरमा दाङ, घ...
फाल्गुन ३० गते, २०८२ - ११:३२
लमजुङ। जिल्ला प्रशासन कार्यालय लमजुङले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको अनावश्यक भण्डारण नगर्न सर्वसाधारण तथा व्यवसायीलाई आग्रह गरेको छ । जिल्ल...


प्रतिकृया लेख्नुहोस्: