मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यून हुने भएकाले तीन महिनाका लागि स्थगित गरिएकोमा अनुकुल मौसमसँगै पर्यटकको चहलपहल बढ्न थालेपछी उडान भर्न सुरु गएिएको हो ।
शनिबार समिट एयरलाइन्सको ट्विनअटर जहाजले काठमाडौँबाट दुई र पोखराबाट एक उडान गरेको जोमसोम विमानस्थल प्रमुख दिपक पोख्रेलले बताए ।
पोख्रेलले भने,‘‘अचानक मौसममा खराबी नआए अब नियमित हुन्छ, पर्यटकको चहलपहल पनि बढेको छ ।’’शनिबार काठमाडौँबाट २९ जना पर्यटक भित्रिएकोमा २८ जना विदेशी र एक जना नेपाली रहेका छन् ।
त्यसैगरी पोखराबाट १५ जना पर्यटकमा छ जना भारतीय रहेको समिट एयरलाइन्सका जोमसोम प्रमुख सुमन थकालीले बताए। पर्यटकको सिजन सुरु भएकाले पोखरा र जोमसोमबाट हवाई मार्गबाट जाने पर्यटकको चाप भएपनि प्रतिकुल मौसममा बाहेक नियमित उडान हुने गरेको थकालीको भनाइ छ ।
हवाई मार्ग अवरुद्ध हुदाँ पर्यटक तथा यात्रु बेनी–जोमसोम सडक हुँदै मुस्ताङ जाने गरेका छन् ।मुस्ताङमा निजी वायुसेवा कम्पनी यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्स, समिट एयरलाइन्सले उडान भर्दै आइरहेको छ ।
मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनले सडक र हवाई मार्गबाट भित्रिने पर्यटकले पर्यटन व्यवसायी समेत उत्साहित हुने बताए।
मुस्ताङमा मनसुन र जाडो समयमा हवाई उडान प्रभावित हुने गरेको छ । अत्यधिक हावाहुरी चल्ने तथा मौसम प्रतिकुल जस्ता कारणले पोखरा–जोमसोम हरेक दिन बिहान ११ बजेसम्म दुवै एयरलाइन्सले बढीमा पाँचपाँच वटा मात्रै उडान भर्दै आएका छन् ।
मुस्ताङका धार्मिकस्थल मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड क्षेत्रको भ्रमणमा जाने पर्यटक बोकेको हेलिकप्टरमा अनिवार्य एक सुरक्षा निकायका प्रतिनिधि हुने व्यवस्था छ ।
नीजि कम्पनी बाहेक नेपाली सेनाले आफ्नो सामान ढुवानी सहित चार्टर उडान समेत गर्ने गरेको छ। कालिगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडक सहज भएपछि हवाई यात्रुको चाप भने घटेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - १७:३९
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि...
बैशाख ३ गते, २०८३ - १७:१४
सिन्धुलीमाढी। सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक...
बैशाख ३ गते, २०८३ - १६:५६
बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मो...
बैशाख ३ गते, २०८३ - १६:४३
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठे...
बैशाख ३ गते, २०८३ - १६:२६
फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...
बैशाख ३ गते, २०८३ - १६:१५
काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्याउने कार्य प्रारम्भ...
बैशाख ३ गते, २०८३ - १५:४४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...
बैशाख ३ गते, २०८३ - १५:३५
पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् । बगनासकाली ...
बैशाख ३ गते, २०८३ - १५:२४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदका लागि बिहीबार उम्मेदवारी द...
बैशाख ३ गते, २०८३ - १५:१६
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएको छन् । सङ्घीय संसद् सचिव...


प्रतिकृया लेख्नुहोस्: